निरमाया ठुली-लाईभ रेकर्डिङ्ग | Niramaya thuli -Live Recording | Narayan Rayamajhi - Kamala Pokharel

Sdílet
Vložit
  • čas přidán 1. 11. 2019
  • #Reemaentertainmentnepal #Narayanrayamajhi #LiveRecording
    निरमाया ठुली - लाईभ रेकर्डिङ्ग || Niramaya thuli - Live Recording || Narayan Rayamajhi - Kamala Pokharel
    • गीतः- निरमाया ठुली.. Nirmaya thuli
    • स्वरः- नारायण रायमाझी/ कमला पोखरेल- Narayan Rayamajhi,
    Kamala Pokharel
    • रचना/लय/शब्दः- नारायण रायमाझी, Narayan Rayamajhi
    • रेकर्डिङ्ग मिक्सिङ्ग:- श्याम श्वेत रसाईली- Shyamshwet Rasaili
    • मादलः- उदिराम खड्का- Udiram Khadka
    • बासुरीः- रत्न बि.क.- Ratna B.K.
    • सरङ्गी धर्म गन्धर्व- Dharma Gandharba
    • गिटारः- राज कुमार समाल- Raj Kumar Shamal
    • क्यामरामेनः- मिराज अर्याल/पारस रायमाझी/बिवेक खड्का-
    Miraj aryal, Paras Rayamajhi, Bivek Khadka
    • सम्पादनः- मिराज अर्याल- Miraj aryal
    निरमाया
    केटाः-एउटा आखा कर्णालीको उर्ली आउने भेल अर्को आखा कोशि छ
    रहरैले हैन प्यारी म परदेशी भाको हाम्रै भाग्य दोषी छ
    केटिः-रातो भन्नु सिम्रीक टिका सिउ“दो भर्ने सिन्दुर पहेलो बेसार
    सम्झी काटे मैना वर्ष रुदै काटे जोवन आफ्नो भन्नु केछर
    केटाः-काकरीलाई थाकरी त बाखरीलाई खोर मायालुलाई दरीबार
    मनमा हजार रहर बोकि परदेश आय प्यारी सपनी भो घरीबार
    केटिः-मोहिमाथी नौनी घिउ त पानी माथी तेल दुधमाथी लाग्यो तर
    मनको धोको मनमै रह्यो रहर मरी गयोे अब लाउने छैन कर
    धन्यवाद
    • सत्यवती कला केन्द्र
    • राघव आचार्य:- Raghav Acharya (RAM)
    • स्टुडियोः- रिमा रेकर्डिङ्ग - Reema Recording
    • उत्पादकः- रिमा फिल्मस् - Reema Films
    Copyrights Reema Films pvt.ltd
    Contact: 01-4226994
    Location:Babarmahal,Kathmandu,NEPAL
    यस Reema Entertainment Nepal का कुनै पनी कृतीहरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा शक्त कानुनी कारवाही हुनेछ ।
  • Zábava

Komentáře • 2,4K

  • @parasrayamjajhi1
    @parasrayamjajhi1 Před 4 lety +1403

    याहा हरुको माया पाइरहेको छु तेसैलेत मेरो साङितिक यात्रा चलिराको छ आभारी छु मेरा सबै आदरणीय जन आदरणीय मन प्रती ।

    • @harikhatri2039
      @harikhatri2039 Před 4 lety +10

      Mero mutu chune geet gaunu bhayachha dai hajur mero sabai bhanda man parne singar ho but hajur sanga najik huna payako xain hajuko aabaajo fan hu

    • @mohankunwar9145
      @mohankunwar9145 Před 4 lety +7

      Hjrlai man dekhi naman gardaxu hjr🙏🙏🙏🙏🙏🙏

    • @prakashbhattarai847
      @prakashbhattarai847 Před 4 lety +16

      तपाईं जस्ता महान कलाकार हुनुहुन्छ र त लोकगीत प्रेमी हु भन्न गर्भ लाग्छ ।

    • @dontfollowme6759
      @dontfollowme6759 Před 4 lety +5

      Amrita jhedi ko ramdi pul tarane bittikai song lai highlight garnu paryo...sarhai ramro chha..bt tetikai harauna lagyo

    • @sujanchettri4819
      @sujanchettri4819 Před 4 lety +11

      याे गित सुनेर धरधर्ति राेय सर!!शब्द-शब्दमा अर्थ छ!!!20 पटक सुने तर पनि रुदै सुन्दै छु!!हाल j &k india!!दुस्मन ले झार्न नसकेकाे याे अाशु तपाईं काे गित ले म यति कमजाेर भएछु!!😥😥😥

  • @kbthapa2648
    @kbthapa2648 Před 4 lety +16

    जति पटक सुने र हेरेनी कहिल्यै मन अघाएन । नारायण दाइको स्वरमा सांच्चिकै सरस्वतिको बास छ । संग संगै कमला जि को आवाज नि पहिलो पटक सुन्दा नि मन मुटुमा स्थान बनाउन कुनै कसर छाड्दैन । लय , संगित र शब्दहरुको अदभुत संमिश्रण । मन्त्र मुग्ध बनायो यो गितले । मेरो जस्तै सबैको मन मुटुमा उच्च स्थान हासिल गर्न कुनै कसर नछाडोस गितले । हार्दिक बधाइ एवं पुर्ण सफलताको हार्दिक शुभकामना ।

