एलशादाइकाे अरू ख्रीष्टियनसँग नमिल्ने शिक्षा र व्यवहार । किन अरूसँग मिल्दैनन् ? Padam Bahadur Pun

Sdílet
Vložit
  • čas přidán 13. 08. 2019
  • #PadamBahadurPun#ThomasBogaty#ElSaddai#Christian issues
    Pastor Padam explained some of the differences in behavior and teaching of Elsaddai denominations of Christianity and gave reasons why they don't mingle well with others in the community.

Komentáře • 88

  • @lukalimbulimbu5050
    @lukalimbulimbu5050 Před 4 lety +5

    पदम बहादुर पुनले एलसदाइको बिषयमा मज्जाले केही कुरा नलुकाई नम्र भएर आफुले जानेको देखेको गरेको कुरा राम्ररी प्रकाश पार्नुभको लागि धन्यवाद प्रस्तोता र तपाईंलाई परमेश्वरले आशिष दिनुभकोस आमेन

  • @holyzion9007
    @holyzion9007 Před 5 lety +13

    १२) पछि वख्त सिँहले प्रभुबाट दर्शन पाउनुभएर परमेश्वरको सेवा विदेशी डलर ल्याएर सेवा हुँदैन तर आफ्नै योग्यतामा प्रभुको सेवा गर्नुपर्छ भनेर सेवाको थालनी गर्नुभयो । कति अंग्रेजहरु आएर डलरको लोभ देखाउँथे तर उहाँले कहिल्यै विदेशीको सहयोग लिनुभएन ।
    १३) त्यसबेला इसाइमत चाहिँ अंग्रेजहरुको धर्म हो भन्ने भ्रम थियो । त्यसलाई मेटाउन वख्त सिँहले प्रभुको सेवा हामी भारतीयले आफ्नै तरिकामा पनि गर्न सकिन्छ भनेर प्रमाणित गर्नुभयो । जस्तोः सेवा गदाृ सुट टाइ नै लाउनुपर्छ भन्ने छैन तर धोती र साडी लगाएर पनि सेवा गर्नसकिन्छ । कंगो, ड्रम सेटको ठाउँमा स्थानीय बाजा हारमोनी, सितार, ढोलक बजाएर स्थानीय धुनमा भजन गाउन सकिन्छ भन्ने सिकाउनुभयो ।
    १३) वख्त सिँहले शुरु गर्नुभएको मण्डलीमा धेरै धेरै मानिसहरु आउन थाले । यो देखेर मिशनका ठूला पोस्ट ओगटेका मानिसहरु डाहले भरिए । वख्त सिँहको विरोध गर्न थाले । ‘भेडा चोर, एकलकाँटे, मिशन विरोधी’ भनेर आरोप लगाए । तर यस विषयमा वख्त सिँहले कहिल्यै प्रतिवाद गर्नुभएन । तर बाइबलको शिक्षाको विषयमा उहाँले कसैसँग सम्झौता गर्नमान्नुभएन ।
    १४) उहाँ कहिल्यै पनि मिशन विरोधी हुनुभएन । उहाँले चाइनाको वाचम्यान नि, अमेरिकाको प्रख्यात प्रचारक विल्ली ग्राहम आदि सबैसँग मिलेर सेवा गर्नुभयो । अन्य झुण्डकाहरुलाई पनि आपूmले सेवा गर्दै आउनुभएको मण्डलीको महासभामा वचन प्रचार गर्न दिनुहुन्थ्यो ।
    १५) प्रभु भोज प्रेरित २०ः७ अनुसार हप्ताको पहिलो दिन हुनुपर्छ भनेर दर्शन पाउनुभए अनुसार हप्ताको पहिलो दिन मेचमा सहभागी हुन सिकाउनुभयो ।
    १६) मेचमा सहभागी हुन अगाडि नया करारको विश्वासी सबै पुजाहारी हौं र हरेकले मुख खोलेर घुँडा टेकी प्रभु येशूको महिमाको लागि मुख खोलेर पालैपालो आराधना चढाउनुपर्छ भनी सिकाउनुभयो ।
    १७) वख्त सिँह अत्यन्तै दयालु, नम्र हुनुहुन्थ्यो । उहाँले कसैसँग केही कुरा पनि माग्नुभएन । खानेकुरा, लाउने कुरा, सुत्ने आछ्यानको विषयमा कहिल्यै गनगन गर्नुभएन ।
    १८) उहाँले उचनिच जातिको विषयमा बाइबलबाट स्पष्ट शिक्षा दिनुभयो । मण्डलीमा के पुरुष, के महिला हामी सबै एक हौं । हामी मण्डलीको अंगहरु हौं । एउटा अंगले अर्को अंगलाई घृणा गर्नुहुँदैन । प्रेम गर्नुपर्छ भनी सिकाउनुभयो ।
    १९) प्रभु भोजमा एउटामात्र रोटी हुन्छ । त्यो एउटा रोटीले एकमात्र प्रभुलाई संकेत गर्दछ । र एउटा प्याला । त्यही एउटै कचौराबाट सबैले पालैपालो पिउनुपर्छ किनभने हामी सबै एक हौं र एकै शरीरका अंगहरुहौं भनि एउटै प्यालाबाट पिउन सिकाउनुभयो ।
    २०) वख्त सिँहले मण्डलीमा दश अंश अनिवार्य बनाउनुभएन । तर खुशी हर्षसहित प्रभुलाई दिनुपर्छ भनि सिकाउनुभयो ।
    २१) वख्त सिँहको विषयमा ‘भारतको भाइः वख्त सिँह’ भन्ने किताब नेपालीमा पनि प्रकाशित भएको छ । यो किताब उहाँ हुँदै लेख्न चाहे पनि लेखकलाई वख्त सिँहले अनुमति दिनुभएन । उहाँ परमेश्वरको राज्यमा जानुभएपछि मात्र त्यो किताब प्रकाशित भएको हो ।
    २२) उहाँ प्रभुमा सुत्नुहुँदा हैदरावादमा भुईचालो आयो । मध्य दिनमा सूर्यको वरीपरी इन्द्रेणी लागेको थियो । दशौं लाख मानिसहरु भारतको हैदरावाद उहाँको पार्थिव शरीरको अन्तिम विदाइको लागि पुगेका थिए । भनिन्छ उहाँको पार्थिव शरीर छुएर पनि अनेकौ रोगीहरुले चंगाई पाए ।
    २३) वख्त सिँह आफैले कुनै पुस्तक लेख्नुभएन । तर उहाँले पवित्र महासभामा दिनुभएको सन्देशलाई अडियो रकेर्ड गरेर पछि पुस्तकमा उतार्ने काम भयो । त्यो काम अंग्रेज नारी क्रिस्टिना डरहमले गरेकी थिइन् । वख्त सिँहको पुस्तकहरु सरल भाषामा गहिरो अर्थ भएको आशिषित किताबहरु नेपाली भाषामा पनि पाइन्छ ।
    २४) एकपटक वख्त सिँहले विदेशमा रोमीको पत्रीबाट शन्देशरु बाँड्नुभयो । धेरै दिनसम्म रोमीको पत्रीबाट गहिरा गहिरा अर्थहरु खोल्नुभयो । वचन सुनेर कसैले वख्त सिँहलाई सोधेको थियोः ‘तपाईले कुन बाइबल कलेज पढ्नुभयो ? यस्ता रहस्यका कुराहरु कुन बाइबल कलेजबाट पाउनुभयो ?’ वख्त सिँहको आफ्नो घुँडा देखाउँदै भन्नुभयोः ‘मेरो बाइबल कलेज यही हो ।’ उहाँ बाइबल सँधै घुँडा टेकेर मात्र पढ्नुभयो । उहाँले आफ्नो जीवनकालमा सयपटक भन्दा बढी बाइबल पढी सिध्याउनुभएको थियो ।

