Video není dostupné.
Omlouváme se.

Lakhey Dance l पोखराको लाखे नृत्य नयाँ बजारमा प्रस्तुत गर्दै l

Sdílet
Vložit
  • čas přidán 22. 08. 2023
  • नेवार जातीको मूलथलो काठमाडौं उपत्यका हो । उपत्यकामा रहेका नेवार जातीहरु मध्यकाल अर्थात वि।सं।९३७ देखि १८२६ सम्म ब्यापार गर्नको लागि उपत्यकाबाट बाहिर बसाईं सराई शुरु गरेका हुन । नेवार जाति नेपालको आदिम जातिहरु मध्यमा पर्दछन । जुन कारणले नेवार जातिसँग नेपालको नामका साथै इतिहास र संस्कृति समेत गाँसिएको छ । नेवारको शाब्दिक अर्थ नेपालको बासिन्दा हो । नेवार जाति अर्थात समुदायमा बोलिने भाषालाई नेवारी भनिन्छ । नेवारी भाषाको औपचारिक नाम नेपालभाषा हो । नेपालभाषा शब्दको नामाकरण देशको नामबाटै भएको छ । जसको प्रमाण ऐतिहासिक प्राचीन ग्रन्थ र शिलालेखहरुमा पाइन्छ ।
    नेपालभाषाको आफ्नै लिपिहरु रन्जना लिपि र भुजिंमोल लिपि छन तर पनि नेपालभाषाको प्रचलित लिपि भने नेपाल लिपि हो । वर्तमान समयमा यो भाषामा देवनागरी लिपिको पनि प्रयोग गरिन थालिएको छ । पछिल्लो तथ्याक अनुसार नेवारहरुको जनसख्या १३ लाख २१ हजार ९३३ रहेको छ । कूलसंख्याको करीब आधा जनसख्या उपत्यकामा बसोबास गर्दछन । नेपाल भ्रमणमा आउने कुल वाह्य पर्यटकहरु मध्ये बिदा मनाउन, मनोरञ्जन र यात्रा का लागि आउने पर्यटकहरु बढी छन । विगत एक दशकको पर्यटक आगमनको तथ्याक हेर्दा बिदा मनाउन, मनोरञ्जन गर्न, पदयात्रा जनजातिहरु को सास्कृतिक अध्ययन, पर्वतारोहण र तीर्थयात्रा गर्न आउने पर्यटकको अनुपात दुई तिहाइभन्दा बढी देखिन्छ ।
    नेपालमा भएका १२५ जातीहरु को आ-आफ्नै संस्कृति र संस्कार, परम्परा, रीति-रिवाज, रहनसहन, जात्रापर्व, नाचगान आदि विशेषता रहेको छ । जसका कारण नेपालमा भित्रीने धेरै पर्यटकहरु सस्कृतिको बारेमा खोज अनुसन्धान गर्ने गरेको पाइन्छ। बाहिरी समुदाय र पर्यटकहरुका लागि लाखे नाच नौलो नै हुन्छ । नेवारी संस्कृति, चाडबाड र जात्रा पर्वको एउटा अभिन्न अंगको रुपमा रहेको लाखे नाचको आकर्षणले गर्दा विदेशी पर्यटकहरुले पनि रमाइलो मानी हेर्छन । कतिपय पर्यटकहरु लाखे नाच हेर्नकै लागि भनेर पनि नेपाल आउने गरेका छन । उपत्यकामा आठ दिनसम्म मनाइने येँयाः पुन्ही अर्थात इन्द्रजात्राको आकर्षणको रुपमा लाखे नाच रहेको छ । लाखे नाचले पर्यटन प्रवद्र्धनमा समेत ठूलो सहयोग पूँर्दै आएको छ ।
    नेवारको जात र स्थाननुसार लाखेनाच फरक-फरक तरिकाले नचाइने गरिन्छ । साधारण लाखे नाच जुनसुकै बेलामा पनि देखाउने भए पनि मजिपाः लाखे नाच भने इन्द्रजात्राको अवधिमा मात्र देखाइन्छ । अरु बेला यो लाखे निकालिँदैन । त्यसैले लाखे नाचको वास्तविक रमाइलो इन्द्रजात्रामा प्रत्यक्ष देख्न पाइन्छ । साधारण लाखे नाच नेपालमा उपत्यका बाहेक नेवार जातिको बसोवास भएको ठाउँ पनि देखाउने गरिन्छ । यसरी देखाइने लाखे नाच हेर्नको लागि ग्रामीण पर्यटक समेत जम्मा हुने र लाखे नाच हेर्ने प्रचलन छ । यो नाच गुँला पर्वमा उपत्यकाका विभिन्न ठाउँमा र इन्द्र जात्रामा देखाइन्छ । साउन चर्तुदशीका दिनबाट सुरु भएको लाखे नाच कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णले कंशलाई नाश गरेको दिनमा समापन हुन्छ ।
    नेवारहरु उपत्यकाबाट बिभिन्न जिल्लामा बसाई सर्दै जादा आफूसँग आफ्ना संस्कृति, रीति-रिवाज, लवाइखवाइ जस्ता आफ्ना पहिचान पनि सगै लैजान गर्दथिए । जसका कारण लाखें नाचको प्रचलन काठमाडौंबाट बाहिरिएका नेवारहरुको बसोबास रहेको धेरै जसो ठाउँहरुमा रहेको छ । त्यसैले नेवारी संस्कृतिमा हुने जात्रा, नाच गान, साँस्कृतिक रीति-रिवाज उपत्यका बाहेक अन्य स्थानमा पनि देख्न पाइन्छ । लाखे नाच नेवार जातीको सस्कृति हो । तर आजभोली लाखे नाच परम्परागत समय र सीमाभित्र सीमित छैन । यो सास्कृतिक नाच आज देशका विभिन्न भागमा, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्सव तथा दिवसमा समेत प्रदर्शन गरिने सांस्कृतिक उत्सव बन्दै आएको छ । विभिन्न पर्यटकीय उत्सव तथा महोत्सवमा पनि प्रमुख आकर्षणको रुपमा समेत यो नाच प्रस्तुत गरिन थालिएको छ । ठूल-ठूला आँखा, दाह्रा निस्केको डरलाग्दो रुप भएको, कम्मरसम्म लटिकएको लामो लट्टा सहितको हेर्दै डरलाग्ने ख्वापा (मुखौटा) लगाएर बाजाको तालमा नाचिने लाखे नाचले पर्यटकहरु अचम्म र अनौठो मान्ने गर्छन ।
    #LakheyDance
    #Mukundo
    #GaiJatra

Komentáře • 1