  • @arjunsharma4391
    @arjunsharma4391 Před 4 lety +109

    ताई न तुईका बोरोचेते जस्तो स्वर भएका नखरमाउली हरु दोहोरी कुइन भन्दै युटुब हरुमा भाईरल हुन्छन् यति मिठो स्वर हुँदाहुदै इनि बैनी किन ओझेलमा ,धेरै प्रगती गर्नु बैनी मत तिम्रो स्वरको ठुलो फ्यान भए

    • @diparawalrawal8492
      @diparawalrawal8492 Před rokem +1

      Shi kura garnu vayo chitta bujyo,❣️

    • @dhanrai4298
      @dhanrai4298 Před rokem

      😢

    • @krishnagurung2618
      @krishnagurung2618 Před rokem

      Me too❤❤❤🎉🎉

    • @2kvlogsnepal580
      @2kvlogsnepal580 Před rokem

      Ramro pratiba ra ramro awajlai manxele xutyunu nai bul ho best of luck hjr lai ❤❤

    • @ghisingkiran1223
      @ghisingkiran1223 Před 11 měsíci +1

      सारै मन छुने आवाज को धनी गायीका किन ओझेलमा परेको होला ।❤❤❤

  • @pushkalacharya8919
    @pushkalacharya8919 Před 11 dny +1

    साङिगितिक छेत्र मा आधा हिस्सा ओगट्नु भयको आदरणीय सर नारायण रायमाझी सर लाई 2 हात जोडी नमन गर्दछु🙏🙏🙏🙏

  • @kckc2159
    @kckc2159 Před 4 lety +345

    लोक गीत के हो ,
    लोक गीत कसरी गाइन्छ,
    आज भोलिका हावा कलाकार ले केही शिक्षा लिनु नि आदरणीय दाजु नारायण रायमाझी ज्यु बाट ।
    असाध्यै राम्रो छ है👌 🙏

    • @prakashbhattarai847
      @prakashbhattarai847 Před 4 lety +5

      अहिलेका हावालाई के थाहा यस्तो रौसीको तालमा गाउँछन 🙈

    • @mekhgurung1529
      @mekhgurung1529 Před 4 lety +9

      तीजको बेला हामी पनि नाच्नु पर्छ बीच बीचमा भन्दै गाउने अनि ह्याप्पी तिहार चिसो बियर जस्ता वाईयात गीत गाएर हाम्रो लोक संगीतको अस्तित्व नै धरापमा पार्ने स्वघोसित गायकहरु ले यस्तो खालको गीत बाट केहि पाठ सिकोस

    • @sumirjack1461
      @sumirjack1461 Před 4 lety +2

      Shai ho

    • @manbahadurbk4326
      @manbahadurbk4326 Před 4 lety +3

      एकदम सहि भन्नु भो ।उहाँको गितहरु सुन्दा आङै सिरिङ्गै हुन्छ।

    • @bikramthadamagar5021
      @bikramthadamagar5021 Před 4 lety +1

      Sachi nai yesto geet gauna ta huna paro damm hai waihaat geet nikalxan

  • @SarangiSansar
    @SarangiSansar Před 4 lety +31

    आहा मन नै तरङ्गित बनायो ।
    यस्ता खाले गितलाई अलि बढि प्राथमिकताका साथ सुनौँ र हेरौँ पनि
    यसरी नै त हो हाम्रो लोक संस्कृति बाँच्ने र बचाउने ।
    कृपया एक सेयर गरिदिनुहोला ।
    धन्यवाद ।

  • @surendrasundas589
    @surendrasundas589 Před 4 lety +20

    कमला पोख्रेललाइ धेरै चोटि हेरिसके तर अझै अघायेकै छैन। रुप अनि स्वरकी धनी।👌👌

  • @prabhuramkarki4339
    @prabhuramkarki4339 Před 4 lety +28

    वाउ जति सुने पनि कहिलै धित नमर्ने गीत झन कमला पोखरेल आवाजको त जति बयान गरे पनि कम हुन्छ।👌👌👌👌👌 😍😍😍😍

  • @balchandrabaral6199
    @balchandrabaral6199 Před 4 lety +142

    दाइको हरेक सिर्जना ले मन रुहाउछ नारायण दाइको फयान यता हाजिर गरौ !!

    • @kamalgurung7800
      @kamalgurung7800 Před 4 lety +2

      कति राम्रो हो यो गीत 100 बार हेरे होला

    • @heeralal5737
      @heeralal5737 Před 3 lety

      Yes ho ni sir Narayan raimajhi sir Ko shor and kamala pokhrel didiko shor aaja Sunna pauda malai Khushi lagayo ma Hiralal budha thoki

    • @heeralal5737
      @heeralal5737 Před 3 lety

      Good song and music shor

  • @user-tn2ei5il4s
    @user-tn2ei5il4s Před 4 lety +9

    कति मिठो लय शब्द भाका सारै मन पर्यो ।अग्रज कलाकार ज्यु हरुमा हार्दिक नमन गर्न चाहन्छु। कमला जि ले अति भन्दा अति न्याय दियर गाइदिनु भयो ।सबैलाई धेरै-धेरै शुभकामना ।।।

  • @bishnuacharya4749
    @bishnuacharya4749 Před 4 lety +19

    जति सुने नि धित नमर्ने कालजयी स्वरका धनी पल्पाली दाजु नारायण रायमाझी र कोईलीको जस्तो स्वरकी धनी उदीयमान गायिका कमला पोखरेललाई दिलैदेखि नमन!

