सपना पछ्याउँदै, भोक-भोकै हिडेर अमेरिका पुगेका नेपाली।Such misery for reach America !

Sdílet
Vložit
  • čas přidán 8. 01. 2021
  • सपनाको देश अमेरिकाको अध्याँरो यात्रा
    अमेरिकामा नेपाली लाइफको यो छैठौ श्रृङखला हो ।
    अमेरिका, अर्थात धेरैको सपनाको देश । नेपालमा वर्षेनी डिभी भर्ने र भीशाको लागी लाइन लाग्ने हज्जारौ, लाखौ नेपालीहरुले जान मरिहत्ते गरिरहेको देश हो अमेरिका।
    केहि वर्ष अघि यो देशको एक छेउबाट अर्को छेउ पुगेर धेरै नेपालीहरुलाई भेटदा तीनका कथा-ब्याथा सुनेपछि नेपालबाट हेर्दा देखिने अमेरिकाको नेपाली लाइफ सोचे भन्दा फरक पाए । सपनाको देश आएका नेपालीहरुको संघर्ष पुगेकै दिनबाट सुरुहुने रहेछ ।
    यस च्यानलको अमेरिकामा नेपाली, संघर्ष र सफलताका कथाहरुको अघिल्लो श्रृङ्खलाहरुमा पनि समेटिएको छ । जुन नेपाली लाइफको 'प्ले लिष्ट' / nepalilife मा गएर तपाईले हेर्नसक्नु हुनेछ ।
    यस श्रृङ्खलामा अने्कौ हण्डर खेपेर, भोक-भोकै जंगल-खो्लाको बाटो हिडेर ५० दिनमा अमेरिका छिरेर शरणार्थी जीवन बिताउन बाध्य शिव कुमार लिम्बुको दुःखको कथा समेटेका छौ । नेपालमा दलाललाई लाखौ रुपैया बुझाएर सिंगापुर हुदै दक्षिणी अमेरिकाका देशहरुहुदै पैदल हिडेर अमेरिका छिरेका लिम्बुको कथाले ति सयौं नेपालीहरुको प्रतिनिधीत्व गर्छ जो सपनाको देश खेज्दै यसरीनै ज्यानको जोखीम मोलेर अमेरिका पुगेका थिए, छन।
    यस च्यानलको भिडीयो मन परे लाईक, शेयर र सस्क्राईब गर्नुहुन अनुरोध गर्दछु । भीडियोहरु हेरेर सुझाव र प्रतिक्रिया दिदै गर्नुहोला।
    Nepali Life in USA कथा-6
    Such misery for 50 days reach America!
    Shiv Kumar Limbu in USA
    Video/Interview & Editing: Dambar Krishna Shrestha
    Background Music : CZcams Audio Library
    @Nepali Life CZcams Channel
    Email : nepalilifehk@gmail.com
    Facebook: / nepalilife
    instagram: nepalilife
    Twitter: @nepali_life

Komentáře • 712

  • @ishworkarki6538
    @ishworkarki6538 Před 3 lety +20

    घण्टाको सपनाको देश । हाम्रो देश नेपाल नै नेपालीको लागी सपनाको देश हो ।

  • @abchuki
    @abchuki Před 2 lety +13

    हाम्रो नेपालीहरु साचै नै बहादुरहरु हुन!

  • @menepal100
    @menepal100 Před 3 lety +33

    दाई स्टोरी जस्तो भए पनि बाचन अनि कन्सेप्ट ले कथा राम्रो बन्ने रहेछ । जो यसरी सजिलै पुग्नु भयो उहा भाग्यमानी हो । यो भन्दा दर्दनाक कथाहरु छन यहि आउने सपनामा । जस्ले पैसा समय करियर गुमाए दुख पाए । जेल जिवन बिताए अन्ततः नेपाल फर्किए । यस्तै स्टोरी हेर्न पाउ सुभ कामना दाई ।

  • @baburana4592
    @baburana4592 Před 3 lety +28

    दाजुको कुरा सुन्दा एउटा सिनेमा नै बन्छ !! परिश्रमकाे मिहिनेत गरेको फल अति मिठो हुन्छ Good luck da..🙏🙏🌹♥️🙏🙏

  • @yuggauchan4838
    @yuggauchan4838 Před 3 lety +26

    दर्दनाक ! मन रोयो। म अमेरिका गएको मान्छे 1 महिना जति बसेर फर्के। मेरो दिदी- बहिनीले त्यहीं बसोस भन्ने चाहन्थे तर मैले भन्ने गर्थे म घाँस खान्छू, ढुङा खान्छु तर आफ्नै मातृभूमीमा मर्छू भन्थे र मेरो प्यारो मातृभूमीमा फर्के। त्यस पछि पनि मैले 2 / 2 वटा Multiple (USA) visa प्रयोग गरिन ।

