मनोज गजुरेलको मनमौजी २ दिन । Manoj Gjurel ।

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • मनोज गजुरेल हाँस्यविधाका एक परिचित कलाकार हुन्। हाँस्यव्यंग मात्र होइन करुणाले भरिएका बिषयमा पनि उनी उत्तिकै जमेका कलाकार हुन् भनेर संसारभर छरिएर रहेका नेपाली दर्शकले जानेबुझेका छन्। आमा शीर्षकको पछिल्लो प्रस्तुतिले मनोजको प्रतिभाशाली व्यक्तित्वमा नयाँ पहिचान थपिसकेको छ। कलाकारिताको दुनियाँमा उनी एक उत्कृष्ठ कलाकार हुन् भन्नेमा कुनै शंका छैन ।
    मनोज यसपटक दृश्यटिभी टिमसँग उत्तरपूर्वको परिचित पहाडी नगर जिरी भ्रमणमा थिए। कुनै पूर्व योजनाबिनाको अवलोकन भ्रमणलाई चलचित्रको छायांकन जस्तै बनाए स्थानीय बाटो, बजार, पर्यटकीय स्थल र स्थानीय मानिसहरुसँगको घुलमिलबाट मनोजले। सिलसिलावध्द कुनै कार्यक्रम पनि थिएन, यात्राकै क्रममा विश्राम गर्दै जीवनका अनेक आयामबारे चर्चा पनि गरियो, ठट्टा गर्न पनि बाँकी राखिएन। मनमौजी थिए मनोज कुनै छेकबार थिएन। चिनेजानेका कलाकार आफ्नै बजारमा घरआँगनमा झट्ट देख्दा धेरैले पत्याउन पनि सकेनन्। पहिलो पटक भेटेका मानिससँग समेत उमेर अनुसार साईनो लाएर वात मार्ने शैलीले जोसुकै पनि मनोजसँग झ्याम्मीहाल्थे। यो रोचक पक्ष रहेछ मनोजको।
    काठमाडौंबाट जिरी जाँदा, त्यहाँ बस्दा र फर्किंदाका विविध दृश्यहरु समेटिएको यो दृश्य सामग्रीले मनोजको मनमौजी शैली नकिजबाट जान्न सहज हुने छ।

Komentáře • 4