  • @sumankoushal8245
    @sumankoushal8245 Před 4 lety +57

    नारायण सर को गित सुन्दा मुटु भक्कानिन्छ अनि अर्कि बैनी दोश्रो बिष्णु माजि

  • @samjhanabhandari2796
    @samjhanabhandari2796 Před 4 lety +187

    आहा निकै मन छुने गीत सम्मान छ अग्रज दाजु अनि सिस लाई ।।।🙏🙏

  • @shreekrihnabammalla1954
    @shreekrihnabammalla1954 Před 4 lety +34

    सॉगितिक मन भरियर आयो नमन छ अग्रज श्र्ष्टा ज्यु नारायण रायमाझि दाजु , कमला बैनिको कोकिल कोईलिको जस्तो स्वर नेपालि सॉगितिक बजारमा जुन बनेर छाओस गितको पुर्ण सफलताको शुभकामना 💐💐🎼💞!!!

  • @AshraRai
    @AshraRai Před 4 lety +2

    साह्रै मिठो गीत, बिशेस गरी कमला पोखरेलको स्वरमा सारंगीको धून यस्तो मिठो तरिकाले मिसिएको छ कि कुरै गरेर साध्य छैन

  • @kamalmagar1386
    @kamalmagar1386 Před 4 lety +2

    कमला पोख्रेल जि को पनि अति नै कर्णपृय आवाज।क्या कम्बिनेशन छ।सम्मान छ दुवैलाइ

  • @babulalkhadka7838
    @babulalkhadka7838 Před 4 lety +59

    10 paटक हेर्दा पनि मन सान्त भयना कुनै बयान नै छैन सोर सब्द आदरणीय दाजु पर्ती नमन कमला बहिनी लाई बधाई सुभकामना

  • @singerbibashdarlami2088
    @singerbibashdarlami2088 Před 4 lety +32

    आहा ! साच्चिकै गर्भिलो छ नेपाली माटोले जन्मायेको लोक गित आदरणीय दाजु नारायण रायमाझी दाजुलगायत सम्पुर्न टिमप्रती प्रणाम छ्😍😍😍😍😍🙂

  • @sharadpandey6770
    @sharadpandey6770 Před 4 lety +52

    यो फिमेल आवाज ले एक छ्त्र राज गर्छ कुनै दिन । स्वर मिठास हुने धेरै होलान, तर गितलाई यथार्थ भाव मा गाउने कला देखे मैले

  • @kamalkhanal9409
    @kamalkhanal9409 Před 4 lety +4

    नारायण दाइ हजुरलाइ हृदय देखि आभार प्रकट गर्दछु र हजुरको गित लाई आफ्नो मुटु जत्तिकै माया गरेको छु

  • @bkashish1704
    @bkashish1704 Před 4 lety +8

    यस्ता हुन् हाम्रा मौलिक अनि लोक गीत। मनै चिसिक्क भयो, हार्दिक सम्मान आदरणीय नारायण रायमाझीज्युलाई अनि बधाई सम्पुर्ण टीमलाई।

  • @thapadipendra8722
    @thapadipendra8722 Před 4 lety +72

    रहरैले हैन प्यारी म प्रदेसी भाको हाम्रै भाग्य दोशी छ निरमाया ठुली रातो भन्नू सिमृक टीका सिउदो सिन्दुर पहेलो बेसार सम्झी कट्ने महिना बर्स रुदै काट्ने जोवान आफ्नो भन्नू के छ र निरमया ठुली...वा क्या छ शब्द सलाम छ नारायण दाइ र सम्मान छ कमला बहिनी लगायत सम्पुर्ण टिम लाइ

    • @kamalkckhadka2671
      @kamalkckhadka2671 Před 4 lety

      Heart touching..

    • @KrishnaPrasad-iq5gu
      @KrishnaPrasad-iq5gu Před 4 lety

      जति सुन्याे उति सुनि रहु जस्ताे लाग्छ दिन काे एक पटक त सुनेकै हुन्छु कति मिठाे आवाज नेपालि सङगित काे याे बैनि लाई बधाई छ

    • @ratnasinjalimagar525
      @ratnasinjalimagar525 Před 4 lety

      Ho sir sabda chahi amulya xan

  • @sagarpokhrel1792
    @sagarpokhrel1792 Před rokem +2

    धेरै संझना पृय दाजु नारायण रायमाझी र दिदी कमला पोख्रेललाई!♥♥♥♥♥

  • @Dhru987
    @Dhru987 Před měsícem +2

    हराइ सकेको लोकभाकालाई खोज्न गाह्रो हुन्छ । हराउन नदिन को लागि बेलैमा संरझण ,जगेर्ना र सम्वर्धन गर्नु पर्छ। यस्तो कार्य मेरा भाइ नारायण रायमाझी बाट भईरहेको छ।
    ध्रुब रायामाझी ,पोखरा ।

  • @laxmanpandey4873
    @laxmanpandey4873 Před 4 lety +27

    नारायण दाजुको जुनसुकै गित १० चोती सुनेपनी धित मर्दैन
    हार्दिक नमन छ दाजुप्रति लोकप्रिय भन्दा पनि भाइरल बन्न जे केही पनि गर्न पछि नपर्नीले जिउँदो इतिहास नारायण दाजु बाट केही सिकुन

