Aajako Bachan September 29 | पश्चात्तापको आशिष् (१) |

Sdílet
Vložit
  • čas přidán 27. 09. 2022
  • बिहीवार, सेप्टेम्बर २९, असोज १३
    ‘परमेश्वरको कृपाले तिमीलाई पश्चात्तापमा डो¥याउँछ ।’ -रोमी २ः४
    पश्चात्तापको आशिष् (१)
    जब तपाईं आफैलाई गलत बाटोमा भेट्टाउनुहुन्छ, पश्चात्तापले तपाईंलाई पूर्ण रूपमा फर्कन र सही दिशामा अगि बढ्न अनुमति दिन्छ । कस्तो आशिष् । अब, पश्चात्तापले तपाईंसँग रहनको लागि परमेश्वरको इच्छालाई बढाउने होइन; यसले उहाँसँग रहन सक्ने तपाईंको क्षमतालाई मात्रै बढाउँछ । कहिलेकहीँ हामी सोच्दछौं कि हामीले पश्चात्ताप गर्नुपर्छ किनभने परमेश्वर हामीसँग क्रोधित हुनुहुन्छ र शान्त बन्न समय चाहिन्छ । वा हामी पश्चात्तापलाई हामी आफैलाई सजाय दिने तरिकाको रूपमा सोच्दछौं ता कि परमेश्वर हामीसँग कम कठोर हुनुहुनेछ । त्यो पश्चाताप होइन, कमजोर आत्मसम्मान हो ! कमजोर आत्म-सम्मानले तपाईंलाई विश्वास दिलाउँछ कि तपाईंको मूल्य यति थोरै छ कि तपाईंको प्रतिक्रियाले फरक पार्दैन । तर पश्चात्तापमा तपाईंले बुझ्नुहुन्छ कि तपाईं परमेश्वरको लागि यति धेरै मूल्यवान हुनुहुन्छ कि तपाईंको प्रतिक्रिया महत्त्वपूर्ण छ । पावल भन्छन्, ‘परमेश्वरको कृपाले तिमीलाई पश्चात्तापमा डो¥याउँछ ।’ जब तपाईं परमेश्वरलाई प्रेम गर्नुहुन्छ, तपाईंको सबैभन्दा ठूलो चिन्ता परमेश्वरले तपाईंलाई चोट पु¥याउुहुनेछ भन्ने नभएर तपाईंको कार्यले उहाँलाई चोट पु¥याउनेछ भन्ने हुनेछ । जब दाऊदले उरियाहकी पत्नीसँग सुतेपछि उसको हत्या गरे, उनले पश्चात्ताप नगरी एक वर्ष बिताए । उनले आफ्नो दिमागलाई यसबारे नसोच्न बाध्य पार्नुप¥यो । जिउने कस्तो दयनीय तरिका । आफ्नो पश्चात्तापी प्रार्थनामा, उनले भने, ‘मेरो पाप सदा मेरो सामुन्ने छ’ (भजन ५१ः३) । तब उनले यस्तो पुकारा गरे ‘हिसपले मलाई शुद्ध पार्नुहोस्, र म शुद्ध हुनेछु । मलाई धुनुहोस्, र म हिउँभन्दा सेतो हुनेछु । हे परमेश्वर, ममा शुद्ध हृदय सृजनुहोस्...तपाईंको मुक्तिको आनन्द मलाई फेरि दिनुहोस्’ (पद ७, १०, १२) । फलस्वरूप, परमेश्वरले उनलाई क्षमा गर्नुभयो र उनको पापको दाग मेटाइदिनुभयो, अनि दाऊद इस्राएलका सबैभन्दा महान् राजा बने । बुभ्mनुभयो, पश्चात्ताप परमेश्वरको लाभको लागि मात्रै होइन - यो तपाईंको लागि हो !
    यसकारण आफ्नो पापको पश्चात्ताप गर्नुहोस् अनि शुद्ध विवेक र मुक्तिको आनन्द फेरि प्राप्त गर्नुहोस् ।
    आत्मिक भोजनः श्रेष्ठगीत ५-८ मर्कूस १५ः२१-३२ भजन ९१ हितोपदेश २१ः२८-३१

Komentáře • 181