बुद्धिमान र मूर्ख मानिसका गुण तथा इनामहरु Virtue & Rewards of Wise and Foolish - जीवनको सन्देश E040

Sdílet
Vložit
  • čas přidán 12. 10. 2023
  • बुद्धिमान र मूर्ख मानिसको घरमा आएको बाढी हामीले दैनिक जीवनमा भोग्ने गरेका समस्या, आपत्-विपद्हरु हुन् । घर ढल्नु र नढल्नुले जीवनका अन्तिम दिनहरुको संकेत गर्दछन् । दुवै बुद्धिमान र मूर्ख मानिसले एकैप्रकारले घर बनाएका थिए, तिनीहरुको घरमा एउटै पानी परेको थियो, बाढीहरु पनि एकैप्रकारले आएको थियो, ती घरमा बजारिएको हुन्डरी पनि एउटै थियो । के चाहिँ फरक थियो ? हो तिनीहरुको घरको जग र सहनशक्ति । जीवनमा आउने त्यसप्रकारका बाढीहरुमा के हामी थेग्न सकौंला र ? के त्यसप्रकारको बलियो जग हामीसित होला र ?
    आफ्नो डाँडाको उपदेशभरि बुद्धिमान र मूर्ख मानिसको तुलना गर्नुभएको छ । येशूका अनुसार बुद्धिमान मानिस भावानात्मक रुपमा कमजोर, शोकाकूल, नम्र, परमेश्वरसँग मिलनका लागि भोकाउने, दयावान, हृदयमा शुद्धता भरिएको, शान्ति स्थापक र आफ्नो धार्मिकताका कारण सताइने हुन्छ । मूर्ख मानिस एक्कलकाँटे, अबोध, सताउने, परमेश्वरको धार्मिकतामा घृणा व्यक्त गर्ने, आलोचनात्मक, बेइमानी, झगडालु र विश्वासीहरुको अत्याचारी हुन्छ ।
    बुद्धिमान मानिस आफ्नो हृदयमा रिस, काम-वासना, बेईमानी कदापि राख्दैन । बुद्धिमान मानिसको एक गाला चड्काइन्छ भने उसले अर्को गाला थापिदिनेछ, आफ्ना शत्रुहरुलाई उसले प्रेम गर्छ र तिनीहरुको लागि प्रार्थना गर्दछ । तर मूर्ख मानिस आफ्नो अपमानको बदला लिन्छ, आफ्ना कर्तव्यहरुबाट ऊ पछि हट्छ र आफूलाई मन नपराउनेलाई ऊ घृणा गर्छ ।
    बुद्धिमान मानिस आफ्नो हृदयको गुप्त स्थानदेखि नै धार्मिकतामा रहन्छ ताकि स्वर्गमा हुनुहुने परमेश्वरलाई प्रसन्न पार्न सकोस् । तर मूर्ख मानिस मान्छेलाई देखाउनका लागि मात्र धार्मिकतामा भएको ढोंङ रच्दछ । बुद्धिमान मानिस आफ्नो स्वर्गीय परमेश्वरसँग प्रार्थना गर्दछ कि उसलाई उहाँले क्षमा गर्नुभएको होस् जस्तो अरुलाई उसले क्षमा गरेको छ । तर मूर्ख मानिस परमेश्वरसँग खाली शब्दहरु मात्रै बर्बराउने गर्दछ ।
    बुद्धिमान मानिस आफ्नो हृदय स्वर्गमा धन-सम्पत्ति थुर्पान लगाउँछ । तर मूर्ख मानिस आफ्नो हृदय पृथ्वीमा धन-सम्पत्ति थुर्पान लगाउँछ । बुद्धिमान मानिस परमेश्वरको राज्य र आफ्नो धार्मिकताको खोजी गर्दछ । तर मूर्ख मानिस आफ्नो जीवनको चिन्ता गर्दै दिनहरु बिताउँदछ । बुद्धिमान मानिस अरुलाई करुणा र क्षमा दिँदछ । तर मूर्ख मानिस अरुलाई दोषी देख्दछ ।