  • @bimalkumar8141
    @bimalkumar8141 Před 4 lety +132

    यो गाइका दिदी लाई त पहिलो पटक देखे Omg कति मिठो आवज होतनी मन छोयो मेरो त

    • @kajiram250
      @kajiram250 Před 4 lety +4

      कति मिठो स्वर हो यो दिदिको झन्

    • @heerathapa1083
      @heerathapa1083 Před 4 lety +2

      Hoooo. Maelayyy niii

    • @b.b.gurung4922
      @b.b.gurung4922 Před 4 lety +1

      मलाई नि यो बैनी को शोर सारै मन्परेयो👌👌😍😍

    • @santoshgiri4544
      @santoshgiri4544 Před 2 lety +1

      Maile ni first time dekhera search gari khojeko aru ni gaunu vako x

    • @sanjivchapagain7249
      @sanjivchapagain7249 Před 2 lety +1

      मेरो पनि र्सारई मन छोयो

  • @user-px4el2hi5h
    @user-px4el2hi5h Před 4 lety +2

    नारायण रायमाझी सरको त झन के कुरा गरुम उहाले गायको गीतहरू सबै मन छुने नै हुन्छ।
    अझै कमला पोख्रेलको स्वरमा सजिएको यो गीतले मनै छोयो।बास्तबमा कमला जिको स्वर एकदम राम्रो अनि सुरिलो छ।

  • @tulashtha1792
    @tulashtha1792 Před 3 lety +1

    कति राम्रो स्वर हो त नि सुनेरै नथाक्ने भईयो यस्तै नँया लोक गितहरु सुन्न पाईयोस दुबै गायक हरु लाई धन्यबाद सँधैभरि सुन्न पाईयोस् ।

  • @pragyanepal8330
    @pragyanepal8330 Před 4 lety +8

    एउटा आँखा कर्णाली उर्ली आउने भेल अर्को आँखा कोशी छ
    रहरैले हैन प्यारी म परदेशी भाको हाम्रै भाग्य दोषी छ ❤❤❤ कति मिठो शब्द 👍👍👍👍👌👌👌 सफलताको शुभकामना

  • @ankitoggy8327
    @ankitoggy8327 Před 4 lety +10

    हाम्रो हराउन लागेको संस्कृति लाई जोगाएर राख्नु भएको मा हजुरलाई धेरै धन्यवाद छ।

  • @mongolianchhabi1813
    @mongolianchhabi1813 Před 4 lety

    आहा ! मौलिक गीत निरमाया ठुली,
    नारायण रायमाझी ज्यु लाई धन्यवाद, एउटा कलाकार हजुर हुनुहुन्छ जसले गर्दा यस्ता गीतहरु अझै जिवितै छन ।।
    😘😘
    Love this song
    गायिका दिदिको स्वर पनि कति मीठो हो ।❤️❤️

  • @milanroka6572
    @milanroka6572 Před 4 lety +7

    यति मार्मिक गित ।।।धेरै अन्तराल पछि सुन्न पाईयाे ।।।अग्रज लाेक गायक नारायण रायमाझि ।।।काे त बयानै गर्न सकिँदैन।।।त्यस्तै कमला ।।पाेखरेल दिदी काे यति मिठाे स्वर सुन्दा अासु झरेकै पत्ताे भएन।।।सबै तिम प्रति अग्रिम शुभकामना

  • @Arjun069
    @Arjun069 Před 4 lety +38

    लोक संस्कृतिका धरोहर आदरणीय नारायण दाइलाई लगातार यस्तै हृदयपर्शी सृजनाको लागि हार्दिक शुभकामना 🙏🏻

  • @rajushrestha9799
    @rajushrestha9799 Před 4 lety +2

    अती नै मिठो स्वर का धनी नारायण रायमाझी दाजु प्रती नमन 🤔

  • @kk_creation1974
    @kk_creation1974 Před 4 lety +39

    उट्पाटङ्ग र उरेण्ठाउला गीतले भरियको लोक गित क्षत्र नारायण रायमाझी दाइको यो गीतले शान्त पारेको महसुस भयो दाइलाई उच्च सम्मान ब्यक्त गर्दछु |

  • @KrishnaReule
    @KrishnaReule Před 4 lety +17

    आहा कति गहिराइ छ शब्द सङ्गीत अनि आवाजमा, जति सुने पनि मन नथाक्ने, मेरो पुजणिय गुरु नारायण रायमाझी एउटा सिङ्गो जिउदो इतिहास, हरेक कुराबाट हामीले सिक्नैपर्ने एउटा सफल जिन्दगीलाइ गतिलो पाठशाला हुनुहुन्छ पुजणिय गुरु नारायण रायमाझी। हजुरलाइ मेरो गुरु भन्न पाउदा पनि गर्व लाग्छ अनि बिशाल छाती अझै बिशाल हुन्छ अनि प्रेरणा पाउछु अगाडि बढ्ने सधै सधै... बधाइ छ गुरु यो सफल अनि वास्तविक नेपालीहरुको पिडालाइ यो गीत मार्फत सुनेर करोडौं नेपाली मनहरु हल्का बनाउने सिर्जनाको लागी।।

