विकल्प दिने र बचाउने परमेश्वर The Almighty: Provider of Options and Savior - जीवनको सन्देश E004

Sdílet
Vložit
  • čas přidán 29. 01. 2024
  • लूका १९:१-१०
    कर उठाउने जखायस
    येशू यरीहोमा प्रवेश गरेर त्‍यहाँबाट जाँदैहुनुहुन्‍थ्‍यो । त्‍यहाँ जखायस नाउँ भएका एक जना मानिस थिए । तिनी कर उठाउनेहरूमा प्रमुख मानिस थिए, अनि धनी थिए । येशू को हुनुहुँदोरहेछ भनेर तिनी हेर्न चाहन्‍थे, तर पुड़को भएका हुनाले भीड़ले गर्दा तिनले देख्‍न सकेनन्‌ । तिनी उहाँलाई हेर्नलाई अगिअगि दौड़ेर एउटा अञ्‍जीरको रूखमा चढ़े । किनकि येशू त्‍यही बाटो भएर जान लाग्‍नुभएको थियो ।
    जब येशू त्‍यस ठाउँमा आइपुग्‍नुभयो, तब उहाँले मास्‍तिर हेरेर तिनलाई भन्‍नुभयो, “ए जखायस, चाँड़ो ओर्लेर आऊ, किनभने आज मलाई तिम्रो घरमा बस्‍नुपरेको छ ।” तिनी झट्टै ओर्लेर आए । अनि खुसीसाथ उहाँको सत्‍कार गरे ।
    जब मानिसहरूले यो देखे, तिनीहरू सबै यसो भनेर गनगनाउन लागे, “उनी पापीको घरमा पाहुना लाग्‍न गए ।”
    जखायसले खड़ा भएर प्रभुलाई भने, “प्रभु, हेर्नुहोस्, म आफ्‍ना सम्‍पत्तिको आधा भाग गरीबहरूलाई दिन्‍छु, र कोहीबाट अन्‍यायपूर्वक केही लिएको छु भने म त्‍यसको चार गुणा फिर्ता गरिदिनेछु ।”
    तब येशूले तिनलाई भन्‍नुभयो, “आज यस घरमा मुक्ति आएको छ, किनकि यिनी पनि अब्राहामका छोरा हुन्‌ । किनभने मानिसको पुत्र हराएकालाई खोज्‍न र बचाउन आएको हो ।”
    ----
    🎙️ Host: Sujita Lama Shrestha
    🎥 Video Editor: Rajesh Budhathoki
    🎁 Produced by: Nigah Sewakai Church
    📞 Phone: 9813083751
    📧 Email: messageofliferadio@gmail.com

Komentáře •