    • @prakashraibantawa3958
      @prakashraibantawa3958 Před 4 lety

      elsadaai church ko sudhaar garnu parne kuraa dherai dekhe hau . Ps pun jiu le aba khi sudhar gardei laanu holaa./

    • @bhaktabdrtamang5805
      @bhaktabdrtamang5805 Před rokem

      Bible ma Yesu le aafnu Mandali barema ek palta matra bolnuvako chha tyo Mt.16.13-18 ho ra Peterlai chela haruko aguwai garney jimmewari dinu vo Jn.21 ko 15-17 ma. Tyo bahek Yesu le sansarvarinai Susamachar prachar garnu vannu vo ta ra Susamachar prachar gardai afnu afnu Mandali sthapna garnu vaneko chhaina hai. Yesu afai le sthapna garnu vako Mandali ko sadashya hunu paryo afukhusiko Mandai maarfat Swarga posindaina kinavaney Yesu le ta Swarga ko Saacho (chabi) Peter lai dinuvako chha, oosley pani junsukai mandali ko lai Swargama prawesh didaina. YESU LE VANNUVAKO CHHA NI MALAI PRAVU PRAVU VANNELAI MO CHINDINA VANCHHU.

  • @shweta2420
    @shweta2420 Před 3 měsíci +3

    Amen hallelujah 🙌

  • @YougalRai-fl9yz
    @YougalRai-fl9yz Před 3 měsíci +1

    Right Dai Jai masi

  • @holyzion9007
    @holyzion9007 Před 4 lety +3

    धेरैले भन्छन्ः ‘एलशद्दाई मण्डलीका सदस्यले अन्य मण्डलीसँग विहेवारी गर्दैनन् ।’ यो आंशिक सत्य हो । वख्त सिँहले आदरणीय विवाहको लागि दुईओटा अनिवार्य शर्त देखाउनुभएको छः
    १) पहिलो शर्तः विवाह हुने दुलाह र दुलहीले अनिवार्य नयाँ जन्म पाएको हुनुपर्छ । यदि कुनै एकजनाले मात्र नयाँ जन्म पाएको छैन भने पनि त्यो विवाह हुँदैन ।
    २) दोस्रोचाहिँ विवाह गर्ने दुलाह र दुलहीले आदरणीय विवाह गर्नका लागि अनिवार्य प्रभुको सिद्ध इच्छा बुझेको हुनुपर्छ । अर्थात् त्यो विवाह प्रभुको सिद्ध इच्छामा मात्र हुनुपर्छ । कुनै केटा र केटी मन परापर मात्र भएर हुँदैन, तर प्रभुले ती दुईलाई विवाहद्वारा एक बनाउन चाहनुभएको होकि होइन भनेर प्रभुको इच्छा बुझ्नुपर्छ ।
    आज कति ख्रिष्टियन विवाह विफल भएको छ । यसको कारण नै यि माथिका दुई जगदेखि बाहिर रहेर प्रभुको इच्छा नबुझी शारिरिक सुन्दरता देखेर, कोहीचाहिँ नयाँ जन्म नै नपाई विवाह गरेका कारणले नै हो । यदि यी माथिका दुई शर्तहरु यदि दुईजनाले नया जन्म पाएका छन् र प्रभुको सिद्ध इच्छा बुझेका छन् भने त्यो सम्भव हुन्छ ।
    विवाहको लागि यी माथिका दुईवटा शर्तहरु अनिवार्य हुनुपर्छ भनेर जोड दिने प्रभुका दासहरु चाइनाको वाच म्यान नि र भारतको वख्त सिँह हुनुहुन्छ ।