  • @arjungurung7768
    @arjungurung7768 Před 4 lety +2

    नारायण दाइ लाई उच्च समान र बहिनिको स्वरले सारै मन छोयो👈️👈️👍️👍️

  • @kamalmagar1386
    @kamalmagar1386 Před 4 lety +7

    अब्बल सर्जक दाजु।हरेक नेपालिको मनमा बस्न सफल।सदैव सम्मान

  • @minakhadka8423
    @minakhadka8423 Před 4 lety +21

    साएद धेरै पछि जति सुनेपनी अझै सुनौ लाग्ने गित आयो ।नारायण रायमाझी जि को कुरै छोडौ ।गाइका बैनिको आवाजपनी निकै मीठो छ ।सम्पुर्ण टिमलाइ बधाई तथा शुभकामना ।साथै सम्मान 👏👏

  • @rickythapaofficial
    @rickythapaofficial Před 4 lety +46

    अर्कि बिष्णु माझी स्वर कि धनी कमला पोखरेल र नारायण रायमाझी दाजुको स्वर मा यती मिठो गित सुन्न पाइयो ।दुबैजनालाइ धेरै धेरै शुभकामना।

    • @basugc645
      @basugc645 Před 4 lety +1

      . MItho voice didi co

    • @rajuchhetri6335
      @rajuchhetri6335 Před 3 lety +1

      melody supper both of you

    • @husseinnur4025
      @husseinnur4025 Před 2 lety +1

      What a wonderful combination soothing voice and well balanced instruments. I enjoy listening the song.

  • @himeshtimalsina5578
    @himeshtimalsina5578 Před 4 lety +1

    अत्यन्त राम्रो लाग्यो कति मिठो स्वर नारायण रायमाझी र कमला पोखरेल बहिनी को

  • @ashokgurung3289
    @ashokgurung3289 Před 4 lety +16

    जति सुनेनी चित्त नै बुझेन बार बार सुनी रहु जस्तो लाग्ने गीत ल्याउनु भयो आदरणीय दाजु नारायण रायमाझी दाजु ले धन्यवाद दाजु हजुरलाई 😥😥😥 र अझ झन कमला दिदी को आवाज ले मन्द भय😘😘😘😘आज सम्म हजुर को गीत सुनेको थिईन आज पहिलो चोटि हजुर को आवाज सुन्दै छु अनि सर्च गरे हजुर्को गीत हरु हेरे सबै भन्दा हजुर ले गाउनु भयको गीत भन्दा यो गीत को आवाज ले हजुर को आवज लाई सारैनै मिठास आवाज मिलेको महसुस पाया आगामी का दिन हरु मा हजुर ले यस्तै यस्तै गीत गायको सुन्न पाउ कमला दिदी को आवाज मा🤗🤗🤗आदरणीय दाजु नारायण रायमाझी दाजु लाई धन्यवाद छ दाजु हजुर ले यो गीत को लागि कमला दिदी लाई छान्नु भयको मा दिदी को स्वोर ले म आज कयौं पटक यो गीत री गरि गरि सुनीरहे मन नै बुज्दैन 😍😍😍😍हजुर को त झनै कुरै न गरौ दाजु को लय शब्द स्वोर 😍😍😍😍 दाजु को गीत आज सम्म हजुरले गाउनु भयका गीत धेरै सुने तर यो गीत ले धेरै नै मन छोयो सायद हामी प्रदेसी भुमी मा भयर होला सारैनै मन छोयो धन्यवाद सम्पुर्ण टिम लाई😘😘😘 धन्यवाद आदरणीय दाजु नारायण रायमाझी दाजु लगायत सम्पुर्ण टिम लाई😍😍😍😍😍😍

  • @binoddhital1322
    @binoddhital1322 Před 4 lety +48

    गितको लय,शब्द ,स्वर र संगितको बयान गर्ने बाक्य नै भेटिन झन् कमला दिदिको आवाजको त कुरै छोडौ । साथै नारायण रायमाझि सरको आवाजको त जति प्रसंशा गरेपनि अपुर्ण हुन्छ।सफलताको शुभकामना सम्पुर्ण युनिटलाइ🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @yesyes9807
    @yesyes9807 Před 4 lety +12

    लोक गीत भनेको यस्तो हुनुपर्छ गायिका को यस्तो पनि स्वर हुन्छ मान्छेको मन नै बिगार्ने सिधै मुटु मा च्वास घोच्छ । I like song

  • @khatrichiran4131
    @khatrichiran4131 Před 4 lety +1

    नारायण दाजु को कला गला पर्ती उच्च सम्मान तथा उतिकै स्वर कि धनी कमला पोखरेल ज्यु लाई पनि उतिकै सम्मान को दर्जा दिन चाहान्छौ यो गित को लागि

  • @VillageMirror
    @VillageMirror Před 4 lety +6

    आदरणीय नारायण रायमाझीको गीत राम्रो, मन छुने र सामाजिक हुन्छन् । प्रदेशीको जिवन्त कथा छ यस गीतमा । कमला पोखरेलको स्वरमा निकै म्याच खाको छ यो गीत सबै स्रष्टालाई नमन कमला बहिनीलाई शुभकामना

  • @sunaulosansar9964
    @sunaulosansar9964 Před 4 lety +2

    उहिलेदेखी अहिलेसम्मको हजुरको अनवरत साङ्गीतिक यात्रालाई हृदयदेखी नै संमान छ। गायिका बैनीको स्वर बेजोड छ । साङ्गीतिक क्षेत्रमा उज्वल भबिस्यको कामना !

