Rukh ( रुख ) | Nepali Poem | Nawaraj Parajuli | Kabita Concert Pokhara

Sdílet
Vložit
  • čas přidán 12. 09. 2024
  • Nawaraj Parajuli on social media :
    Facebook : / nawarajparajulipoet
    Instagram: www.instagram....
    Twitter : Na...
    यो कविता सहित बाँकी 35 कविताहरुको संग्रह 'सगरमाथाको गहिराइ' तपाईंको घरमै पाउनको लागि: Call: 9823178404 , www.kitabyatra.com
    यो च्यानल नवराज पराजुलीका कविता र अरु सृजनात्मक भिडियोहरुको अफिसियल च्यानल हो।यस च्यानलमा अपलोड गरिएका कुनैपनि भिडियो अाधिकारिक ब्यक्तिको लिखित अनुमतिबिना अरु कुनै माध्यममा प्रकाशित गर्न पाईने छैन। त्यसो गरिएको पाईएमा प्रतिलिपी ऐन अनुसार कारबाही गरिनेछ। 'रुख' शिर्षकको यो कविता 'पद्मश्री साहित्य सम्मान'द्वारा पुरस्कृत नवराज पराजुलीको कवितासङ्ग्रह 'सगरमाथाको गहिराइ'मा संग्रहित 36 कविता मध्य‌े एक हो। कविले यो कविता पोखरामा 2018 मा प्रस्तुत गरेका हुन् जसमा पार्श्वसंगीत रन्जन गायकको रहेको छ।
    This poem is officially uploaded in this channel. Replication in any form is not permitted.

Komentáře • 394

  • @hibiscus.usha14
    @hibiscus.usha14 Před 2 lety +18

    आजको दिनसम्म कति धेरै कविता पढे, सुने । कति कविता सुन्दा आश्चर्यमा परे, कति कविता सुन्दा हातका रौँ ठाडा भए, कति कविता सुनेर मनमा साहस आयो, तर मलाई आजसम्म कुनै पनि कविता सुनेर या पढेर रोएको याद छैन । थिएन भनम् । कक्षा ८ मा पढ्दै गर्दा दादेले म्यासेजमा "रुख" कविताको लिङ्क पठाएर सुन् है भन्सेको प्रष्ट याद छ । मैले पहिलो पटक सुनेको नवराज पराजुलीको कविता त्यही हो । त्यो कविता सुन्नु भन्दा पहिले उहाँलाई चिन्दिन थिए । त्यो कविता सुनिसकेपछी उनका अरु रचनाहरु पनि सुने, पढे । अहिले मलाई सबै भन्दा धेरै मन पर्ने सर्जकहरु मध्य एक हुन् , नवराज पराजुली ।
    दादेले सुन् है भनेर भन्सेको, मैले नसुन्ने कुरै भएन । सुने । तर पहिलो पटक सुन्दा त्यो कविताले के भन्न खोजेको थियो, मैले बुझिन । शीर्षक किन रुख राखेको ? त्यो पनि बुझिन । केही दिन पछि फेरि सुने, अलिअलि बुझे जस्तो लाग्यो , सुन्दै गए , अनि अलि पछि भएपछि चाहिँ कविताले के भन्न खोजेको रहेछ अनि शीर्षक किन रुख राखिएको रहेछ, त्यो पनि बुझे जस्तो लाग्यो । कविता सुनिरहदा कताकता मलाई गाह्रो भैरहेको थियो । ममिबाबालाई पनि यो कविता सुनाएको थिए मैले युट्युबाट, सम्झन्छु म । मुटु पुरै भक्कानिएर आँखाबाट आँसु आउन खोज्दा खोज्दै पनि आफैले आफैलाई सम्हालेको पनि सम्झन्छु । पछि पनि कति पटक यो कविता सुनेर रोए म ।
    हिजो धेरै दिन पछि "रुख" कविताको याद आयो । बेलुका होमवर्क गर्दै गर्दा सुत्दा कविता सुनेर सुत्छु भनेर सोचेर बसेको थिए । म रुन्छु भनेर पनि मलाई थाहा थियो । रोए पनि । मजैसँग रोए । त्यस कविताका प्रत्येक शब्द सुन्दा मुटु भक्कानिएर आयो, आँसु थाम्न सकिन मैले । जीवनमा अझै कति धेरै कविताहरु पढ्न, सुन्न बाकी नै छ, तर आजको दिनसम्ममा मलाई भावबिभोर बनाएको कविता भन्ने हो भने "रुख" नै सम्झन्छु । "रुख" भन्ने कविता, मेरो मनमा बसेको छ । यो कविता सुन्दा सायद जहिल्यै आँसु बग्ने छन् । म यी आँसुलाई बग्न दिने पनि छु । सबैभन्दा मन परेका कविताहरु कुन हुन् भनेर कसैले सोध्दा, "रुख" भन्न म कहिल्यै छुट्टाउदिन । "रुख" कविताले म माथी पारेको प्रभाव कहिल्यै मेटिने छैन ।
    "बुढी , तलाई नसुनाएर मेरो कुण्ठा कुन ठाँउमा गएर पोखु त म?"
    "रुख" ❤️

