सुदूरपश्चिममा तीन वर्षमा ४४ बालिका यौन दुराचारको सिकार

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • सुदूरपश्चिम प्रदेशमा तीन वर्षमा ४४ बाल यौन दुराचारका घटना प्रहरीमा दर्ता भएका छन्। प्रदेशमा तीन वर्षमा ४४ बालिका बाल यौन दुराचारको सिकार भएको भन्दै प्रहरीमा उजुरी परेका हुन्।
    आर्थिक वर्ष २०७८÷०७९ मा १२ बालबालिकामाथि यौन दुराचारका घटना भएका छन्। आर्थिक वर्ष २०७९÷०८० मा यो संख्या बढेर १८ पुगेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको तथ्याङ्क छ। गत आर्थिक वर्ष २०८०÷०८१ मा १४ वटा घटना भएका छन्। चालु आर्थिक वर्षको हालसम्म कैलालीमा ८, कञ्चनपुरमा ५ र डडेल्धुरामा १ घटना भएको छ। प्रहरीको तथ्यांकले यस्ता घटनामा वृद्धि भएको देखिएको छ। यस्ता घटनाहरु विभिन्न कारणले सार्वजनिक नहुने गरेको प्रहरीको अनुभव छ। तर, सुदूरपश्चिममा मालिका माथि हुने अत्याचारका घटनाहरु बढ्दै गएका छन्।

Komentáře •