कैलालीको गोदावरीबाट झण्डै ३ करोड रुपैयाँ उठाएर सहकारीकी बजार प्रतिनिधि फरार

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • कैलालीको गोदावरी नगर क्षेत्र अत्तरियाबाट झण्डै तीन करोड रुपैयाँ उठाएर सहकारी संस्थाकी एक बजार प्रतिनिधि फरार भएकी छन्। करिब १४ वर्षदेखि अपि-सैपाल बचत तथा ऋण सहकारी संस्थामा बजार प्रतिनिधिको रुपमा कार्यरत बिना चौधरी (योगी) झण्डै तीन करोड रुपैयाँ उठाएर फरार भएकी हुन्। सहकारीको नाममा विभिन्न व्यक्ति तथा व्यवसायीबाट रकम संकलन गरेर उनी एक महिनादेखि फरार छिन्।
    गोदावरी नगरपालिका-२ अत्तरियामा रहेको अपि-सैपाल बचत तथा ऋण सहकारी संस्थामा सुरुदेखि नै बजार प्रतिनिधिको रुपमा कार्यरत बिनाले एक दर्जनभन्दा बढी व्यक्ति तथा व्यापारीबाट पैसा उठाएर फरार भएकी हुन्। प्रतिव्यक्ति ५ लाखदेखि ५० लाखसम्म रकम उठाएर उनी फरार भएपछि बचतकर्ताहरु समस्यामा परेका छन्। अत्तरियामा ३५ वर्षदेखि व्यापार गर्दै आएका सुनिल पन्तबाट मात्र २८ लाख रुपैयाँ लगेको खुलेको छ। विभिन्न व्यक्ति तथा व्यापारिबाट गरेर करिब ३ करोड रुपैयाँ उठाएर उनी फरार भएको पन्तले बताएका छन्। अपि-सैपाल बचत तथा ऋण सहकारी संस्थाकी बजार प्रतिनिधि बिनाले गेटा क्षेत्रबाट मात्र एक करोड ५० लाख रुपैयाँ संकलन गरेको पाइएको छ।
    ठेला व्यापारीदेखि ठूला व्यापारी र व्यक्तिबाट समेत नगद संकलन गरेर उनी फरार भएकी हुन्। सहकारीकी बजार प्रतिनिधि भएकाले बचतको नाममा पैसा दिएका व्यापारीको बचत बुकमा उल्लेख भए पनि त्यो पैसा सहकारीमा नपुगेको समेत खुलेको छ। आफुहरुको खातामा पैसा चढेको भए पनि सहकारीमा जम्मा नभएको व्यवसायीहरुले गुनासो गरेका छन्। व्यवसायी पन्तले घर बनाउन जम्मा गरेको २८ लाख रुपैयाँ बिनाले लगेर फरार भएको बताएका छन्। उनले चेक बाउन्स समेत गरिसकेका छन्। बिनाले आफै कार्यरत रहेको अपि-सैपाल सहकारीको रकम समेत हिनामिना गरेको पाइएको छ। अपि-सैपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ललित रोकायाले सहकारीकै ७ लाख रुपैयाँ लगेर फरार भएको बताएका छन्। यो विषयमा प्रहरीलाई जानकारी गराइसकिएको उनले बताएका हुन्।

Komentáře •