  • @holyzion9007
    @holyzion9007 Před 5 lety +6

    एलशद्दाई र अन्य मण्डलीहरुको केही फरकहरुः Part 2
    १६) शुरुमा भजन आधि घन्टा, त्यसपछि आराधनाको वचन आधि घन्टा अनि आराधना एक घन्टा हुन्छ । प्रभु भोजको लािग चेतावनी वचन आधि घन्टा अनि प्रभु भोज हरेक हप्ता हुन्छ । अनि मुख्य सन्देश एक घन्टा हुन्छ । अनि सुचना भेटी अन्तिम प्रार्थना गर्दा हरेक हप्ताको मुख्य सेवा करिब ५ घन्टाको हुन्छ ।
    १७) एल शद्दाई मण्डलीमा अरु मण्डलीको जस्तो संसारिक नाचगान, जोक्स सुनाउने हुँदैन । अरु मण्डलीको जस्तो संसारिक मोजमनोरञ्जनको कुरा हुँदैन । त्यही भएर अरु मण्डलीमा सेवा गर्नेहरु एलशद्दाई आउँदा अल्छि लाग्यो भन्छन् । तर खाँटी शिक्षा चाहने, प्रभुको सेवा सत्यतामा गर्न चाहनेहरु एलशद्दाई मा आउँछन् । बरु एलशद्दाईमा सेवा गर्नेहरु अरु कति मण्डलीहरुमा जाँदा प्रभुको महिमा नभएको, मानिसको, पास्टरको प्रशंसा मात्र भएको भनेर निरास हुन्छन् ।
    १८) अरु कति मण्डलीहरुमा दशांस भेटी अनिवार्य हुन्छ । पास्टरले नै बोरा लिएर साधारण विश्वासको अन्नको खलामा हनानिया र सफीराको डर देखाउँदै जबरजस्ती भेटी दान उठाँछन् भन्ने सुनिएको छ । तर एलशद्दाइमा त्यस्तो हुँदैन । जसले प्रभुलाई दिन्छन्, करले होइन राजीखुशीले हर्षसहित दिनुपर्छ भनि सिकाइएको हुन्छ ।
    १९) कति मण्डलीहरमा कसले कति दशांस दियो भनेर पुलपिटबाट एनाउन्स हुन्छ, तालि बजाइन्छ, गरिबले थोरै दिएकोमा नाक खुम्चाइन्छ तर एलशद्दाइ मण्डलीमा त्यस्तो हुँदैन, जसले जति भेटी दिएपछि गोप्य हुन्छ, पुलपिटबाट एनाउन्स हुँदैन ।
    २०) कति मण्डलीहरुमा पास्टरले जागिरको रुपमा काम गरेको हुन्छ । तलब थोरै भयो भने पास्टर छाडिदिन्छु भन्छ । तलब बढाइ माग्छ तर एलशद्दाइ मण्डलीमा तलबको कुरै हुँदैन । पास्टरको काम भनेको प्रभुबाट पाएको दान हो, यो मैले खुशी सहित गर्नुपर्छ भनेर हुन्छ । त्यहाँ कसैलाई तलब दिने काम हुँदैन ।
    २१) कति मण्डलीहरुमा शनिबार सेवा हुन्छ, अरु बेला गेटमा ताला लगाइन्छ । तलबी चौकीदार राखिन्छ । तर एलशद्दाई मण्डलीमा प्राय फुलटाइम सेवा गेर्न (पुरानो जमानाको लेवी) हुन्छन् । उनीहरुलाई कुनै तलब हुँदैन । उनीहरु चौबिसै घन्टा सेवाघरमा बस्छन् । विरामीको लागि प्रार्थना गर्न जान्छन् । सुसमाचार प्रचार गर्छन् । कोही रोगी बिमारीको लागि अस्पताल भिजिट जान्छन् । कसैले प्रभुको विषयमा जान्न चाहन्छन् भने प्रचार गर्छन् । बिहान बेलुका पारिवारिक सेवा गर्छन् । प्रार्थनामा जोड दिन्छन् ।
    २२) एलशद्दाई मण्डलीले क्रुस बनाउँदैनन् ।
    २३) एल शद्दाई मण्डलीले क्रिसमस मनाउँदैनन् । क्यारोल पनि गाउँदैनन । बरु हरेक अंग्रेजी सालको आखिरी घडी डिसेम्बर ३१ मा रातभरि सेवाघरमा भेलाभएर वर्षभरि प्रभुले गर्नुभएको उपकारलाई सम्झेर धन्यवाद दिन्छन् । अनि आगामि नयाँ सालको स्वागत गर्छन् ।
    २४) एलशद्दाईका सदस्यले अरु झुण्डकाहरुलाई पनि उत्तिकै सम्मान गर्छन् । सबैसँग मिलेर जानुपर्छ भन्ने मान्यता राख्छन् । तर बिहेको सवालमा केटा र केटीले नयाँ जन्म पाएको छ कि छैन भनेर जाँच्छन् । अर्को झुण्डसँग विहे गर्दा शिक्षा नमिलेकाले विहेवारीमा अलि स्वतन्त्र हुँदैनन । तर यदाकदा नयाँ जन्म पाएकै रहेछ भने विहे भैरहेको पनि उदाहरण छ ।
    २५) एल शद्दाई मण्डलीमा रेभरेन्ड पोस्ट हुँदैन । सबैलाई समान व्यवहार हुन्छ । सबै दाजुभाइ र दिदी बहिनी मात्र हुन्छ । पास्टर बुवा भन्ने पद पनि हुँदैन । आदर त सबैलाई हुन्छ ।
    २६) कति मण्डलीहरुमा उठेको भेटी पास्टरले एकलौटी चलाउँछ तर एलशद्दाइ मण्डलीमा एउटा एल्डरहरुको समूह हुन्छ, त्यो समूहले सबै सेवाको निर्णय गर्छ ।
    २७) एलशद्दाई मण्डलीमा चिन्ह चमात्कारमा विश्वास त गर्छ तर शैतानले पनि चिन्ह र चमात्कार देखाउँछ भनेर होशियारी हुन सिकाउँछ । आज कति विश्वासीहरु चिन्ह र चमत्कारको पछि दगुर्दा शैतानले थाङ्नामा सुताइदिएको उदाहरणहरु पनि छन् ।
    २८) एलशद्दाई मण्डलीले पवित्र आत्मालाई स्विकार्दछ तर पेन्टिकोस्टलले जस्तो पवित्र आत्मा मागेर पाइन्छ, हात राखिदिएर पाइन्छ भन्नेमा विश्वास गर्दैमा । पवित्र आत्मा पाएको मानिस ‘चिच्याउने, रुने, लडीबडी गर्ने’ कुरा बाइबलमै नभएकाले त्यस्तो कार्यलाई विश्वास गर्दैन ।

    • @susankrai6296
      @susankrai6296 Před 5 lety

      Sir point 19 bata mathi vanu vako kati kura harule
      Alik mon ma dukhaye jasto vyo
      Hamro samudaye asto x vanera afai point point vanu vanda
      Arule vaneko kura ma
      Afulai jachnu thik hola
      Jaimashiki

    • @holyzion9007
      @holyzion9007 Před 5 lety +1

      @@susankrai6296 ‘कति मण्डलीहरु’मा भनिएको हो सबैमा होइन ।

    • @mindfulnepal7617
      @mindfulnepal7617 Před 5 lety +1

      Thank you Very Much sir

    • @santoshisantoshi119
      @santoshisantoshi119 Před 5 lety

      जानकारीको लागि धन्यवाद ।

    • @tarunmukhiya4394
      @tarunmukhiya4394 Před 3 měsíci

      Chinha ra chamatkar prabhu christ le garnu vayo
      Teu pachhi gayera pabitra aatma ko kaam
      Tesko artha jhuta sichhya kanjusai chhaina

  • @lalmanlamadalsingpara9185

    Really been appreciate ELSaddai theory in the name of Lord Jesus Christ thank you very much all the best.

  • @VivoVivo-ci2fw
    @VivoVivo-ci2fw Před 6 dny

    खै एक्ता आफै मात्र ठिक आफ्नो सम्प्रदाय मात्र राम्रो एसरि नि प्रभुको राज्य बिस्तार गर्नु सकिन्छ जो पिता पुत्र पबित्र आत्मा त्रिएक परमेस्वर मान्ने हरु एकता हुन आवास्यक छ सम्प्रदाय मा आफ्नो आफ्नो नियम छ सबैलाइ सम्मान गर्दै नेपाल देस मा प्रभुको राज्य बिस्तार गर्नु छ ।

  • @amritapradhan1813
    @amritapradhan1813 Před 5 lety +2

    Jaymashi ps buba Ra dajulai.

    • @thomabogaty3354
      @thomabogaty3354 Před 5 lety

      याे भिडियाे सेर गरिदनुहाेला

  • @jaymashihtvnepal
    @jaymashihtvnepal Před 5 lety +1

    JAYMASHIH PADAM SIR

  • @anup560
    @anup560 Před 5 lety +1

    Arue pani dherai kuraharu mildaina:
    1. After water baptism, there should be a laying of hands - to receive a holy Spirit.
    2. Sisters should cover their heads during sewa or prayers.
    3. We follow as per Acts 2:42
    And many more..
    I was a protestant believer but changed into Elshaddai group

