कैलालीको धनगढीमा अपांगता भएका ८० जनालाई निःशुल्क सहायक सामग्री वितरण

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • कैलालीको धनगढी उपमहानगरपालिकाले अपांगता भएका व्यक्तिहरूलाई निःशुल्क रूपमा सहायक सामग्री वितरण गरेको छ। उपमहानगरपालिकाले शुक्रबार दुई ठाउँमा गरी ८० जनालाई निःशुल्क रूपमा सहायक सामग्री वितरण गरेको हो। उपमहानगरपालिकाले वडा नम्बर १, २, ३, ४, ५, ७ र ८ को क्लस्टरअन्तरगत धनगढी उपमहानगरपालिकाको प्रांगणमा ५५ जना र वडा नम्बर ११, ६ र १३ को क्लस्टरअन्तरगत वडा नम्बर ११ को स्वास्थ्य केन्द्रमा २५ जना गरी ८० जनालाई ह्विलचेयर, बैसाखी, ट्राइ साइकल, कम्बोट चियर, हियरिङ एड, लठ्ठी लगायतका सहायक सामग्री प्रदान गरेको छ।
    उपमहानगरपालिकाले धनगढीमा रहेका १९ वटै वडालाई पाँचवटा क्लस्टरमा विभाजन गरी अपांगता भएका व्यक्तिको खोजी गर्न स्क्रिनिङ शिविर सञ्चालनपछ् िआवश्यक सहायक सामग्री वितरण गरेको हो। उपमहानगरले यो वर्ष २१६ जना अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गरेको छ। यो वर्ष २१ लाख ४० हजार ३ सय रुपैयाँ बराबरको अपाङ्गता सहायक सामग्री वितरण गरिएको उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरपालिकाले स्क्रिनिङ गर्न र सामग्री वितरण गर्न सर्वाङ्गिण अपाङ्गता विकास समाज धनगढीसँग प्रविधिक सहकार्य गरेको छ।
    उपमहानगरपालिका क्षेत्रलाई पाँच क्लस्टरमा विभाजन गरेर स्क्रिनिङ शिविर चालाए झै पाँचवटै क्लस्टरमा पुगेर सहायक सामग्री वितरण गरिएको महिला विकास अधिकृत पंकजा जोशीले बताएका छन्। यो वर्ष उपमहानगरपालिकाले ह्विल चेयर ७५ थान, ट्राइ साइकल ३२ थान, हेयरिङ एड ३३ थान, एल्बो क्रचेज १२ थान, वाकिङ स्टिक ३४ थान, वाकर ३ थान, कमोड चेयर १ थान, सहायक क्रचेज २४ थान तथा ट्रान्सफोमल प्रोथेसिस २ थान वितरण गरेको छ। उपमहानगरपालिकाले निःशुल्क सहायक सामग्री वितरण गरेका २१६ जनामध्ये धनगढी क्लस्टरमा ५६ जनालाई सहायक सामग्री वितरण गरेको छ भने फूलबारी क्लस्टरमा ५२, बेला क्लस्टरमा २९, उर्मा क्लस्टरमा ४९ र जुगेडा क्लस्टरमा ३० जना अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गरेको छ। उपमहानगरपालिकाले हरेक वर्ष अपाङ्गता भएका व्यक्तिलाई खोजीखोजी निःशुल्क सहायक सामग्री दिने नीति लिएको छ।

Komentáře •