  • @rajanpaudel4431
    @rajanpaudel4431 Před 4 lety +11

    सलाम छ दाजु चिता मा पुग्दा पनि यस्तै कबिता हरु सुन्न पाइयोस।🙏🙏❤

  • @bharatshrestha1466
    @bharatshrestha1466 Před 5 lety +19

    कसरी आउछन् यस्ता राम्रा
    शब्द र आत्मीय सृजनाहरु
    साच्चै आँखा भरिन्छ ।
    love you bro

  • @manojsubedi5689
    @manojsubedi5689 Před 5 lety +30

    जब बेस्सरी मन आत्तिन्छ नि तब दाइलाइ सुन्छु 🙏🙏🙏

  • @nabinbhattarai238
    @nabinbhattarai238 Před 4 lety +2

    आफू बाबू बनिसकेपछी पनि बाबू बन्न नसकेका बाबुहरु कहिले बाबू बन्छन ।great poem dai 😍😍

  • @kshitizkshetri661
    @kshitizkshetri661 Před 5 lety +21

    जवानीमा जीवन छोडनेहरु कहिल्यै बुढो हुन्नन होला है?
    Really touching lines Kabi jee❤️

  • @santoshbk8592
    @santoshbk8592 Před 2 měsíci

    ❤❤❤❤❤निसब्द😢😢 शब्द को गरुङ्गो भारी टिल पिल टिल पिल भरियेको मन को तलाउ कति बेला छचल्कियो पत्तै भयेन

  • @deepaksapkota1100
    @deepaksapkota1100 Před 5 lety +9

    ती दारिहरुले गुनासो गर्छ्न आचेल
    ती हामीलाई काउकुती लगाएर हास्ने औलाहरु कता गय्😍😍💕💕

  • @Nrnoffiicial1554
    @Nrnoffiicial1554 Před 2 měsíci

    जति सुनेपनी त्यति नै नया लाग्छ

  • @dilipsharmaghimirey5962

    अनेक पल्ट सुनेँ तथापि मन भरिन्दैन , असाधारण कविता, भाव र प्रस्तुति ।।

  • @manojsubedi5689
    @manojsubedi5689 Před 5 lety +103

    दाइ को कबिता आएपछी लाइक र कमेन्ट गर्न हतार हुने मलाइ मात्रै हो ??