  • @prembahadurpunmagar8698

    Amen good massege thank you

  • @holyzion9007
    @holyzion9007 Před 5 lety +3

    एलशद्दाई मण्डली र अन्य मण्डलीबीच फरकहरु: Part 1
    १) एलशद्दाई मण्डली सन् १९४७ मा कालेम्पोङमा स्थापना भएको हो ।
    २) शुरुमा सशक्त प्रचारक जोर्डन खान दार्जिलिङ आएका थिए । पछि कालेम्पोङ आएर म्याक फोल्र्याण्ड चर्चमा प्रचार गरे । त्यो मण्डलीमा क्रिश्चियनीटीलाई एउटा धर्मको रुपमा मात्र लिएका थिए । नयाँ जन्मको कुरा हुँदैनथियो । प्रचारक खानले ‘नयाँ जन्म पाउनुपर्छ, येशूको रगतले सबै पापबाट शुद्ध पार्छ’ भनेर प्रचार गरेपछि उनको विरोध भयो । त्यतिबेला सबैले सोच्दथेः ‘हामी सबै बाउ बाजेदेखि कै पालादेखि क्रिश्चियन हौं । चर्च जाँदैमा हामी स्वर्ग गइहाल्छौं ।’ तर प्रचारक खानले बाइबलको सत्यता प्रचार गरेपछि उनलाई गलहत्याएर निकालियो । त्यही चर्चको एकजना
    २९ वर्षे जवान भिक्टोर प्रधानले आफ्नो घरमा प्रचारकलाई राखे । अनि उनले जोर्डन खानबाट वचन सुनेर आँशुसहित प्रभु येशूलाई आफ्नो मुक्तीदाता भनेर ग्रहण गरे र नयाँ जन्म पाए । भिक्टोर प्रधान आफै पनि बाउबाजेदेखि कै क्रिश्चियन थिए तर नयाँ जन्म भने पाएका थिएनन् ।
    ३) त्यसबेला नयाँ जन्म पाउनेहरुमा सुमित्रा घिमिरे, धनबहादुर मुखिया आदिहरु थिए । अनि ६-७ जनाको सानो समुह मिलेर प्रभु येशूको प्रशंसा, आराधना, प्रार्थना गर्न थाले । जोर्डन खानले उनीहरुलाई बाइबलबाट खाँटी शिक्षा सिकाएर गए ।
    ४) जोर्डन खानले नै पछि वख्त सिँहलाई लिएर कालेम्पोङ आए । भिक्टोर प्रधानको घरमा शुरुभएको सेवा तल रेली रोडको एउटा भाडाको घरमा सारे र त्यस सेवाघरको नाम ‘एलशद्दाई’ राखे ।
    ५) त्यसबेला नामधारी इसाइहरुले त्यो सानो बगाल ‘एलशद्दाई’को विरोध गर्न शुरु गरे । झुटो शिक्षा भने । भेडा चोर भने । ‘नयाँ जन्म पाउनुपर्छ’ ‘येशूको रगतले पापबाट शुद्द पार्छ’ भनेर झुटो शिक्षा सिकाउँछ भनेर आरोप लगाए । तर विस्तारी प्रभुको काम बढ्दै गयो । सिएनआइ लगाएत धेरै संस्थामा सेवा गर्नेहरुले नयाँ जन्म पाउँदै एलशद्दाईमा आउन थाले ।
    ६) एलशद्दाई मण्डलीको अर्को विशेषता हरेक वर्ष ‘पवित्र महासभा’ आयोजना गर्दछ । यो दर्शन भाइ वख्त सिँहले पाउनुभएको थियो । त्यस सेवापछि विश्वासीहरुमा जागृति आएको थियो । धेरैले नयाँ जन्म पाउने कारण भयो ।
    ७) एलशद्दाई मण्डलीले ‘ख्रीष्टीय भजन’ प्रयोग गर्दैन । यसले आफ्नै ‘सियोनका गीतहरु’ नामक भजनकिताब प्रकाशन गरेर यसैबाट गाउँछ ।
    ८) त्यसबेला आत्मिक, वचन, शिक्षा र उत्साहले भरिएका भजनहरु बनाइन्थ्यो । आजपनि सय भन्दा बढि एलशद्दाई मण्डलीका भजनहरु ‘ख्रीष्टिय भजन’मा समावेश गरिएको छ ।
    ९) ‘हे येशू तिम्रो प्रेम कति महान छ !’ शिर्षकको भजन पनि एलशद्दाइकै हो । एलशद्दाई मण्डलीमा सेवा गर्ने एकजना डाक्टरले आफ्नो मृत्युको घडीमा उक्त भजन बनाएका हुन् ।
    १०) एलशद्दाई मण्डलीमा हरेक डिसेम्बर महिनाको दोस्रो सातातिर पवित्रमहासभाको आयोजना गरिन्छ । त्यो महासभामा करिब ५ हजार भक्तजनहरु भेला हुन्छन् । ९ दिनसम्म चल्ने उक्त महासभामा आगन्तुक सबैलाई स्वागत गरिन्छ । ९ दिनसम्म खाना र बस्न सबै निशुल्क हुन्छ ।
    ११) एल शद्दाई मण्डलीको हरेक पवित्रमहासभा नयाँ भजनहरु करिब १० ओटा बनाइन्छ । ती भजनहरु धेरै आउँछन् र तर सेलेक्सन गरेर १० ओटा थपिन्छन् ।
    १२) एलशद्दाई मण्डलीको कुनै बाइबल कलेज हुँदैन । बाइबल सेमिनार हुँदैन । बरु वर्षभरिजस्तो पवित्रमहासभा, युवाशिवर भइरहन्छ । हरेक जनवरीमा ५ दिने युवा शिविर हुन्छ । करिब २ हजारजति जवान भाइबैनीहरु भेला हुन्छन् । धेरैले नयाँ जन्म पाउँछन् । नयाँ जन्म पाएकाहरुले प्रभुमा बढ्ने मौका पाउँछन् । सेवामा आफूले पाएको आशिष बाँडेर घर फर्कन्छन् ।
    १३) एल शद्दाई मण्डलीले ‘जिउँदो पानी’ त्रैमासिक पत्रिका निकाल्छ । यो अहिले ६ हजार हाराहारीको संख्यामा प्रकाशित हुन्छ । त्यसैगरी जवानहरुको लागि ‘ग्रिन पाश्चर’ र नानीहरुको लागि ‘प्रेमी साथी’ पत्रिकाहरु निकाल्दछ ।
    १४) एल शद्दाई मण्डलीले प्रेरि २ः४२ लाई जोड दिन्छ । ‘प्रेरितको शिक्षा, रोटी भँचाई, संगति र प्रार्थना’ यो आत्मिकी चार लंगरहरु हो भनि सिकाइन्छ । जसरी पानी जाहाजलाई आँधीबाट बचाउन चार लंगर लगाइन्छ त्यसरी नै मण्डलीलाई पनि स्थिर राख्नका लागि चार आत्मिक लंगहरु हुनुपर्छ भनि सिकाइन्छ ।
    १५) अरु मण्डलीहरुमा प्राय सेवा दुई घन्टाको हुन्छ । आराधना सामुहिक एकै स्वरमा हुन्छ तर एलशद्दाई मण्डलीमा आराधनामात्र १ देखि डेढ घन्टाको हुन्छ त्यो पनि सबैले घुँटा टेकेर दाजुभाइ र दिदीबहिनी पालैपालो मुख खोलेर आराधना चढाइन्छ ।

    • @MarkoosSunny
      @MarkoosSunny Před 3 lety

      जयमसी! राम्रो, तर आफू भन्दा बढि पाको उमेरको जेठोलाई पनि टाउकोमा हात राख्ने चलन चाहिँ के होला नि हजुर! # ?