  • @sambhuthapamagar7713
    @sambhuthapamagar7713 Před 4 lety

    मर्म स्पर्शी भावुक तुल्याउने जस्ताको तस्तै चित्रण गरिएको गीत ,सारै मन छोयो , शुभकामना सबैलाई

  • @Ramprasad98
    @Ramprasad98 Před 4 lety +12

    वु । नारायण रायमाझी दाजु को यसरी गीत आयो । मन नै खुशी भयो। बेला बेला मा पस्कँदै गर्नुहोस दाजु।

  • @MagarOfficialNar7302
    @MagarOfficialNar7302 Před 4 lety +8

    धेरै राम्रो गित अग्रिम सफलताको शुभकामना छ नारायण रायमाझी दाजु लगायत सम्पुर्ण टिमलाई👏👏👏👏🌺🌺🌺🌺🌺💃💃💃💃💃💃💃💃🙏🙏🙏🙏🙏

  • @birugurung6935
    @birugurung6935 Před 4 lety +1

    ओह यो बैनी लाई पहिलो चोती सुन्दै छु धेरै राम्रो सोर रहेछ मन पर्‍यो ❤️❤️👏👏👏धेरै राम्रो गित धन्यवाद छ सर लाई

  • @SubasKhatri
    @SubasKhatri Před 4 lety +2

    कति राम्रो हो कति नेपाली गित संगित अजर अमर रहोस् सधै यसरी नै ! !

  • @chirangiri4170
    @chirangiri4170 Před 4 lety +4

    मौलिक लोक गीत अति सुन्दर मर्मस्पर्सी शब्दहरू , धन्यवाद अनि बधाई नारायण दाजु र बहिनी कमला लाई आगामी दिनहरुमा यस्तै यस्तै गीतहरू सुनिरहन पाऊ ।

  • @khageshworgiri1593
    @khageshworgiri1593 Před 4 lety +14

    आहा कति राम्रो गित। सारै मन् छोयो नारायण दाजु। धेरै पटक हेरे। सफलताको हार्दिक शुभकामना

  • @krishnarana7252
    @krishnarana7252 Před 4 lety +10

    ।अति नै मन छुने मार्मिक लोक गित मन्द र सुरिलो आवाज ले भरिएको । धन्यवाद छ नारायण रायमाझि र कमला जि साथै सम्पुर्ण सृजनशील कलाकार हरु लाइ ।

  • @gummagar6172
    @gummagar6172 Před 9 měsíci +1

    हाम्रो पाल्पाको आदरणीय स्वोर, शब्द र सङ्गितका होनहार गायक ❤❤❤❤

  • @rabbilmiya6528
    @rabbilmiya6528 Před 4 lety +9

    नारायण रायमाझी को रचना मा आज पनि उत्तिकै दम छ ।
    हार्दिक सम्मान छ ।।।

  • @Kajimagar6529
    @Kajimagar6529 Před 4 lety +5

    आहा 😍😍😘😘😘😘कति मार्मिक जति सुने पनि मनै नभरिने मनै नअघाउने ।
    त्योभन्दा पनि हामी अरबे लाहुरेको मन कस्तो भयको होला ?
    त्यो पीडा त हामिलाई थाहा छ ।
    हाम्रै मन भित्रपट्टी पसेर गित सिर्जना गर्ने गाईदिने सर्जक नारायण ज्यु नमन मनै थामियन हजुर ज्😘😘😘😘😘😘

  • @lilgurunggurung7438
    @lilgurunggurung7438 Před 4 lety

    अनुसासित पनि राम्रो मिठो को यो गीत आत्मा नै छोयो लोक गीत को जिउदो इतिहास नारायण दाइ।बैनी को सोर कति मिठो बधाई छ।।

  • @bijayasunar4858
    @bijayasunar4858 Před 2 lety

    गितको बयान गर्ने कुनै शब्द नै पाइन ।।आदरणीय नारायन रायमाझी सर र कमला पोख्रेल दिदीको आवज ले सजिएको गित सुन्दा साच्चिकै वास्तविक जीवन मा मेल खाए जस्तो लाग्छ।।अति नै सुन्दर छ्न शब्द हरु।।सारै मन पर्यो।।🙏🙏🙏🙏🙏🙏

  • @purnasherchan121
    @purnasherchan121 Před 4 lety +15

    अत्तिनै मार्मिक वास्तविक कालजयी गीतका सर्जक नारायण सर प्रती हार्दिक नमन ।।हजारौं पटक सुन्दापनी कहिले धित नमर्ने हजुरको कृति अजर अम्मर 😘😍😍😍😍😍

  • @ramapokharel6530
    @ramapokharel6530 Před 4 lety +5

    Heart touching yakdam yakdam ramro geet &voice kamala dii &narayan daju😍😍😍😍👍️

  • @biwasmgr6053
    @biwasmgr6053 Před 4 lety

    Waoooo nirmaya thuli......
    जति सुने पनि धित नमर्ने
    कस्तो लय कस्तो सब्द कस्तो स्वर
    मजा आयो धन्यवाद छ

  • @d.bthapa94
    @d.bthapa94 Před 4 lety

    Ohoo Bado Aanand ayo. kati mithaas swor, sabda chayen testai raamro.Thank you verymuch Narayan sir and Kamala baini ani sangitik team lai .

