Video není dostupné.
Omlouváme se.

सुदूरपश्चिममा ३७ हजार मेट्रिकटन मासु उत्पादन

Sdílet
Vložit
  • čas přidán 5. 07. 2024
  • सुदूरपश्चिममा मासुको उपभोग बढेसँगै उत्पादनमा पनि वृद्धि भएको छ। २०७९ को तुलनामा २०८० पुस मसान्तसम्म मासुजन्य उत्पादन ७ दशमलव २९ प्रतिशतले बढेर ३७ हजार २७५ मेट्रिकटन मासु उत्पादन भएको भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र, पशुंपछी तथा मत्स्य विकास निर्देशनालयको तथ्यांकले देखाएको हो। सो अवधिसम्म दार्चुलामा एक हजार १६३ मेट्रिकटन, बैतडीमा एक हजार ५३७ मेट्रिकटन, डडेल्धुरामा ७८५ मेट्रिकटन र कञ्चनपुरमा चार हजार ५५७ मेट्रिकटन मासु उत्पादन भएको छ।
    त्यस्तै बझाङमा तीन हजार २२, बाजुरामा एक हजार ६७०, डोटीमा एक हजार ४७५, अछाममा दुई हजार ५७२ र सबैभन्दा बढी कैलालीमा २० हजार ४९३ मेट्रिकटन मासु उत्पादन भएको छ। कुखुरा तथा हाँसको उत्पादन ८ दशमलव ८१ प्रतिशत, खसी÷बोका÷भेडाको मासु उत्पादन ९ दशमलव १९ प्रतिशत, सुँगुर÷बंगुरको मासु उत्पादन ३ दशमलव ७७ प्रतिशत र भैंसी÷राँगाको मासु उत्पादन ५ दशलमव १४ प्रतिशतले बढेको छ। मासु उत्पादनमा कैलालीको जिल्लाको हिस्सा सबैभन्दा धेरै ५४ दशलमव ९८ प्रतिशत र डडेल्धुरा जिल्लाको सबैभन्दा कम २ दशमलव ११ प्रतिशत देखिएको छ।

Komentáře •