  • @sarojshakya1879
    @sarojshakya1879 Před rokem

    Good lesson Amen

  • @birajrai2040
    @birajrai2040 Před 3 lety +3

    Bible autai ho vane kina sewakai farak.
    Prerir 2:42-47
    Anusar ko bisawsi sahi ho!

  • @damberrai4411
    @damberrai4411 Před 3 lety

    Praise the lord jaymac

  • @radhikabasnet5051
    @radhikabasnet5051 Před 4 lety

    Amen Amen Amen hallelujah

  • @YL77718
    @YL77718 Před měsícem

    बडाले अन्तिममा चाही सही कुरा गरे

  • @davidrai3651
    @davidrai3651 Před 3 lety

    Parbhuko nawma ghudra teknu thikchha,dakras eutai cupma tikaiho Tara nepaliharuko bichma pharak Ps Pb jyou ra Brother Bogaty jyoulai dherai dhanne bad sikchhya nikai janna sakiun thanks hk.

  • @jjd4153
    @jjd4153 Před 3 lety

    Dhanyabad. Tara mailay bujako kura sabai bhanda thulo parmeswar ko bachan ho ani biswas ra prathna ho baki jasari garay pani hami sabai unai parmeswar ko chorachori ani swarga ko nagaraik hau.chiratan christan bhitrai bebhad garnay kura kosai lay pani nagaru.dubai taraf ko sewakai lai respect garu.

    • @jjd4153
      @jjd4153 Před 3 lety

      Akhir hami sabai autai prabhu ko chorachori hau.kin bhani sabai jana lay pita putra pabitra attma ma Baptistma leako chhau.

  • @nepalichristianfamily5016

    कती कुरा ठिक कती आफ्नो व्यक्तिगतकुरा मिसाई भयो सर ।
    सकभर अन्तर्वार्ता दिदा ज्ञान पूर्ण गराएर मात्र दिदा राम्रो मेरो विचारमा । anyway GOD Bless You Both. जय मशिहा की

  • @buddhibahadurmagarthapa9102

    Jaymashi both brother

  • @user-su4jj9ke9h
    @user-su4jj9ke9h Před 5 lety +2

    Jaha bible ko sacho sikxa sikainxa ra harek sangati ma parmeshwar ko jiudo upasthiti hunxa tyo sangati lai El-shaddai vaninxa. Jaha manxe ko prasangsa navayer prabhuko mahima prasangsa hunxa teslai el shaddai vaninxa. Ho hamro bibah aru jhundko sanga hudaina kinaki aru jhunda ko ra sansarik manisma hami kehi farak paudainau. Ma pni ek patak missan ko churchma gako the bt tyaha maile prabhuko upasthiti mahsus garna sakina. Bachan padda eldr dikkn le nai pandu parne re. Tali bajayer swagat garnu parne re ..Chu chu chu .... Malai ta yesto lagyo ki kunai netale vasan deko thauma xu jasto lagyo.

  • @jamestenzinmuktan3403
    @jamestenzinmuktan3403 Před 3 lety

    👍👍👍 amen

  • @promilachettri1153
    @promilachettri1153 Před 3 lety

    Sikcxa Ra Sakcxi Vayeko ELSADDAI Mandali Ho Pakka Sewagarnu ko Lagi ho .Prabu ko jaijai kar ho👏🙏

  • @sakchisubba939
    @sakchisubba939 Před 3 lety

    हामरो पदम बढाले अझ एलशदाइ मणडलीका खास कुरा बुझनु सकेकोछ जसतो लागेन मलाइ र परमेशरले सहायता गरेका हौउन हामरा बढालाइ

  • @soorajgurung5001
    @soorajgurung5001 Před 3 lety

    हे पिता पुत्र पबित्र आत्मा को परमेश्वर लाई महिमा भयको होस आमेन

  • @radhikarai9916
    @radhikarai9916 Před měsícem

    एलसदाइ भनेको एलसदाइ नै हो भाइ तिमी अाएर हेरन र पो अनुभव पाउद्दौ त पभुुमा पाउने अनुभव हरु।

  • @bikramlimboo9252
    @bikramlimboo9252 Před 3 lety

    What is the motive of prayer?
    1.Communication with God is a SUPERNATURAL things
    2.Answwr to prayer from God is SUPERNATURAL

  • @user-zw5jd6ge3x
    @user-zw5jd6ge3x Před 4 měsíci

    हालसालै रुकुम पुर्बमा ब्याबतिस चर्चकि जवानी र एलसदयकाे जवानले भागी बिबाहागरे तिनी जवानिलाई एलसदाय चर्चले दाेबारा बप्तिसमादिईयाे याे बाईबलिय हाे वा हाेइन ?

  • @Prampalpali
    @Prampalpali Před 2 měsíci

    जैमशी सर!! 🙏 यो एलशादाइ मण्डली सँग हामी अन्य स्वतन्त्र मण्डलीले पवित्र विवाह गर्न पनि मनाही छ र ? ✝️❤️❤️💟💌🛐🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹😀😁

