Documentary of District agriculture office- 2076 , Humla|कृषि वृत्तचित्र हुम्ला|रैथाने बाली

Sdílet
Vložit
  • čas přidán 10. 01. 2022
  • Documentary of District agriculture office, Humla- 2076 |कृषि वृत्तचित्र हुम्ला|रैथाने बाली
    विश्वमा करिब तीन हजारभन्दा बढी बाली बिरुवाका प्रजातिहरू मानव उपभोगका लागि योग्य मानिन्छन् । जसमध्ये दस जातका अन्न, दलहन र तेलका बीउमात्र हाल खेती गरिएको पाइन्छ भने बाँकी जङ्गली अवस्थामा वा रैथाने र परम्परागत बालीका रूपमा छन् । रैथाने बाली भन्नाले बालीका त्यस्ता प्रजाति हुन्- जुन पञ्जीकरण वा व्यवसायीकरण नगरिएको भन्ने बुझिन्छ । सामान्यतया रैथाने प्रजातिहरू अन्य फसल प्रजातिजस्तै हुन् । तर, यिनको कृषि आनुवांशिक स्रोतहरू बाली प्रजनन अनुसन्धान र विकासका लागि मूल्यवान् ठानिन्छन् ।
    रैथाने बाली सामाजिक तथा आर्थिक मूल्य बोकेका बालीहरू हुन्, जुन मानव भोजन र पशुबस्तुको चारा तथा आहाराका साथै औषधिजन्य प्रयोजनका लागि समेत प्रयोग गरिन्छन् । खाद्य तथा पोषण सुरक्षा र बाली विविधीकरणका लागि पनि रैथाने बाली महŒवपूर्ण मानिन्छन् । रैथाने बाली विभिन्न रोग र कीरा तथा प्रतिकूल मौसमजस्तै- सुख्खा, खडेरी, अनावृष्टि तथा अतिवृष्टि सहन सक्ने विशेषता बोकेका हुन्छन्, जुन गुणहरू बाली प्रजनन तथा सुधारका लागि महŒवपूर्ण मानिन्छन् । यसका साथै, देशका विकट भेगमा खाद्य तथा पोषण सुरक्षाका लागि वरदान साबित छन् ।
    रैथाने बाली कुनै ठाउँविशेषको स्थानीय हावापानीमा पाइन्छ । नेपालका प्रमुख रैथाने बालीमा छिर्केमिर्के सिमी, मिठे र तितेफापर, भागो, नेपाले भट्ट, सेतो भट्ट, मार्सीधान, पोखरेली जेठो बुढो, घैयाधान, जोरायल बासमती, दर्माली, गुडुरा, गौरिया, फुला उठ्ने साना दाना भएको मकै पर्छन् । नेपालको उच्च तथा मध्यभेगीय जिल्लाहरू मुगु, कालीकोट, हुम्ला, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, डोटी, पर्वत, गोरखा, रामेछाप, काभ्रे तथा दोलखालगायतका जिल्लामा रैथाने बाली छन् । यी जिल्लामा मुख्य गरी कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, लट्टेजस्ता रैथाने बाली पाइन्छन् ।
    धान जातिका रैथाने बालीहरू देशको तराई भेगदेखि उच्च हिमाली क्षेत्रमा पाइन्छन् । कृषि विकास मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा करिब तीन लाख ५० हजार हेक्टर क्षेत्रफलमा कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, लट्टेलगायतका रैथाने बालीको खेती गरिएको पाइन्छ । नेपालको उच्च तथा मध्यपहाडी भेगमा किसानले परम्परागत रूपमा रैथाने बालीको खेती गर्छन् । उक्त क्षेत्रका किसानका खाद्य तथा पोषण सुरक्षामा महŒवपूर्ण भूमिका छ ।
    नेपालमा पछिल्लो समय विभिन्न बालीहरूको नयाँ जातको विकास र विस्तार तथा रैथाने बालीको व्यवसायीकरणभन्दा आयातीत बालीको खेतीमा बढी जोड दिएसँगै देशमै रहेका रैथाने बालीहरू भने लोपोन्मुख अवस्थामा छन् ।
    Camera and Script
    Narjan Tamang
    Voice
    Binod BK
    Editor /directed by
    Padam Raj Hamal
    #### ड्रोन शूट, भिडियो शूट, फोटोग्राफी, डकुमेन्ट्रीको लागि सम्पर्क गर्नुहोस्।
    सम्पर्क :- ९८४८१३९४९७ / ९८४८७३५९९१
    इमेल: khabarsabaik@gmail.com
    वेबसाइट: www.khabarsabaiko.com/www.padamhamal.com.np
    Unauthorized downloading and duplicating on CZcams, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)
    युट्युब, फेसबुक वा अन्य कुनै मिडिया प्लेटफर्ममा अनाधिकृत डाउनलोड र नक्कल गर्न निषेध गरिएको छ। (वेबसाइटहरूमा इम्बेड गर्ने अनुमति छ)
  • Zábava

Komentáře • 3