हङकङमा हाईकको नौलो अनुभव । Vlog: Jardine’s Lookout & Burner Summit, Hong Kong with Tulsi K. Gurung.

Sdílet
Vložit
  • čas přidán 25. 08. 2024
  • हङकङमा हाईकको नौलो अनुभव
    यस पटकको हङकङ हाईक भीडियोमा वाङ नाई चुङ ग्याप ट्रि ट्रेलको बाटो भएर 'जार्डन लुकआउट र बर्नर समिट'को यात्रा समेटेका छौ । हङकङका डाँडा-काडा र ट्रेलबारे अनुभवी तुलसी कुमार गुरुङसँगको यो हाईकमा भीरमा डोरी समाउँदै र ढुङ्गे बाटोको यात्रासँगै यहाँका डाँडाहरुको पुरानो इतिहास समेत बुझ्न सकिने छ ।
    भूतपूर्व ब्रिटिश गोर्खा सैनिक तुलसीकुमार गुरूङ सेनामा रहदा सीनियर एडभेन्चर तथा फिजीकल ट्रेनिंग ईन्ट्रस्कटर हुनुहुन्थ्यो । तेक्वान्दो खेलका हङकङ सरकारका पूर्वप्रशिक्षक रहिसक्नु भएका गुरूङ तेक्वान्दो खेलका प्रमुख ग्राण्ड मास्टर तथा हङकङ नेपाली तेक्वान्दो एसोसिएशनका अध्यक्ष हुनुहुन्छ । वि विल राइज फाउण्डेशनका संस्थापक उहाँ सामाजिक सेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।
    ब्रिटिश सेनामा रहदा नै हङकङको हाईकिङ र ट्रेलका बारेमा लामो अनुभव सँगालेका गुरूङ अवकाशपछि पनि नियमित हाईकमा निस्कीने मात्र हैन नेपाली समुदायलाई यस तर्फ आकर्षित गर्न अग्रसर हुनुहुन्छ । उहाँकै अगुवाईमा 'वि विल राइज फाउण्डेशन'ले ५ वर्ष अघि सुरूगरेको 'हाईक फ़र नेपाल’ कार्यक्रमले हङकङमा नेपालको प्रचारसँगै हङकङका नेपालीहरूमा हाईकिङबारे चेतना फैलाउने काम गरेको थियो।
    हङकङको ब्यस्त जीवन शैलीमा स्वास्थ्यको लागी अपरिहार्य बन्दै गएको हाईकिङमा जति सहज र सरल देखिन्छ उतिक्कै जोखीम पनि छ । असावधानीका कारण हुने दुर्घटनामा हाईकरको ज्यानै जानेसम्मका घटना भएकाछन् । यसअघि हामीले गुरुङको अनुभव र हाईकिङ टिप्स समेटेर बनाएको भीडियो यो लिंकमा हेर्नुहोला : • हङकङमा हाईकिङ र ‘टिप्स...
    यो भीडियो कस्तो लाग्यो हेरेर सुझावप्रतिक्रिया दिनुहोला ।अझ यस्तै उपयोगी सामाग्री लिएर हामी नियमित आउने छौ । राम्रो लागे सामाजिक सन्जालमा शेयर, लाईकका साथै हाम्रो च्यानल सब्सक्राईब गर्न नभुल्नु होला ।
    👉हाईकिङ 'टीप्स एण्ड ट्रिक' भीडियो यो लिंकमा हेर्नुहोला : • हङकङमा हाईकिङ र ‘टिप्स...
    Jardine’s Lookout & Burner Summit, Hong Kong with Tulsi K. Gurung.
    Video & Editing: Dambar Krishna Shrestha
    Background Music source: CZcams Library
    @Nepali Life CZcams Channel
    Email : nepalilifehk@gmail.com
    Facebook: / nepalilife​
    instagram: nepalilife
    Twitter: @nepali_life

Komentáře • 3