  • @rk.adhikaritanahunnepal1519

    दूध माथी लाग्यो तर ,नीर माया ठुली, मनको धोको मन मै रह्यो रहर मरि गयो अब लाउनी छैन कर !! जति सुन्यो उति सुनु सुनु लाग्ने गित ।।।।।लोक गित संगीतको अग्रज कलाकार नारायण रायमाझी जि लाई नमस्कार ।

  • @ranenderkc6659
    @ranenderkc6659 Před 4 lety +7

    डोरी फुर्काले , सररर लठ्ठाकाटेर, राम्दीपुल तरेर ... सबै गीतहरु सुन्दै आएको छु सबै उत्कृष्ट छन यो झनै आनन्दै आउने खालको रहेछ। जादु छ सर तपाइको आवाज मा।
    ह्रदय देखि नमन सम्पूर्ण टिमलाई।

  • @sujanbc2767
    @sujanbc2767 Před 4 lety

    नारायण रायमाझी का गितहरु नेपाली साङ्गितिक क्षेत्रमा अजम भरी रहनेछन 🌷❤️❤️❤️

  • @karnarana3927
    @karnarana3927 Před 2 lety +1

    आहा कति मिठो स्वोर आनन्द आयो यो गित सुन्दा हजुर को गाएन छेत्र अझै फलोस फुलोसधेरै धेरै सुभकामना

  • @kailashgm97
    @kailashgm97 Před 4 lety +20

    हार्दिक नमन नारायण सर, अति मर्मस्पर्शी गित पस्कनु भएकोमा धन्यवाद साथै सम्पुर्ण सफलताको कामना

  • @maanalemagar9022
    @maanalemagar9022 Před 4 lety +4

    आहा नि निकै मन छुने मार्मिक गीत सम्मान छ अग्रज नारायण रायमाझी दाजुलाई।

  • @nepstat
    @nepstat Před 2 lety +1

    सारगर्भित शब्द, गायक-गायीकाको स्वरमा मिठास, उत्कृष्ट संगीत र वाद्यवादक - सबै मिलेको सुनिरहुँ जस्तो लाग्ने लोकगीत। सबैलाई बधाई छ।

  • @kamalghimire2822
    @kamalghimire2822 Před 4 lety

    अति मार्मिक सब्दमा सजिएको निकै राम्रो गीत दुवै गायक लगायत बध्यबादन सम्पूर्ण टिमलाई धन्यबाद
    कमला पोख्रेल ज्युको आबाजले निकै मन् छोयो l

  • @padamrana1591
    @padamrana1591 Před 4 lety +34

    मैले पहिलो चोटि देख्दै छु सुन्दै छु बहिनी को स्वोर अति मीठो रहेछ अझै अगाडि बढ्दै जानू शुभकामना

  • @harimagar69
    @harimagar69 Před 4 lety +27

    यति राम्रो गितको शृजना गर्नु भएको मा नारायण रायमाझी सरलाई आत्मा देखुन सम्मान प्रकट गर्न चाहन्छु साथै उहालाई साथ दिन अत्यन्तै स्वरकी धनी कोइली को जस्तो आवज भएकी गायिका कमला पोखरेल जिलाई पनि बधाई दिन चाहन्छु

  • @bedkumartrai9928
    @bedkumartrai9928 Před 4 lety

    वा वावा वा वावा आहा कति राम्रो गीत उतिनै राम्रो शब्द best of luck with the all teme lai

  • @padambagale7153
    @padambagale7153 Před 4 lety +1

    नारायण रायमाझीले गाउँनु भऐको गित लय र शब्द मनछुने हुन्छ

  • @CPMagar
    @CPMagar Před 4 lety +59

    म गीत रिलिज हुदा सौल यात्रामा थिए!रेल ट्रान्सफर गर्ने बेला गीत सुनेर ४ वटा रेल छोडे पनि।जति सुने पनि धीत नमर्ने गीत।हार्दिक बधाइ दाइ

    • @dineshranamagar4718
      @dineshranamagar4718 Před 4 lety

      C.P. Magar दाई मलाई सुमन थापाले सुरुवातमै समर्पण गर्नुभएको अनि खजेर सुने यति माठो अनि मार्मिक लाय अनि मौलिक शब्द अन्तिम सम्म सुने अनि गीतमै हराएछु म त🙂😍

    • @bishnupokharelprasad5209
      @bishnupokharelprasad5209 Před 4 lety

      अाहा कति राम्राे गित

    • @nabinvlogs4989
      @nabinvlogs4989 Před 4 lety

      ma ni korea ma nai chhu, ekdam man paryo balla sunna paye maile

  • @sunrise-oj4rv
    @sunrise-oj4rv Před 4 lety +3

    जति पटक सुनेपनी मन नअघाउने अति मीठो गित, आदरणीय सर्जक,सुमधुर स्वरका धनि नारायण रायमाझी प्रती नतमस्तक ।

  • @suknepali3366
    @suknepali3366 Před 4 lety +2

    This is the very first time i have heard Kamala Pokhrel voice and she have the best voice....

