प्रथम हुन सफल भीमसेन टोल समूह || ताय : मचा प्रतियोगिता २०७९ || पोखरा ll
Vložit
- čas přidán 20. 08. 2022
- पोखरामा शनिबार तायाः मचा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । नेवा खल कास्कीको तत्वाधान तथा मोहोरिया-सिंहनाथ तायमचा समितकिो आयोजनामा पोखरा-२, विन्ध्यवासिनी पार्कमा सम्पन्न प्रतियोगितामा २३ टोलीको सहभागिता रहेको थियो । प्रतियोगितामा भीमसेन टोल सुधार समिती प्रथम भएको छ । तेर्सापट्टी तायमचा नाच समिती दोस्रो, महेन्द्रपुल तायमचा समिती तेश्रो, तथा नयाँबजार साँस्कृतिक समितीले सान्तन्वा स्थान हासिल गरेको छ ।
प्रतियोगितामा प्रथम हुने समूहले नगद रु. ३५ हजार, दोस्रो हुनेले २५ हजार, तेस्रो हुनेले १५ हजार र सान्त्वना हुने समूहले ५ हजार प्राप्त गरेका छन् । प्रतियोगितामा लामाचौर नेवाः खलको नृत्यले सर्वोत्कृष्ट महिला नृत्य समुहको उपाधी जितेको छ । रामकृष्णटोल तायमचा समितको बाद्यबाधन प्रस्तुति सर्वोत्कृष्ट बाद्यबाधन घोषित भएको छ । नेवा खल कचा पृथ्वीचोकले सर्वोत्कृष्ट जोकर को पुरस्कार जितेको छ ।
विजेता तथा उपविजेता टोलीलाई पोखरा महानगरपालिका का प्रमुख धनराज आचार्य, नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखे, आयोजक मोहोरिया-सिंहनाथ तायमचा समितीका अध्यक्ष शिबप्रसादले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको प्रचार संयोजक अरुण श्रेष्ठले जानकारी दिनुभयो ।
यस अघि कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुभएको थियो । उहाँले मौलिकता बोकेका यस्ता संस्कृतिको जगेर्ना गर्नु स्थानिय सरकारको पनि दायित्व रहेकाले यो दायित्व पुरा गर्न आफु पछि नहट्ने बताउनुभयो । आयोजक मोहोरिया सिंहनाथ तायमचा समितीका अध्यक्ष शिबप्रसाद श्रेष्ठले तायाः मचा नृत्यको ऐतिहासिक एवं सांस्कृतिक महत्वलाई दृष्टिगत गर्दै नाचको संरक्षण् गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनभयो । ।
नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले तायाः मचा नाच सबैको भएको भन्दै यो पोखराको ब्राण्ड रुपमा स्थापित भएको बताउनुभयो । उहाँले यसको व्यपाकताका लागि सबै समुदाय र संचार क्षेत्रबाट खेलिएको भूमिका बिगतदेखिनै महत्वपूर्ण रहेकोले यसपालि थप व्यापकता पाउनेमा विश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा तमु घिं नेपालका अध्यक्ष हुमबहादुर तमु, पोखरा महानगरपालिका वडा नम्बर १ का अध्यक्ष सहारा प्रधान लगायतले बोल्नुभएको थियो ।
मोहोरिया सिंहनाथ तायमचा समितीका अध्यक्ष शिबप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सुरेन्द्रमान विजुक्छे गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन निरञ्जन श्रेष्ठले गर्नुभएको थियो । - Zábava
proud of our culture.. tayamacha ko dhun sundai majja lagxa..so nice
Congratulations Bhimsen tole 🤯
They guys have expression + clear step and they are wonderful woow
Tyoi vara 1st vayo ni.
badhai xa vimsen toll taya macha dance
Omg yo honi dance ta mero bhimsen toll perro bhimsen toll
Bhimsen tole on fire 🔥
exactly !!!
Congratulations to bhimsentole
Congratulations to bimshentole ❤❤🤗🤗
Congrats kta h0
Legends of gaijatra history 💜
so much deserving ❤️❤️
yess..
Big fan
Thanks.
Ple all tem oupdate Bikram sir
Daii srijanachowk ko pani💗
Op
Red ♥️
Dai k ho bharib ko cha ths
Bhairab tole ko halna paryo sir
voli hai..
2:33
HAHAHAHA
Newroad xa vanay halam twh
Bhirav tole ko rakhnu na dai
voli hai..
@@NepaleseCulture hunxa dai ani hajur lakhe nacheko video chai kaile aauxa
dAI ramkrishna ko ni
rato pari HOTTTT😉
Saurav !!! Sexy TOO !!!
Uff his smile ❤️😳
Second third n fourth ko ko vayo plz
2nd tersapatti
3rd mahendra pool
4th nayabazar
Thank u so much
Simalchur ko pani xa ?? Vaney halam hai
Ghumanu pani kati saro ghumaidiyeko ho farrrrrrrraaarrraaa fariya.😂😂😂😂😂😂😂😂 That's a little too much.
Jokar ma damxa
BAGBAZAR KO
baagbazaar ko pani chha full.. parsi hai.
Gay dance ?
Gaijatra Dance ...
Bhairab taal