  • @holyzion9007
    @holyzion9007 Před 5 lety +4

    पास्टर पदमबहादुर पुनले एलशद्दाई मण्डलीको विषयमा जानकारी गराइदिनुभएकोमा धन्यवाद ।
    तरै पनि वख्त सिँहको विषयमा केही जानकारी गराउन मन लागेकोमा केही लेख्दैछु ।
    १) वख्त सिँ कट्टर हिन्दू पञ्जाबी घरानाको पृष्ठभुमिबाट प्रभुमा आउनुभएको हो ।
    २) प्रभु येशूको नाममा परमेश्वरको महिमाको लागि घुँडा टेक्नुपर्छ । त्यसैले वख्त सिँले घुँडा टेकेर प्रार्थना आराधाना गर्न र प्रार्थना गर्न सिकाउनुभएको हो । त्यतिमात्र होइन उहाँले व्यक्तिगत बाइबल अध्ययन गर्न पनि घुँडा टेकेर गर्न नमुना दिएर जानुभएको छ ।
    ३) वख्त सिँलाई तिनवटा शर्तहरु राखेर प्रभुले उहाँको मण्डलीको कामको लागि बोलावट वोलावट दिनुभएको हो । ती शर्तहरु
    क) तिमीले कुनै योजना नबनाउनू, दिनदिनको कार्य मसँग सोधेर, मेरो स्पष्ट अगुवाई पाएर गर्नु ।
    ख) तिमीले आफ्नो पैतृक सम्पत्ती दाबी नगर्नु । (वख्त सिँ एउटा धनी परिवारको थिए) र तिम्रो कुनै सानो भन्दा सानो आवश्यकताको लागि पनि ममाथि भरोसा पर्नु । कसैले कुनै कुरा नमाग्नू र कुनै संकेत पनि नदिनू ।
    ग) तिमीले कुनै संस्थाको सदस्य नहुनू ।
    ४) वख्त सिँले मण्डलीमा कुनै पदको सिर्जना गर्नुभएन । जस्तो आजका मण्डलीहरुमा निर्देशक, रेभरेण्ड आदि आदि । उहाँले हामी सबै दाजु भाइ हौं भनेर आफूलाई दाजु वा भाइ भन्न सिकाउनुभयो । त्यसैले उहाँलाई हिन्दीमा भाइ र अंग्रेजीमा ब्रदर भनेको रुचाउनुहुन्थ्यो ।
    ५) वख्त सिँलाई कसैले प्रशंसा गरेको रुचाउनुहुन्न थियो ।
    ६) चाइनामा मिशनरी भएर गएका क्यानडाका डानिएल स्मिथ कम्नीस्ट सरकारले देश निकाला गरिदिएपछि भारत आउनुभयो र वख्त सिँसँग रहेर सेवा गर्नुभयो । डानिएल स्मित वख्त सिँसँग यति प्रभावित हुनुभयो कि आफ्नो देश क्यानडा फकेर उनले एउटा किताव वख्त सिँहको विषयमा लेखेका थिए । त्यो किताबको नामः भारतका अगमवक्तः वख्त सिँ थियो । पछि त्यो किताबको विषयमा थाह पाएर वख्त सिँहले आफ्नो विषयमा लेखिएको त्यो किताबलाई भारतमा निषेध गर्नुभयो ।
    ७) भाइ वख्त सिँ परमेश्वरले चिन्ह र चमत्कार गर्नुहुन्छ भनेर विश्वास गर्नुहुन्थ्यो । उहाँसँग पनि निको पार्ने वरदान थियो । उहाँले प्रार्थना गरिदिएर अनेकौ रोगीहरु निको भए । मृत्युको मुखमा पुगेकाहरु, डाक्टरले नसकेकाहरु उहाँको प्रार्थनाद्वारा निको भएका थिए । तर पछि मानिसहरु केवल शारिरिक चंगाइको लागि मात्र वख्त सिँसँग आउन थाले, उद्दारमुक्तीको कुरालाई गौण ठान्न थाले । पछि वख्त सिँले आफूसँग भएको निको पार्ने वरदान फिर्ता लान प्रभुलाई प्रार्थना गर्नुभयो ।
    ८) एकपटक जर्मनीमा कुनै एउटा सेमिनारमा वचन प्रचार गर्न वख्त सिँहलाई निम्तो दिइएको थियो । त्यस सेमिनारमा विश्वका धेरै जग्गाकाट प्रभुका वक्ताहरु आउनुभएको थियो । सबैले पालैपालो प्रचार गरे । वख्त सिँको पालोमा उद्घोषकले वख्त सिँहको विषयमा धेरै प्रशंसा गरेर पुलपिटमा बोलाए । वख्त सिँहले भारतमा ल्याएको जागृति, स्थापना भएको १० हजारौं मण्डलीको विषयमा बताउँदै वख्त सिँहको गुणगान गर्न थाल्यो । यो सुनेर उहाँ दुखित हुनुभयो र नम्र भएर पुलपिटमा जानुभएर ‘मसँग आज प्रभुको कुनै वचन छैन’ भनेर फर्किनुभयो ।
    ९) वख्त सिँद्वारा परमेश्वरले भारतमा ४० देखि ८०-९० को दशकसम्म भारतमा जागृति ल्याउनुभयो । उहाँले परमेश्वरको वचनको महत्वको विषयमा प्रचार गर्दा हरेक विश्वासीले हातहातमा बाइबल बोकेर हिँड्न थालेका थिए । दक्षिण भारत जस्तो अति हिन्दूवादी भएको ठाउँमा ठूलो जागृति आएको थियो । बाइबल सोसाइटीको बाइबल स्टक सकियो । यो थाहा पाएर नाफाको लागि हिन्दू व्यापारीहरुले बाइबल छपाएर विक्री गरेका थिए ।
    १०) अनपढले पनि अनिवार्य पवित्र शास्त्र बाइबल बोक्नुपर्ने, बाइबललाई आदर गर्नुपर्ने वख्त सिँहले सिकाउनुभयो ।
    ११) वख्त सिँहलाई पछि मिशेनरीका ठूला ठूला अध्यक्ष, नेताहरुले इन्कार गर्न थाले । शुरुमा त वख्त सिँहलाई नै बोलाएर मण्डली मण्डलीमा वचन प्रचार गर्न लगाउँथे । वख्त सिँहले प्रचार गरेपछि मण्डली भरिभराउँ हुन्थ्यो । जागृति आउँथ्यो । तर पछि वख्त सिँले मण्डलीको विकृति, झुटा शिक्षाको विषयमा कडासँग प्रचार गरेपछि वख्त सिँहसँग मिशनरीका मानिसहरु रिसाए । उनलाई चर्चमा प्रचार गर्न निषेध गरे । उहाँ स्वयं पनि मिशनरीको विरोधमा जानुभएन । तर जहाँ जहाँ उहाँ जानुहुन्थ्यो, वचनको भोका भएका मानिसहरु स्वत स्फुर्त वख्त सिँहकहाँ भेला भएर वचन प्रचार गर्न जोड दिन्थे । अनि उनले सरल भाषामा वचन प्रचार गर्थे ।

    • @churchtv9538
      @churchtv9538 Před 5 lety +1

      Sir share this video for awareness...I would be glad to talk to you in interview regarding the details if you are willing and if we can meet,,thanks

  • @rajlama2830
    @rajlama2830 Před 3 lety

    Bilibars mandali ra aru mandali vinnata ko barema videos Banaunu hola.

  • @jesusrai7974
    @jesusrai7974 Před 4 lety

    Elsadsai founder is great among many many christian.

  • @user-su4jj9ke9h
    @user-su4jj9ke9h Před 4 lety +2

    चिन्ह चमत्कार अनि वास्ताविकता किताब खोजेर पढ्नु होला हरु ले अनि भाई बख्त सिंह भन्ने किताब ।

    • @TekBhrTmg
      @TekBhrTmg Před 4 lety +1

      बाइबल भन्दा अरु कहाँ छ र वास्तविकता??

    • @sagarmathanepal5746
      @sagarmathanepal5746 Před 4 lety

      चमत्कार मा विश्वास नगर्ने हीलिङ मा विश्वास नगर्ने अनि सबै कुरा प्रभुलाई सुम्पिने कस्तो कुरा गरेको यो झुट हो प्रभुले कस्तो कस्तो चमत्कार गर्नुभयो बाइबल हेर्दैनन् की केहो मित्र हरुले

  • @radhikarai9916
    @radhikarai9916 Před měsícem

    प्रभुको समबनध अातमासग रहनद्द फालतु बकवास र अरुको चासो राख्नुका चै होइन 🙏

  • @sureshbohara9797
    @sureshbohara9797 Před 3 lety

    Jai mashi

  • @dilkumarrai5928
    @dilkumarrai5928 Před 2 lety

    प्रथाना भनेको प्रभु सग बातचित गर्ने हो मान्छे जस्तो अबस्थामा रहन्छ तेसरी प्रथाना गर्छ जहाँ हुनुहुन्छ त्यहाँ बाटै प्राथाना हुन्छ घुडा टेक्नै पर्छ छैना होला हो

