नेवारी संगीतमा छाएका कृष्णभक्त Krishna Bhakta Nepali Musican in HK.

Sdílet
Vložit
  • čas přidán 25. 08. 2024
  • नेवारी संगीतमा छाएका कृष्णभक्त
    नेवार समाज हङकङका संस्थापक मध्ये एक कृष्णभक्त महर्जन व्यवसायिक तबला बादक हुनुहुन्छ । नेपाली तथा नेवारी भाषाका गीतका रचनाकार, संगीतकार र गायक समेत रहनु भएका कृष्णभक्तको परिवार नै कलाकारिता क्षेत्रमा आवद्ध छ ।
    उहाँकी श्रीमति दिलमाया महर्जनले विभिन्न म्युजिक भिडियोमा अभिनय गर्नु भएको छ भने छोरा सुरेश महर्जन ड्रमर, तबलावादकका रुपमा काम गरिरहनु भएको छ । छोरी सोनम महर्जनले त ३० वटाको हाराहारीमा गीत रेकर्ड गराईसक्नु भएको छ । कृष्णभक्त भन्नुहुन्छ, ‘परिवार नै कलाकारितामा भएकाले कहिले काहिं घरमै प्राक्टिस गर्दा रमाईलो हुन्छ । छोराले तबला बजाउँछ, म हार्मोनियम बजाउँदै गाउँछु, छोरी पनि मलाई गाउन साथ दिन्छिन् ।’
    हङकङमा आयोजना हुने विशेषगरी इन्डियन कार्यक्रमहरुमा कृष्णभक्त तबला बजाउनु हुन्छ । नेपाली कार्यक्रमहरुमा पनि उहाँलाई निम्ता आउँछ । त्यसो त उहाँ नेपालमा छँदै तबला वादनमा नाम कमाई सक्नु भएको थियो ।
    यो भिडीयो तपाईलाई कस्तो लाग्यो ? हेरिसकेपछि सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला । मन परे लाईक, शेयर र यो च्यानललाई सब्सक्राईव गर्न नभुल्नुहोला ।
    भीडियोहरु हेरेर सुझाव र प्रतिक्रिया दिदै गर्नुहोला ।
    Krishna Bhakta Nepali Musican in HK.
    Video / Interview /Editing: Dambar Krishna Shrestha
    Music Videos clips Courtesy by Kirshna Bhakta maharjan.
    @Nepali Life CZcams Channel
    Email : nepalilifehk@gmail.com
    Facebook: / nepalilife
    instagram: nepalilife
    Twitter: @nepali_life

Komentáře •