संविधानवाद भनेको के हो? संविधानवादको अर्थ, परिभाषा, विशेषता र आयाम समेत

Sdílet
Vložit
  • čas přidán 6. 08. 2021
  • Constitutionalism / संविधानवाद
    संविधानवाद ‍  संविधानअनुसारको शासन,
    संवैधानिक सिद्धान्त वा शासनको अनुगमन
    संविधनावाद सीमित सरकार (Limited Government) र असल सरकार (Good Governance) को अवधारणा हो ।
    निरङ्कुश शासनविपरित कानूनबमोजिमको शासन गर्नको लागि शासक र शासितको अधिकारको परिभाषा गरी जनताको हकहितको संरक्षण गर्ने, लोककल्याणकारी राज्यको स्थापना गर्ने, संवैधानिक विचारधारासहितको संविधान हुनु नै संविधानवाद हो ।
    संविधानवाद एउटा राजनितिक दर्शन हो ।
    लोकतान्त्रिक शासन व्यवस्थाको आधार हो ।
    यो संविधानको दर्शन पनि हो ।
    संविधानवादले शासनको वैधतामा जोड दिन्छ ।
    Constitutionalism / संविधानवाद
    संविधानप्रतिको निष्ठा संविधानवाद हो ।
    संविधान साधन हो भने संविधानवाद साध्य हो ।
    सार्वभौमसत्ता र राजकीयसत्ता जनतामा निहित हुनु हो ।
    कानून को शासन व्यवहारीक रुपमा स्थापना गर्न र जनताको आधारभूत मानव अधिकारको संरक्षण गर्नु पनि संविधानवादको उदेश्य हो ।
    संविधानवाद निरङ्कुश सराकरविपरितको अवधारणा हो ।
    अतः संविधानवाद हुन सुशासन, कानूनको शासन, सीमित शासन र प्रतिनिधिमूलक शासन जस्ता विषयवस्तु आवश्यक पर्छ ।
    संविधानवादका विशेषताहरू
    संवैधानिक सर्वोच्चता (Supremacy of Constitution)
    शक्ति पृथकीकरण र सन्तुलन (Separation of power and checks and balances)
    स्वतन्त्र न्यायपालिका (Independent judiciary)
    न्यायिक पुनरावोलक (Judicial review)
    स्वतन्त्र संवैधानिक अंगहरू (Independent constitutional organ)
    उत्तरदायी सरकार (Responsible government)
    प्रतिनिधीमूकल शासन (Representative government)
    नागरिक अधिकारको प्रत्याभूति (Protection of civil rights)
    अल्पमतको सम्मान (Respect of minorities)
    कानूनको शासन (Rule of law)
    विविधता व्यवस्थापन अर्थात समावेशीकरण (Diversity management and inclusion)
    शासनमा स्वयत्तता र अधिकारमा विकेन्द्रीकरण (Self governance and decentralization of rights )
    For definition of Constitution visit on • What is Constitution? ...
    For Constitutional law visit on • What is Constitutional...
    #Constitutionalism #संविधानवाद #Awasar

Komentáře • 14