  • @dipusl1452
    @dipusl1452 Před 3 lety +46

    हामी नेपालीहरु पनि पहिले नै हरेश खाने बानी छ है यो अमेरिका भन्ने के होर एउटा देश त होनी यत्ति फरक हो कि कुनै बेला त्यहाँ मानिसहरूले रगत पसिना बगाएर आफ्नो देश लाई papular बनाए अनि अहिले दुनिया ले जान्छ।त्यस्तै हामी नेपालीहरु पनि आफ्नै देश मा रहेर जे जस्तो भए पनि मरिमेटी आफ्नै देश मा रगत पसिना बगाएर काम गरेर देश लाई अगाडी बढाउ त एक दिन हाम्रो देश पनि नेपाल भनेर दुनिया मा चिनिने छ।एक पटक सोच्नुस् त हामी ले देश बनाउने हो देश ले हामी लाई होईन एक बोरा आलु मा एउटा कुहिएको आलु लाई लाहप्रभाई गरेर पूरा बोरा नै फ्याँक्ने होईन बरु त्यो कुहिएको आलु लोई खोजी खोजी फ्याँक्ने हो।एक पटक ठण्डा दिमागले महसूस गर्नु होस हर चीज हाम्रै देश बन्यो भने made in nepal लेखेको देख्न पाउँदा कति खुसी हुन्छौं है ❤️🇳🇵🇳🇵🇳🇵

  • @moonstar3919
    @moonstar3919 Před 3 lety +6

    हे भगवान यो भिडियो हेरेर अचम्म लाग्यो हाम्रो नेपाली दाजुभाई दिदी बहिनी किन यति मरिहत्ते गर्छन् आफ्नो देश मा यति दुख गरेर आराम को जिन्दगी जिउने राम्रो

  • @Mrsgrg20519
    @Mrsgrg20519 Před 3 lety +87

    कस्तो आशु आयो हे के गर्नु भगवान हाम्रो देश गरिब भएको ले हाम्रो दाजु भाई दिदि बहिनी हरुले यस्तो दुख पाउछ

  • @HimalRaiRealEstate
    @HimalRaiRealEstate Před 3 lety +27

    दाजु को कुरा सुन्दा सारै मन दुख्यो ❤️👈️😍😍🙏

  • @Easylife00
    @Easylife00 Před 3 lety +6

    Thank you dai tapai le diyeko real journey information le dherAi nepali youth lai bojhne mauka ..

  • @binayraj1178
    @binayraj1178 Před 3 lety +6

    Tapai ko himmat and aat lai salute daju hajur ko story le life Ma jasto sukai dukha Ma bachna sikayo all the best for your bright future

  • @dogapart4701
    @dogapart4701 Před 3 lety +1

    ओ हो त्यो अपाङ्ग ब्यक्ती लाई जिउँदै ब्वाँसोहरुको हुलमा जंगल भित्र छाडिदिनु पर्ने बाध्यत्मक परिस्थितिको घटनाले मानव जिवन के रहेछ र आखिर भन्ने भित्रै सम्म बोध गरायो। दाईले पापि पेटकै लागी यत्ती कष्टकर दिनहरु बिताउनु परेछ सुन्दै आङ्ग सिरिङ्ग भयो। ग्रीनकार्ड प्राप्ति पछिको दिनहरु सफल र सुखद बनोस। डम्बर जिलाई भिडियोको लागी मुरि मुरि धन्यवाद छ।

  • @dipeshyakthungba6659
    @dipeshyakthungba6659 Před 3 lety +3

    बिस्व युद्धमा लाहुरे ले दुख भोगेको काहानी सुनेर अचम्म लाग्थ्यो आज अमेरिका पुग्दा को हजारौं लाखौं माइल पार यात्रा गरेको काहानी सुन्दा त्यस्तै लाहुरे को कहानी जस्तो लाग्यो तपाईंको जीवन सधै राम्रो खुसी अनि सफल रहोस जय चन्द्र सुर्य

  • @surajpun9209
    @surajpun9209 Před 3 lety +17

    Daju chae adventurer nai ho k salute xw daju tapai lai 🙏🙏🙏🙏

  • @deepakchhetry5702
    @deepakchhetry5702 Před 2 lety +1

    राम्रो लाग्यो भाईको कथा।विदेशमा सबैले कहां सुख पाएको हुन्छ र? तर पनी यो सपनालाई पछ्याउँदै विदेश लाग्नु पर्दो रहेछ।

  • @gsgs8719
    @gsgs8719 Před 3 lety +5

    मैले चै जति दुख भोगे त्यो नेपालमै रह्यो आज अमेरिकामा छु यकदम खुसी छु, अब त्यो समाजमा कहिले पनि फर्किदिन जहाँ हिमंसा हत्या जातिय विभेद छ, तर देशको यो छातीमा छ। दाईको कथा सुनेर अति भावुक भए। यस्तै हो कर्मको फल कहिले मिठो कहिले तितो।एउटा संझाव दाईलाई सक्नु हुन्छ भने अब परिवारलाई यतै तान्ने प्रयास गर्नुस।

  • @thupthar2762
    @thupthar2762 Před rokem +3

    Very heart touching story, lucky to be survived, wishing you a very happy and easy life ahead. Thanks for sharing.

  • @Rajan324p
    @Rajan324p Před 3 lety +8

    It’s amazing

  • @danbahadur8980
    @danbahadur8980 Před 3 lety +3

    हजुरलइ सलाम छ नेपालिको सिर राखेको मा हिडे र पार गरेकोमा

  • @raj_anbird9201
    @raj_anbird9201 Před 3 lety +4

    Congratulation daju,