  • @pratimamanger9
    @pratimamanger9 Před 5 lety

    Mitraharu ho hajur haru Lai mailay jaaneko jatti kuraharu cha alikati rakhna chahe...hami biswasharu vayera dherai bichar garera bolnu parne huncha...hami sabai prabhuko chora chori haru akai hawm .ek lay arkaako biruddhama bolnu paap paap ho bible lay bataakocha.ra yesari sabai hamro issaai mandaliko kuraharu media bakhaan nagarda ramro hola jasto lagcha..hami prabhuko ewtai angaharu hau.ewtai sarir ewtai nata..tesailay ewtai kachawrabata linu kunai paap hoina..ani soon lagawnai hudaina vanne pani tah hoina ra saara sarir vari lagawnai parcha vaneni hoina..hamro singar sarirko vanda aatmako singar vaye yesaima prabhu khusi hunuhuncha..bible class gardaima sworga jane vannenihoina ..tara vanisyabaaniko Kura palana garnu dhanya ho ..uberai prarthana garnu parcha vanneni chaina ghuda tekera pray garda ajjha prabhuko aadarmahima hunchaki jasto lagcha..sarai dherai jannu chaina..eutai Kura jandachu. Andho thiye dekhe vaye yeshuko pawitra ragatlay...suruko prabhuko daaslay kaahi bible class garnuvayena..biswas ma sthir hunuhunthio..ana nyaai pani prabhukai ghar bata suru huncha tesailay hami aapasma milera ekjoot vayera ewtai bhawana ma prabhuko sewa garema aashis milcha ani prabhuko pailo agamanma uthaaincha natra gaaro huncha so hami ek hawm ewtai family ho kl Christian are one family...jaimashi

  • @johngurung3607
    @johngurung3607 Před 3 lety

    Adarniya Bakhat Singh ji Canada Ma Huda Uha Lai Arthik Abhab Parda Uhako Coat Ko Pocket Ma Euta Valuable Coin Bhetera Uhako Thulo Abhab Pura Bhaeko Ke Yo Chamatkar Hoina Hajur ?

  • @bhuwansaru3182
    @bhuwansaru3182 Před 4 lety +3

    पदम सर धन्यवाद र जयमसिहि... हजुर लाई मन नपरेको र 31बर्ष सेवा गर्दा नबुझेर तालीम लिनु भयो तर बचन ले के भन्छ? 1यूहन्ना2:27लाई पढनु भएको होला अझै प्राथना सहित पढनु होला र प्रभु को कचौरा को बिषय मा1कोरिन्थी11:25मा कचौरा लिनुभयो.. त्यहि कचौरा दिनु भयो त्यहा कचौरा हरू भनि लेखेको छैन.. यस्तै सुसमाचार को पुस्तक मा पनि लेखेको छ... हामि शास्त्र अनुसार चल्नु पर्छ आफुलाई ठिक लागेअनुसार होईन.... गल्ति भए माफ गर्नु होल जयमसिहि..

    • @jesusrai7974
      @jesusrai7974 Před 4 lety

      Elsadsai church founder bhakhta Singh ek India dhani Manish jasle kasaiko sampti n liyera Kam greko Aja bhkta sigh mare Pani hjur Mandali khada gare p d pun Bible college padeko Ramro ho ab jimma wah mathi X Mandali esthaoan ko

  • @rajurai5900
    @rajurai5900 Před 4 lety

    Prashna garne patrakar bhaiko shaili malai man parena.

  • @chandratamang309
    @chandratamang309 Před 3 lety

    Questions answer xa ki xaina yelsadhai

  • @keziahrai7588
    @keziahrai7588 Před 3 lety

    Hilow ma chai this lay nai tako hola

  • @user-gz1je9mr3z
    @user-gz1je9mr3z Před měsícem

    Ibraneuo 10 ko 26 pad ko bachan paster haru lai lagu hoidina khali aru das ko lagi matra ho

  • @jesusrai7974
    @jesusrai7974 Před 4 lety

    If you neglected elsadsai ,still elsadsai Christian good .p pun intended different.

  • @bijayrai8106
    @bijayrai8106 Před 3 lety

    मैले सुने अनुसार कोष अध्यक्ष पनि राख्नु मान्दैन रे एदि हो भने किन राक्नु हुदैन त?

  • @madanrai3704
    @madanrai3704 Před 2 měsíci

    😅😅😅

  • @AshaAsha-pm6ps
    @AshaAsha-pm6ps Před 2 lety

    pbitra bible bhnda kehi phrk jsto lagew kin ki bible nai prmesor pita ko bachan ho.

  • @ujjawlsikkim8853
    @ujjawlsikkim8853 Před 3 lety

    El sadhai ko sab vanda farak chai yo ho ki . Pabitra atma lai patakai mandaina ...ani yo chai man made ho . Not from God ho vai bhakt Singh le yesto niyam chai banako theyena tra paxi bat manxey harule afno swarthko lagi jasto xa .pentecost chai pakka ho....pabitra atma ko samman hunxa

  • @mohanlimbu8131
    @mohanlimbu8131 Před 3 lety

    🙏 जयमसिह दुबै सर हरुमा तर मैले कुरा बुझिना यहाँ ख्रीस्टियान कत्ती प्रकारको छ हो

    • @user-jp1in9pi6m
      @user-jp1in9pi6m Před 3 lety

      Hajaarau holaa ni

    • @mohanlimbu8131
      @mohanlimbu8131 Před 3 lety

      @@user-jp1in9pi6m नाईं हामी सबै बिसुवासी एटै होइनार म सनिबार जान्छु परमेश्वर पिताको आरधना महिमा गर्नु लाई म कुन बिसुवासी भए त अनि मेरै गाउँमा छन् आइतबार को दिन परमेश्वर पिताको आराधना महिमा दिन्छन् उनिहरु कुन बिसुवासी हुन् मलाई त लाग्छ हामी सबै एउटै बिसुवासी हु भन्छु कि म नै गलत छुकी बा

  • @user-jp1in9pi6m
    @user-jp1in9pi6m Před 3 lety

    Biswashi bhitra ni esto hudo rahechha bhane pachhi m chhakka pare hai

  • @aadamsubba8663
    @aadamsubba8663 Před 3 lety

    पास्टए भएर बिदेशिको डलर खाएर बस्नु भन्दात आफ्नो मिहिनेत पशिना बगाएर
    सेवा गरेको राम्रो हो ।अनि यदि साचो प्रभुको दास हिन्दोत
    1 पास्टर भएर बिदेशी डलरमा तलप भतामा सेवाकाइ गर्नु राम्रो होकि
    2 आफ्नो मिहिनेत पशिना बगाएर सेवाकाई गर्नु राम्रो हो । अब भन्नुहोश तपाईंहरु असली ख्रीस्ट्नियन कुन हो

  • @tirtharai1901
    @tirtharai1901 Před rokem

    Prabhuko biblema yati ho ke.elsaddai aru dhun sanga bible study garai mildina. Kartan biblema 25 December lakhyako china good Friday pane china or kerril or khrismsa pane china yo biblema china. Ane mandina kina ke biblema navyko na lakheyako kuro kasere manna? Praksh yakkama 22 18 ma kinake yes pustakko vabysha baineko bachan sunna hardik manishli ma gabai dinchu kunai Manishla ye kuraharu thapyo Vanna parmeshyarla yes pustakko ma lekhyako mahamahreharu tismathe thapno hunacho. 19 ma Ane kunai Manishla yes vebishya banneka pustakka bacha haru ghtyo van pramashurla jiwenko pustakbato ghatuo Vanna pabtra saharbato ra yes pustakma lakhyaka jiwenka fal ra pabtra saharbato tasko vakghatyna cha.

