जारीकि हाङ्मा मिरुनाको हङकङ कनेक्सन Nepali Actress Miruna in Hong kong.

Sdílet
Vložit
  • čas přidán 25. 08. 2024
  • जारीकि हाङ्मा मिरुनाको हङकङ कनेक्सन
    नेपाली लाइफ युट्युब च्यानलको यो भीडियोमा हामी तपाईलाई कबड्डी ४ र जारी फिल्म मार्फत पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा छाएकी नायिका मिरुना मगरसँगै उनको हङकङ कनेक्सनबारे चर्चा गर्ने छौ र उनीसॅग हङकङको छोटो यात्रा पनि गर्ने छौ । सॅगसॅगै जारीकि हाङ्मा मिरुनाको हङकङप्रतिको अगाध माया र यो ठाउॅसॅगको सम्बन्धको रहस्य पनि खोल्ने छौ ।
    यो भीडियो तयार गर्दै गर्दा मिरूना जारी फिल्मको ग्राण्ड प्रिमियरका लागी २० मे २०२३ मा हङकङ आईपुगेकि छिन । यसअघी अक्टोबर २०१८ मा रोज फिल्मको प्रिमयरमा उनी हङकङ आएकी थिईन।
    मिरुना मगर आजकोदिनमा नेपाली चलचित्रकी सर्वाधिक चर्चित नायिका हुन । नेपाली फिल्म क्षेत्रमा दर्शकले सबै भन्दा धेरै रुचाईएकोर ब्यापारमा रेकर्ड कायम गरेको रामबाबु गुरुङको निर्देशनमा बनेको कबड्डी ४ कि शान्ति मीस मीरुना अहिले उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्म जारी मार्फत सबैको मन जितीरहेकी छिन् । देश विदेशमा छाइरहेको जारीले कमाईको हिसाबले कबड्डी ४ को रेकर्डलाईसमेत तोडने सम्भावना देखाएको छ ।
    कबड्डी ४ र जारी भन्दा अगाडी लालपुर्जा, रोज, साइनो, चचहुई लगायतका नेपाली फिल्महरुमा अभिनय गरेकी थिईन । कबड्डी ४ र जारीमा दयाहाङ राई र मिरुनाको जोडीलाई रुचाईएको छ । यो जोडि अहिले अहिले दिपेन्द्र लामाको निर्देशनमा बन्दै गरेकोनाङ्गो गाउँको छायाङकनमा ब्यस्त छ ।
    धरानमा हुर्केकी र बेलायतमा उच्च शिक्षा अध्ययान गरेकी मिरुना विगत ५ वर्षदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय छिन । म्युजिक भीडियोहरुमामा पनि छाईरहेकीछिन । धरानकी रङकर्मी-समाजसेवी शशी थापा सुब्बा र भुतपुर्व ब्रिटीश सैनिक धन बहादुर मगरकी छोरी मिरुनाले फिल्म क्षेत्रमा आउनु अघिरंगकर्मी अनुप बरालको एक्टर्स स्टुडियोमा प्रशिक्षणसँगै नाटकमा अभिनय गरेकी थिईन । त्यसो त उनी धरानबाट बनेको फिल्म क्याबीन गर्लमा बाल कलाकारको रूपमा पहिलो पटक देखिएकी थिईन ।
    सन् २००३ मा किड्स क्विन धरान बनेकी मिरूना कलाकारसॅगै नृत्याङ्गाना र बाल कवयात्रीको रूरमा समेत चर्चित थिईन । आमा शशी थापा सुब्बा सुब्बाकै पदचाप पछ्याउॅदै कलाकारिता र सामाजीक सेवामा समेत सक्रिय मिरूना आमा जस्तै निडर र स्पष्टवक्ता छिन ।बेलायतमा समाजशास्त्र पढेकी मिरूना फिल्म क्षेत्रमा आउनुअघिदेखी नै सामाजिक सेवामा पनि संगलग्न रहदै आएकि छिन ।
    मिरुनाको जन्म भने हङकङमा भएको धेरैलाई थाहा नहुनसक्छ । जन्मेर २ वर्षको उमेरमा परिवार सहित नेपाल फर्केकी मिरुना चार वर्षअघि २०१८ अक्टोवरमा हङकङ आएकी थिईन । हङकङ आएको समयमा मिरुनाले आफु जन्मेको ठाउँ र परिवारसँग त्यो बेला बसोवास गरेको ठाउँहरु बारे सोधी-खोजी गरेकी थिइन ।
    हेर्नुस् नेपाली लाइफ युट्युब च्यानलको यो भीडियो ।
    यो भीडियो कस्तो लाग्यो हेरेर सुझावप्रतिक्रिया दिनुहोला ।अझ यस्तै उपयोगी सामाग्री लिएर हामी नियमित आउने छौ । राम्रो लागे सामाजिक सन्जालमा शेयर, लाईकका साथै हाम्रो च्यानल सब्सक्राईब गर्न नभुल्नु होला ।
    Nepali Actress Miruna in Hong kong.
    Video: Dambar K shrestha & Jagat Ambu Gurung
    Editing & Narration : Dambar Krishna Shrestha
    @Nepali Life CZcams Channel
    Email : nepalilifehk@gmail.com
    Facebook: / nepalilife​
    instagram: nepalilife
    Twitter: @nepali_life

Komentáře • 2

  • @mannpun9980
    @mannpun9980 Před rokem

    Really nice video 💐👍

  • @bharanrai5108
    @bharanrai5108 Před rokem

    namaskar sir, hjr lai euta request gare hong kong ma driving kasari nikalne bhanne barema pani video leidinu paryo sampurna vehicle ko barema pani