१.५ जनसम्पर्क र सेवाग्राही गुनासो व्यवस्थापनको तरिका र विधि।। खरिदार दोस्रो पत्र मोडेल

Sdílet
Vložit
  • čas přidán 18. 05. 2024
  • १. जनसम्पर्क व्यवस्थापन भनेको के हो ? जनसम्पर्क व्यवस्थापन गर्ने तरिका खुलाउनुहोस् ।
    जनसम्पर्क व्यवस्थापन
    सेवाग्राहीको आवश्यकता, माग समस्यालाई समाधान गर्ने दिशामा कार्यालयद्वारा सम्पर्क स्थापित गर्ने कार्य जनसम्पर्क व्यवस्थापन हो। कार्यालय र सेवाग्राही बीच अर्थपूर्ण सम्पर्क स्थापित गर्न जनसम्पर्क व्यवस्थापन आवश्यक पर्दछ ।
    जनसम्पर्क व्यवस्थापन गर्ने तरिका
    • प्रेस विज्ञप्तीः संगठनको कार्य प्रगतिवारेमा संगठनको तर्फबाट आधिकारिक रूपमा जानकारी दिने प्रक्रिया
    • प्रत्यक्ष भेटघाटः यसअन्तर्गत Help Desk, Hotline सेवा आदि पर्दछन्।
    • घरदैलो अभियानः यस अन्तर्गत सेवाग्राहीको घरदैलोमा गएर जनसम्पर्क स्थापित गर्ने कार्य पर्दछन् ।
    • सञ्चारमाध्यम द्वाराःयस अन्तर्गत पत्रपत्रिका, टेलिफोन,टेलिभिजन मार्फत सेवाग्राहीसँग सम्पर्क कायम ।
    • सामाजिक सञ्जालः यस अन्तर्गत फेसबुक,टुइटर लगायतका सामाजिक सञ्जालको प्रयोगमार्फत सेवाग्राही सँग सम्पर्क कायम गर्ने कार्य
    • सर्वेक्षण : जनताको धारणा बुझ्नको लागि तथा समस्या समाधान गर्न यस प्रकारको उपाय प्रभावकारी हुन्छ।
    • गोष्ठी: यस अन्तर्गत सरोकार‌वाला सेवाग्राही सँग छलफल अन्तरक्रिया मार्फत समस्या तथा गुनासो समाधान गरिन्छ।
    कार्यालको काम र सेवाग्राहीको अपेक्षामा तालमेल गर्न जनसम्पर्क व्यवस्थापन आवश्यक पर्छ। उल्लेखित विधिको प्रयोगले कार्यालयले प्रदान गर्ने सेवाप्रति सरोकारवाला सेवाग्राहीको अपनत्वबोध कायम हुन्छ।
    अत,
    जनसम्पर्क व्यवस्थापनबाट संगठनको छवि तथा प्रतिष्ठामा वृद्धि हुन्छ।
    २. जनसम्पर्क व्यवस्थापनको महत्त्व / आवश्यकता औचित्यता उल्लेख गर्नुहोस ।
    जनसम्पर्क व्यवस्थापन
    सेवाग्राहीको आवश्यकता, माग समस्यालाई समाधान गर्ने दिशामा कार्यालयद्वारा सम्पर्क स्थापित गर्ने कार्य जनसम्पर्क व्यवस्थापन हो।
    जनसम्पर्क व्यवस्थापनको महत्व
    • संगठनको जनसमक्ष छवि निर्माण गर्न र प्रचार प्रसार गर्न,
    • संगठनको लक्ष्य उद्देश्य प्रभावकारी रूपमा हाँसिल गर्न,
    • बस्तु तथा सेवाको बारेमा जानकारी दिन,
    • ग्राहक र सेवाग्राही तथा लक्षित वर्गहरूसँग सञ्चार सम्पर्क कायम गर्ने,
    • नीति तथा योजना निर्माणमा सहभागीता प्रवर्द्धन गर्न,
    • प्रशासन र व्यवस्थापनलाई प्रभावकारी बनाउन,
    • संकट तथा विपद्‌को सामना गर्न,
    • सुधारका लागि सुझाव प्राप्त गर्न,
    • सेवा प्रवाहलाई प्रभावकारी बनाउन,
    • सुशासनको प्रत्याभूति दिलाउन ।
    ३. नेपालमा जनसम्पर्क व्यवस्थापनमा देखिएका समस्या तथा समाधानका उपायहरू उल्लेख गर्नुहोस् । (५)
    जनसम्पर्क व्यवस्थापन
    सेवाग्राहीको आवश्यकता, माग समस्यालाई समाधान गर्ने दिशामा कार्यालयद्वारा सम्पर्क स्थापित गर्ने कार्य जनसम्पर्क व्यवस्थापन हो।
    नेपालमा जनसम्पर्क व्यवस्थापन सम्बन्धी समस्याहरू
    • जनसम्पर्क व्यवस्थापनले कम महत्त्व पाएको,
    • प्रत्यक्ष सम्पर्क दोहोरो सम्पर्क तथा अर्थपूर्ण सम्पर्क नभएको,
    • जनसम्पर्क व्यवस्थापनको मिति, समय, भाषा तथा माध्यमहरू Supply Driven रहेको,
    • जनतामा जनसम्पर्क सम्बन्धमा चेतना खासै नभएको, कमजोर सहभागीताको स्तर,
    • औपचारिकताको लागि मात्र जनसम्पर्क स्थापित भएको,
    • सहयोगी कर्मचारी दोभासे आदिको व्यवस्था नभएको ।
    समस्या समाधानका उपायहरु
    • जनसम्पर्क व्यवस्थापनलाई प्राथमिकतामा राख्ने,
    • प्रत्यक्ष सम्पर्क दोहोरो सम्पर्क तथा अर्थपूर्ण सम्पर्क कायम गर्ने,
    • जनसम्पर्क व्यवस्थापनको मिति समय, भाषा तथा माध्यमहरू तोक्ने,
    • जनतामा जनसम्पर्क सम्बन्धमा चेतना अभिवृद्धि गर्ने,
    • सहभागीताको स्तरलाई थप प्रभावकारी बनाउने
    • जनसम्पर्क स्थापनालाई व्यवहारिक बनाउने,
    • सहयोगी कर्मचारी आदिको व्यवस्था गर्ने ।
    यसरी,जनतासँग सञ्चारको आधार जनसम्पर्क व्यवस्थापन हुन्छ ।
    This video made for education propose and donot promote and kind of thing that shown in this.

Komentáře •