  • @user-lx2dy9hr8l
    @user-lx2dy9hr8l Před 4 lety +4

    नेपाली गित संगितका महागुरु-बरिष्ट गायक-बरिष्ट संगितकार-निर्देशक मीठो स्वरका धनी मलाई २०४७ मा गित गाउने तरिका सिकाउने महान अादर्निय-पुजनिय गुरु श्री नारायण रायमाझी ज्युलाई प्रणाम गर्दछु अनि दुवै गायक हरुमा ससम्मान छ।।उत्कृष्ट रचना।।

  • @shersirpali5046
    @shersirpali5046 Před 4 lety +10

    कमला जी काे स्वर कति बुलन्द नारायण सरकाे पहिला देखि नै फ्यान हाे। आजबाट कमलाकाे पनि फ्यान भईयाे।

  • @rockboy5947
    @rockboy5947 Před 4 lety +19

    आहा कति राम्रो गित जति सुनौ उति सुनिरहन मन लाग्ने ❤️❤️❤️ कालजयी गितका पिता आदरणीय दाजी शिर नुगाइ ढोग छ 5 पटक सुनेर चित्त बुजेन र डाउनलोड गरेको छु My best of one song thanks narayan rayamajhi dada❤️❤️

  • @bbk1678
    @bbk1678 Před 4 lety +2

    Nararyan sir hajur ko voice god gif ❤❤❤💯💯💯💯💯👌👌👌👌

  • @narayanramdam9407
    @narayanramdam9407 Před 4 lety +1

    Omg पुरै शरीर नै काडा उम्मृयो सुन्निबितिकै ।कति भाब बेहोर छ गीत वा अति मिठो सुमधुर नारायण दाईप्रती सम्मान सफलता को सुभकामना ।।।।

  • @nisanta1
    @nisanta1 Před 4 lety +22

    राम्रो गीतको सिर्जना भएछ। बधाई छ ,नारायण सर लगायत सम्पूर्ण महानुभावहरुलाई।

  • @bistkrishna3568
    @bistkrishna3568 Před 4 lety +16

    कस्को मन न छोयो होला र यो गीत ले । नब प्रबेसिको रुपमा आएकी कमला sis लाई नि बधाई छ । नारायण दाइ को के कुरा गर्नु । dami

  • @cbale5216
    @cbale5216 Před 4 lety +2

    नारायण दाइको हरेक गीतले मन रुवाउछ ।

  • @thamanbahadurbaniyachhetri6079

    आहा कति मीठो स्वरका धनी।उत्तर उत्तर प्रगति होस।कमला पोख्रेलको स्तुदियो ज्यादै राम्रो अनि कति मधुर स्वर। केही ब्यक्ति ले मात्र पाउँछन् यस्ता अब्बल बरदान । नारायण दाजुको के तुलना र? He is a king of the olk songs of Nepal.

  • @barunbhat830
    @barunbhat830 Před 4 lety +13

    wao kamala pokhrel nikai mitho swor.best of luck

  • @rplearningwork1494
    @rplearningwork1494 Před 4 lety +65

    बैनि को गला को सम्मान गर्नुपर्छ। भगवान् भन्डारि सग पनि गित गाउनु भा रैछ। अग्रज गुरु हरुको हात तपाईंको सिर मा छ। बैनि

  • @YamBahadurDura
    @YamBahadurDura Před 4 lety

    भावुकताले भरिएको गीतको एउटा बेजोड नमूना । यही हो, हाम्रो मौलिक लोकगीत । लोकगीतको मर्म बुझ्नेहरुका लागि यो गीत आफैंमा एउटा पाठ हो ।

  • @KeepItSimple7377
    @KeepItSimple7377 Před 4 lety +5

    Kamala pokhrellai pahilo patak sunna pae sarai motho swar rahix. Keep it up hajur 🙏

  • @nabarajregmi7385
    @nabarajregmi7385 Před 4 lety +10

    आहा कति मीठो गीत ❤️❤️❤️लोक गीतको अस्तित्व कायम राख्न यस्तै गीत सृजना गर्नुपर्छ

  • @takbdursunarsunar5998
    @takbdursunarsunar5998 Před 4 lety +1

    अतिनै मिठाे गीत अनि सुमधुर अावाज मन छाेयाे

  • @dammarthapa450
    @dammarthapa450 Před rokem +2

    rahar le hoina hamro vagya dhosi xa Waoo respect 🙏

  • @pricessgurung1893
    @pricessgurung1893 Před 4 lety +5

    Hello Namaste 🙏 Narayan Rayam dai hajur ko yo Geet sunda mero man kati Royo. 😂😂😂😂😂 congratulations all team from USA 🇺🇸

  • @mansinghkhadka817
    @mansinghkhadka817 Před 4 lety +26

    आदरणीय अग्रज गुरु नारायण रायमाझी ज्यु लगायत सम्पुर्ण लाई सम्मान छ

    • @dambarkc728
      @dambarkc728 Před 4 lety

      बैनीको अावाज कति मीठो हो मैले पहिलो चोटि सुनदैछु नाम के होला तर सोर रामरो छ ।

  • @hamronarethanti3799
    @hamronarethanti3799 Před 4 lety

    आहा कुन शब्दले सम्मान गरु म खै कती मिठो लय शब्द सिर्जना बधाई छ सम्पुर्ण टीमलाई 👍👍..!!

  • @shresthaganesh2680
    @shresthaganesh2680 Před 4 lety

    सलाम छ स्वर का धनीहरु लाइ,सम्पूर्ण टिमलाई शुभकामना

  • @narayanipahari5330
    @narayanipahari5330 Před 4 lety +5

    कति मिठो लय कति मिठा शब्द जति सुने पनि धोकै पुग्दैन हरेक क्षण प्रत्येक पाइलामा सफलता नै सफलताले अझ अगाडी बढ्न सक्ने प्रेरणा मिलिरहोस् मेरो दाजीलाई हृदयदेखि सदैव प्रगतीको कामना गर्दछु दाजी साथै सम्पूर्णलाई पनि