नेपाल रिटर्नी एशसिएसन यो कुरा मध्यनजर गरेर रोजगार र युवापलायन् रोक्न कृषि उत्पादन भन्दैछ युवा एक हौ

Sdílet
Vložit
  • čas přidán 7. 02. 2024
  • दृढ संकल्प र असल कुटनीतिक सम्बन्ध कायम गरेर युवा रोक्न सकिन्छ ।।
    प्रविन पौडेल
    यो पुस्ताले युवा रोक्न रोजगार श्रृजना गरेर दक्ष,अर्धदक्ष र अदक्ष तीनै वर्गका युवा रोक्ने प्रारम्भिक उपाय भनेकै व्यवसायीक कृषिनै हो । त्यसैले आजैबाट सुरुगरेर कृषि उत्पादनको प्रचुर सम्भावनालाई सवाल बनाई आत्मानिर्भर हुँदै निर्यात गर्ने योजना कार्यान्वयनमा लागौं। आजको पहिलो पुस्ता २०%जीवित होलान् दोस्रो पुस्ता ३०% स्वदेशमा होलान् तेस्रो पुस्ता १०% होलान् चौथो पुस्ता ले विदेशमै जन्म लिँदैछन् यानिकी चौथो पुस्ता ९०% विदेशमा हुर्कनेछन्। त्यसैले यहाँ रहेका दोस्रो पुस्ता एकजुट भै पहिलो पुस्तालाई साथमा लिएर युवा पलायन रोक्नु पर्दछ । यदि युवा पलायन नरोक्ने हो भने अबको केही समयपछि यो देश जनसंख्या बिनाको देश हुनेछ ।बाँकी रहेका जनता संघ ,प्रदेशको मन्त्री र राजनीतिक नियुक्तिमा समेत कमी हुनेछन् ।यो छनक त अहीले पनि खास खास समयमा कुनै महत्वपूर्ण राजनैतिक न्युक्तीमा प्रखर व्यक्तित्वको अभाव देखिन थालिसकेको छ । त्यो दिन न त पूर्वाधार विकाशको कुनै अर्थ रहनेछ न त प्राकृतिक सुन्दरताको रहनेछ रहनेछ त मात्र मुर्त्युबरण गरेको सुन्दर शरीर चिकित्सकले सैल्याकृया गरेजस्तै विदेशीले यो देशलाई गर्ने छन् । त्यो समयमा यो देशमा रहेका सानो संख्या त्यो पनि वृद्ध निरिह बनेर टुलु टुलु हेरी रहेका हुनेछन् । अझ तिनले मृत्यु वरण गरेमा पार्थिव शरीर शवदाह सम्म बोक्ने मलामी समेत विदेशबाट बोलाउनु पर्ने अवस्था श्रृजना हुन सक्तछ ।
    सत्य तीतो हुन्छ यथार्थलाई मनन गरी आजैबाट व्यवसायीक कृषिमा जुटौं अझै पनि हाम्रो देश सँग व्यवसायीक कृषि उत्पादन गर्न सक्ने पूँजी साथै श्रम गर्न सक्ने युवा पर्याप्त छ । सुरुमा कृषि उत्पादनमा आयात कम गर्दै निर्यात गर्न सकिन्छ यसबाट र वैदेशिक रोजगारबाट आर्जित वैदेशिक मुद्राको संचित बढाउँदै अन्य उद्योग सञ्चालन गरेर तीनै वर्गका युवा रोक्न सकिन्छ ।
    स्वीजरल्याण्ड पनि त हाम्रो प्यारो देश नेपाल जस्तै भूपरिवेष्ठीत देश विश्वको १०औं अर्थतन्त्रमा अब्बल देश भनेर चिनिन्छ । हाम्रो देश त प्राकृतिक रूपमा अझ धनी छ त्यसैले हामी सँग अनेकौं उपाएछ । मात्र योजना ,दृढ संकल्प र असल कुटनीतिक सम्बन्ध कायम गर्ने क्षमताको विकास गरे मात्र पुग्दछ ।
    अध्यक्ष
    नेपाल रिटर्नी एशसिएसन
    !! शुभरात्री !!

Komentáře • 2