Video není dostupné.
Omlouváme se.

बौद्ध धर्मालम्बी नेवार समूदायले मनाउने गुँला पर्व सुरु - NEWS24 TV

Sdílet
Vložit
  • čas přidán 18. 08. 2024
  • सांस्कृतिक र मौलिकताले सम्पन्न मुलुक नेपालमा विभिन्न जातजाति, धर्म समूदायका आ-आफ्नै पर्व रहेका छन् । विशेषतः साउन महिनालाई पर्वहरुको प्रवेश महिना मानिन्छ र यही महिनादेखि विभिन्न पर्व मनाउने गरिन्छ । आजबाट बौद्ध धर्मालम्बी त्यो पनि नेवार समूदायले मनाउने गुँला पर्व सुरु भएको छ । एक महिनासम्म मनाइने यो पर्वमा बाजागाजा सहित मठ मन्दिर, चैत्य, बहाँ, बहीको परिक्रमा गरी दानधर्म गर्ने चलन रहिआएको छ । एक रिपोर्ट
    नेपाल सम्बत अनुसार गुँलाथ्वः महिनामा सुरु हुने गँुला पर्वले विशेष धार्मिक र सांस्कृतिक महत्व बोकेको छ । नेपाल भाषमा गुँ को अर्थ नौ र लाः भनेको महिना हो । यो एक महिनामा नौवटा पर्व मनाउने भएकाले यो महिनालाई गुँला भनिएको हो । विशेषगरी यो महिनामा बौद्धमार्गी नेवार समुदायले मठमन्दिर, चैत्य, बहाँ बही लगायत परिक्रमा गरी दान धर्म गर्ने चलन रहिआएको छ । साउन, भदौ महिनामा झ्mरी पर्ने, बाढी पहिरो लगायतकाका प्राकृतिक विपत्ति आउने हुनाले दान धर्मगरी पूण्य सञ्चय गर्ने र चैत्य विहारमा गई मन आनन्दित पार्ने चलन रहिआएको छ । त्यस्तै असार महिनामा खेतीपातीको काम सकाएर यो महिना फुर्सदको समय हुँदा धर्मकर्ममा लाग्ने गरेको जनविश्वास रहिआएको छ । भगवान बुद्धको पालादेखिनै झ्mरीको समयमा यात्रा नगरि एकै ठाउँमा बसी ध्यान भावना गर्ने र ज्ञान प्राप्तिमा अग्रसर हुने उद्धेश्यले यो समगलाई वर्षावासको रुपमा लिने गरिन्छ । र त्यस्तै अहिले टोल टोलमा धर्मदेशना गरी धर्मश्रवण गरेर पनि गुँला पर्व मनाउँदै आईरहेको छ । यो पर्वमा महिनामा एकपटक भए पनि मानिसहरु स्वयम्भू पुग्ने गर्दा स्वयम्भूमा घुँइचो लाग्ने गर्दछ । यो पर्व नेपाल संवत्को गुँलाथ्व पारुदेखि एक महिनासम्म मनाउने गरिन्छ ।
    यो पर्वको अवसरमा विशेषगरी नौँ बाजा बजाउने गरेको र कतिपय आफनो स्वखले त कतिपय सस्कृति जगेर्नाका लागि पर्व मनाउन स्वयम्भू पुग्ने गरेको ज्ञानमाला भजन समूहका अध्यक्ष, तीर्थ नारायण महर्जन बताउनु हुन्छ ।
    गुँला पर्वमा बौद्धमार्गीले विशेषगरी स्वयम्भू महाचैत्यको दैनिक परिक्रमा गर्ने गरेको र दैनिक भजनमाला समुहले बिभिन्न प्रकारका बुद्धसँग सम्वन्धित भजन गाउने गरेको वाधवाधक वीरवल श्रेष्ठको भनाई छ ।
    पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ । जसअनुसार धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाएर पनि चैत्यका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवी देवताको समेत परिक्रमा गर्ने प्रचलन बढेको पाइन्छ ।
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : www.news24nepal...

Komentáře •