    बुद्धिमान मानिसलाई आफूलाई अरुले जस्तो व्यवहार गरोस् भन्ने चाहन्छ, ऊ त्यस्तै व्यवहार अरुलाई गर्दछ । प्रेम र सम्मान पाउन अरुलाई प्रेम र सम्मान नै गर्दछ । तर मूर्ख मानिस आफूलाई अरुले असल व्यवहार गरोस् भन्ने चाहन्छ तर अरुलाई खराब व्यवहार गर्दछ । बुद्धिमान मानिस सानो र साँघुरो बाटोबाट पस्दछ । जीवनमा उसले सफलता पाउन थुप्रै मेहनत र चुनौतीहरु व्यहोर्दछ । तर मूर्ख मानिस ठूलो र फराकिलो बाटोबाट पस्दछ ।
    हामीले अहिले बाँचिरहेको संसारमा बुद्धिमान मानिस हुन् गाह्रो रहेछ भन्ने तपाईंलाई लाग्दो हो । यसैकारण त येशू ख्रीष्ट यस संसारमा आउनुभएको हो । हाम्रा सांसारिक उल्झनहरुलाई हटाएर हामीलाई परमेश्वरसँग मिलाप गराउन चाहनुहुन्छ । हामीलाई बुद्धिमान मानिस र उहाँको सन्तान बनाउन चाहनुहुन्छ ।
    हामीलाई उहाँले इनामहरु पनि साँचेर राखिदिनुभएको छ । बुद्धिमान मानिसको इनामको रुपमा स्वर्गको राज्य प्राप्त हुनेछ । सोच्नुहोओस् त, बुद्धिमान् मानिसले संसार गुमाउँछ तर बदलमा स्वर्गको राज्य पाउँछ । तर मूर्ख मानिसको राज्य खोसिनेछ । बुद्धिमान् मानिसले आनन्द, शान्ति, स्वर्गीय राज्यको उत्तराधिकारी र परमेश्वरको अनुग्रह र करुणा पाउनेछ । तर मूर्ख मानिसले ती केही पाउँदैन ।
    बुद्धिमान मानिसले परमेश्वरको मुहार देख्न पाउनेछ र उहाँका सन्तान कहलाइनेछ । तर मूर्ख मानिस केही देख्न पाउनेछैन, उसलाई परमेश्वर कस्तो हुनुहुन्छ भन्ने पत्तो हुनेछैन । स्वर्गको राज्यमा बुद्धिमान मानिस ठूलो कहलाइनेछ । तर मूर्ख मानिस सानो कहलाइनेछ । बुद्धिमान मानिस स्वर्गमा हुनुहुने परमेश्वरद्वारा पुरस्कृत हुनेछ । तर मूर्ख मानिसको पुरस्कार पृथ्वीमै नष्ट हुनेछ ।
    तपाईं अनि म बुद्धिमानी र मूर्ख जे भए पनि येशूले हामीलाई प्रेम गर्नुहुन्छ । हामी पापी छदै उहाँ हाम्रो निम्ति क्रुशमा बलि हुनुभयो । उहाँमा आउन संसारको कुनै कष्ट उठाउनु पर्दैन र कुनै परीक्षा दिनुपर्दैन । उहाँले हामी सबैलाई स्वीकार गर्नुहुन्छ ।
    🎙️ Editor & Host: Rajesh Budhathoki
    🎥 Video Editor: Subit Lama
    🎁 Produced by: Nigah Sewakai Church
    📞 Phone: ९८१३०८३७५१
    📧 Email: messageofliferadio@gmail.com
    Songs Credits:
    • Chattan - Nepali Versi...
    • HOU MERO DARSHAN MERO ...

Komentáře • 2

  • @itaharivlogs8484
    @itaharivlogs8484 Před 8 měsíci

    Amen❤

  • @anughimire428
    @anughimire428 Před 8 měsíci

    Thought provoking and genuine message. Thank you for bringing this. Hallelujah 🙌❤