हङकङका डाँडामा, ड्रोन उडाउदै I VLOG : Hong Kong Hike With Drone. (Braemar Hill & Burner Summit)

Sdílet
Vložit
  • čas přidán 25. 08. 2024
  • हङकङका डाँडामा, ड्रोन उडाउदै I
    हाईक पारखीका लागी हङकङ स्वर्ग नै हो । यहाँका बन-जंगल, डाँडा-पाखा र आयल्याण्डहरू जता-ततै छोटो र लामो दुरीको हाईक गर्न सकिन्छ ।
    छोटो दुरीमा थोरै हिडेर हङकङको मनोरम दृष्य हेर्ने हो भने ब्रामर हिल हुदै जार्डन्स लुकआउट एरियाको हाईकमा जान सकिन्छ । सनसेट भ्यु पोइण्टसँगै बुर्नर समिटबाट हङकङको आकर्षक दृष्यावलोकन गर्न सकिन्छ । जगत अम्बु गुरूङ, सुजीत सुब्बाको साथमा यस पटक यो छोटो तर रमाईलो यात्रा भर्खरै किनेको ड्रोन उड़ाएर आकर्षक दृष्य कैद गरियो ।
    लामो समय फ़ोटोग्राफ़ी गर्दै आएपनि जगत अम्बु गुरूङ दाईको लागी ड्रोन नयाँ भएकोले यो हाईक ड्रोनको परिक्षण गर्ने र आफैले उडाउन सिक्नको लागी पनि थियो । ब्रमर हिल हुदै जार्डन्स लुकआउट एरियाको यि डाँडाबाट ड्रोनको सहायताले खिचिएका दृश्यहरू नेपाली लाइफ च्यानलका दर्शकहरूलाई मन पराउँनु हुनेछ भन्ने लागेको छ ।
    हङकङको जोर्डनबाट ट्रेनमा कजवे वे पुगेर एक्जीट ई बाट निस्केपछि बायातिर यो मिनी बस स्टपबाट २५ नम्बरको बस चढेर केहि मिनेटमा ब्रमर हिल पुग्न सकिन्छ । अलि माथीबाट दाँया लागेपछि जार्डन्स लुकआउट एरियाको को बाटो भएर सनसेट भ्यु पोइण्टसँगै बुर्नर समिटमा पुगिन्छ । यो ठाउँमा हाईकरहरूको भीड लागी रहने रहेछ । हामीले पहिले देख्दै आएको भन्दा हङकङको फरक दृष्य यहाँबाट देख्न पायौ ।
    नेपाली लाइफको आजको भिडीयो तपाईलाई कस्तो लाग्यो ? अरू पनि यस्तै जानकारीमुलक भिडीयो, नेपालीका संघर्ष र सफलताका कथा हेर्न चाहनुहुन्छ भने यो च्यानललाई लाईक, शेयर र सस्बक्राईब गर्न नभुल्नुहोला ।
    VLOG : Hong Kong Hike With Drone.
    (Barmer Hill- Jardine's Lookout)
    Video/Narration / Edite : Dambar Krishna Shrestha
    Drone Video: Jagat Ambu Gurung
    Music : CZcams AudioLibrary
    @Nepali Life CZcams Channel
    Email : nepalilifehk@gmail.com
    Facebook: / nepalilife
    instagram: nepalilife
    Twitter: @nepali_life

Komentáře • 4