तरकारीमा कर लगाएको भन्दै कञ्चनपुरका किसान आन्दोलित

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • स्थानीय सरकारले तरकारीमा कर लगाएको भन्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाका किसान आन्दोलित भएका छन्। चालू आर्थिक वर्ष २०८१÷८२ देखि भीमत्तद नगरपालिकाले तरकारीमा कर लगाएपछि किसान आन्दोलित भएका हुन्। नगरपालिकाले तरकारीमा कर लगाएर किसानमाथि करको भार थुपारेको भन्दै किसान र व्यवसायीले मंगलबार सब्जीमण्डी बन्द गरेर आन्दोलन नै गरेका छन्। कञ्चनपुर मण्डी व्यवसायी संघका अध्यक्ष विशाल सोनारले भीमदत्त नगरपालिकाले किसानले बेच्ने तरकारीको मूल्यमा कर लगाएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको बताएका हुन्। जिल्लाको वेदकोटका किसान सुनील जोशीले आफूहरूले तरकारी बेच्न महेन्द्रनगर पुग्दा कर लगाउने कार्य निन्दनीय भएको बताएका छन्।
    तरकारीमा कर लगाउने विषय संविधानमै नभएको दाबी गर्दै उनले भीमदत्त नगरपालिकाले बाहिरबाट आउने तरकारीमा कर लगाएर मारमा पारेको गुनासो गरेका छन्। तरकारी व्यवसायीले स्थानीय सरकारले किसानबाटै कर असुलेर स्वदेशी किसानलाई निरुत्साहित र विस्थापित गर्दै भारतबाट तरकारी आयातका लागि वातावरण बनाउन खोजेको आरोप लगाएका छन्। नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले पनि किसानमाथि लगाएको कर खारेजीको माग गरेको छ। भीमदत्त नगरपालिकाका प्रवक्ता पदमराज अवस्थीले जिल्ला र देशका अन्य जिल्लाबाट आउने तरकारीमा कर नलगाएको स्पष्ट पारेका छन्। उनले नेपाली किसानबाट नभएर भारतीय व्यवसायीबाट मात्रै कर लिने बताएका छन्।

Komentáře •