  • @user-jp1in9pi6m
    @user-jp1in9pi6m Před 3 lety

    Tarai pani god bless you

  • @keziahrai7588
    @keziahrai7588 Před 3 lety

    El sadai church ma moi lay 15 barsa saggathi gariyo Tara koi lay ni hilow ghoda taykina parvu ko ko nai bayjath garni kostho pagal bakta ko pagal bakta pi raai Cha ta moi lay ni Vai bakta so g ko bachan suni ko ho saggathi garee ko it hilow ma ta koi lay ni ghuda taykina ta

  • @shyamchettri8192
    @shyamchettri8192 Před 5 lety

    Parmayshor bahek
    Kasailay nai
    Garnay adhikar
    chaina

  • @radhikarai9916
    @radhikarai9916 Před měsícem

    काम द्दैन युटुबरको अरुको निन्दा किन गरेको?बनाइ बनाइ पदौरे कुरा सोधने ?

  • @damberrai4411
    @damberrai4411 Před 3 lety

    Alsadai ko sixa thik xa

  • @bethanyholisticministrynep2892

    # Elsaddhai le Sachyaunuparne kura haru Nimna chhan. (1) Aru mandaliko bare ra aguwa haruko barema Nyaya nagar. (2) Hami nai sachcha Christian hau vanne ghamanda nagar (3) Aru Mandaliko sadasyalai vadkayer afno sampradayma nalaijau (4)Biswashko Sar Jo sacho christian le manchha tyo Biswash gar arthat Biswabyapi mandali (Universal Church) lai pravuko deha ko rupma swikar gar(5) Christ yesulai Biswash garera grahan garneharu Parmeshwarka santan hun vanne kura mani leu (John 1:12, 3:16) (6) Aru protestant churchko Biswash ra practice lai Kadar gar.(7)Aru mandaliko Biswashi haru tyaha jada feri Grahan Nagarau ra double Baptisma Nadeu (8) Bible Training Garau ra Theologyko sikcchha ma paripakwa banau...Nepalko Rana Sashak le Jasto sichhit vaye vane afno satta gumne dar le School haru janatako lagi nakholeko ra sichhit haru lai mudda lagako jasto nagarera Sabailai Bible ko sikchha ma pokhta banau. (9) Deshko samasya haruko barema sabai sangh miler agadi bad...hatemalo gar (10) Hamile matra Naya Jiwan Payeka chhau aru mandaliko le naya jiwan payeka chhainan vanne vramatmak sikchha nadeu, Pravuko nimti afno jiwan samarpan garne pravuko nimti jel nel vogne aguwa haruko Adar gar... Dhanyabad.

  • @lizatamang2851
    @lizatamang2851 Před 3 lety

    प्रार्थना गर्ने तरिका एकदम राम्रो भन्नु भयो । अनि bible college janu siknu ramro kura ani प्रार्थना गरेर bible अध्ययन गर्नु झन् राम्रो कुरा हो ।गहना लगाउनु हुदैन भन्ने मान्यता पुरानो हो लगाउँदा केही नहुने मेरो धारणा ।अन्य भाषा भनेको सिकेर बोल्ने भाषा हैन आफै आउने कुरा हो प्रायः आजकल अरूले बोलेको सुनेर copy garne Christian देखिन्छ ।तालिम चाई चाहिन्छ नयाँ विश्वासीहरु ले सिक्नु पर्यो हुर्कनु पर्यो प्रमाण हरु खोज्नु पर्यो विरोधी हरु लाई जवाफ दिनु जान्नु पर्यो ।🙏 प्रभु भोज एउटै कप बाट पिउने कुरा मन परेन ।

    • @karnapun2114
      @karnapun2114 Před 3 lety

      Liza Tamang ज्यु ! 1 यूहन्ना 2:27 पद प्रार्थना गरेर बडो ध्यान दिएर पढ्नु होला । परमेश्वरको वचन परमेश्वरको पवित्र आत्माले सिकाउने हो कि मानिसहरूले ? परमेश्वरको सेवा परमेश्वरको योग्यताले गर्ने हो कि मानिसहरूको सोंच , बुद्धि र तरिकाले ? 1 पत्रुस 4:11 राम्ररी पढ्नुस् ।

    • @lizatamang2851
      @lizatamang2851 Před 3 lety

      Karn pun ji maile ni मान्छेको सोच बुद्धि अनुसार भनेको हैन bible study वचन study अनुसार नै भनेको हो मती 6:6- 7 अनुसार भनेको हुँ । कोरनथी 14:40 र 33 पनि हेर्नु होला

  • @shyamchettri8192
    @shyamchettri8192 Před 5 lety +3

    Lsadai Ka biswasi Haru lay
    Aru biswasi Haru lai kina
    Nai
    Garcha
    Uniharuko k adhikar
    Cha malai yo
    Man parayna

  • @jangarai2582
    @jangarai2582 Před rokem

    मिडीया भाई जयमसिह। यलशदाई त भेडा चोर हो र अरू बिसवासी भनदा पहिला चकमा यलशदाई का बिसवासीहरू सवोरग जानछ रे।

  • @bijoypk8576
    @bijoypk8576 Před 3 lety

    PABITRA BIBLE james 2:14,16 padnu hos bartaman PRATYEK BISWASHI JIVAN yestai CHA😡

  • @kamalagaire1163
    @kamalagaire1163 Před 3 lety

    परमेशवरको अाज्ञा ±- नगरी कन सहि अाज्ञा पाल्न गरने माण्डली एक मात्र हो केबल सियोन मात्र हो । अरु सबै झुटा हो ।बाइबलमा स्पष्ट जानकारी दिनु भएको छ सियोनमा गएर राम्रोसँग बुझ्नु होला थाहा पाउनु हुन्छ सर

    • @karnapun2114
      @karnapun2114 Před 3 lety

      बिचरा ! सियोन चर्च सत्य हो ??? शूृरूदेखि बर्तमानसम्म बुझेका छैनौं र ? सियोन चर्च मात्रै सत्य हो हिम्मत कसरी आउँछ तपाईंहरूलाई ?

  • @barnatho8331
    @barnatho8331 Před 3 lety

    येशु एउटा तर सेवकाइ को नाममा इसाई भित्र नै धेरै झुन्ड अनि भेदभाव यहि नै दु:खद कुरा हो। बिहे सम्म हुन यलसदहि हुनु पर्ने हा हा हा झुठो शिक्षा नै हो यो पनि।

    • @user-jp1in9pi6m
      @user-jp1in9pi6m Před 3 lety

      Malai ni testai laagyo hau bihe ni nahune kasto elsedai ni achamma ho