गुरु टुल्कु उर्ग्येन रिन्पोछेज्यूलाई स्मरण गर्दै आनी छोयिङ ड्रोल्मा - हाईडीसँगको संवाद

Sdílet
Vložit
  • čas přidán 21. 08. 2024
  • श्रद्धेय गुरुवर टुल्कु उर्ग्येन रिन्पोछेज्यूलाई स्मरण गर्दै केहि प्रश्नहरुको जवाफ दिनको लागि आनी छोयिङ ड्रोल्माले हाईडीसँगको प्रत्यक्ष संवाद गर्नुभयो। घरको कठिन परिस्थितिलाई त्याग्दै उहाँ आनी बन्न रिन्पोछेज्यूको गुम्बा, नागी गुम्बामा आउनुभयो जहाँ उहाँमाथि स्नेहको बर्षात् भयो। त्यहाँ उहाँले बालिकाको रुपमा आफ्नो बाल्यकाल फेरी अनुभव गर्नुभयो र आफूलाई भएका विभिन्न भावनात्मक घाउको उपचार पनि भयो। यो यात्रामा उहाँले आफूमा भएको गायिकाको क्षमता थाहा पाउना साथै रिन्पोछेज्यू र वहाँको जहान कुन्साङ देछेनबाट परम्परात्मक मन्त्र गाउने शैली सिक्नुभयो। समय बित्दै जाँदा धर्मसंगीत र मैत्री-करुणाका गीत गाउँदै उहाँ विश्वव्यापी गायिका बन्नुभयो। उनको संगीतबाट प्राप्त गरेको सहयोगले उनको धेरै मानवीय परियोजनाहरुमा लगानी गर्न मद्दत पुर्‍याउँछ जसमा अस्पताल, आनीहरूको लागि स्कूल, प्रि-स्कुल, र छात्रवृत्ति कार्यक्रम हो। यी कार्यक्रमहरुले २०० भन्दा बढी बच्चाहरूलाई उनीहरूको जीवन र शिक्षाका लागि समर्थन गर्दछ। ((www.theanifound...)
    यो भिडियोमा आनीले आर्य तारा त्रि-उत्तमको नेपाली कार्यक्रममा आवाज दिन पाउँदाको खुसी र आफूले संसारमा केहि सहयोग गर्ने अवसर पाएको आभास भएको कुरा पनि व्यक्त गर्नुभयो।
    मैत्री-करुणा अनलाईन शिविरको जानकारीको लागि यहाँ हेर्नुहोलाः dharmasun.org/...

Komentáře • 2