  • @Sam1ru
    @Sam1ru Před 5 lety +9

    Got a goosebumps...really beautiful poetry and the way you recite..stay blessed ..🙂

  • @sagarsapkota4385
    @sagarsapkota4385 Před 5 lety +70

    आंग सिरिंग बनाउने ठेक्का हजुरको हो?
    #सम्मान
    🙏🏼

  • @pathakprakash7130
    @pathakprakash7130 Před 4 lety +2

    छुटेको हरेक मान्छे अन्तिम भेटमा जस्तो थियो त्यस्तै होला भन्ने लाग्दो रैछ । 😍

  • @raitej3066
    @raitej3066 Před 5 lety +1

    युवा कबि नवराज पराजुली का सबै कविता हरु मलाई एकदमै मन पर्छ त्यसैले म youtube मा भएका सबै कविता हरु हप्ताको २ / ३ पटक हेर्ने गर्छु नवराज पराजुली को हरेक कवितामा समाजमा भएका सामाजिक पक्षको चित्रण पाइन्छ यति राम्रो कविताको लागि म हृदय देखि नै नमन गर्न चाहन्छु नवराज पराजुली ज्यू लाई ।

  • @srijanart5997
    @srijanart5997 Před 5 lety +46

    तलाई नसुनाएर मेरो कुण्ठा कुन ठाउँमा गएर सुनाउ त म ?❤️
    जहिले घाँटीमा गाठो पर्छ । ☹️🤗

  • @lxtube6825
    @lxtube6825 Před 5 lety +4

    सारै दिल छुने यो बोलि ले नै आसु झारिदिन्छ । धन्यवाद यहि आसुझार्दिने बोलि हरुलाइ

  • @safalaryal2612
    @safalaryal2612 Před 5 lety +10

    Ur lyrics...style of delivering...just perfect👌👌👌 first video i hav ever seen with 0 dislike.

  • @chebanspathshala3070
    @chebanspathshala3070 Před 5 lety +2

    नवराज पराजुलीज्युका कविताहरु जति मार्मिक छन त्यो भन्दा अतिनै उच्चस्तरीय उनको वाचन शैली।अझ धेरै कविता सुन्ने अपेक्षामा छु

  • @GodTheAlmightyy
    @GodTheAlmightyy Před 5 lety +6

    My eyes get wet bro when i was listening..
    Hats off broo..
    I really love the way you express the poem😍😍😍

  • @twinworldidenticaltwin7495

    Sarai marmik xa yo kabita...billions of likes n love to the young, energetic and handsome poet.

  • @bhaktabhujel4681
    @bhaktabhujel4681 Před 2 lety

    आहा कस्तो मार्मिक सब्दहरु 😭😭

  • @radhekrishna12365
    @radhekrishna12365 Před 3 lety +1

    जति सुनेनी अझै एक चोटी भन्ने लाग्छ दाजै हजुरका कविता सुन्दा 🥰☹️🥰

  • @alinaalina932
    @alinaalina932 Před 5 lety +16

    #toched
    I wish I could live longer than my parents,so I could take care and give all the happiness they deserve.

  • @EngineeringEvolution1
    @EngineeringEvolution1 Před 5 lety +6

    दाइ को भिडियो हेर्न उत्साहित हुने म मात्रै हैन होला😍

  • @sushilshrestha1229
    @sushilshrestha1229 Před 5 lety +4

    What Gene inspires with such words ?? Awesomeness...

  • @nawarajbasnet8186
    @nawarajbasnet8186 Před rokem

    Hajur ko harek kabita haru ko gahirai ma dubna ko Ananda nai xuttai xa❤️❤️❤️

  • @kailashghimire4221
    @kailashghimire4221 Před 5 lety

    अहिले सम्मको सबैभंदा राम्रो कबिता, नेपाली समाज को चित्र छ ,यो कवितामा।।

  • @radhakrishnabhatt310
    @radhakrishnabhatt310 Před 5 lety

    अदभूत क्षमता भएका कवि नवराज पराजुली, love you dai.💞💞

  • @manjurai4249
    @manjurai4249 Před 4 lety

    तपाईंको कबिताको कुनै जवाफ नै छैन .....👏👏👌👌♥️♥️

  • @prakashpudasaini3975
    @prakashpudasaini3975 Před 5 lety

    कुन शब्द ले भनौ कि यो कबिता राम्रो भन्दा पनि आजै धेरै राम्रो छ
    #nawaraj sir

  • @gorkhaspower1594
    @gorkhaspower1594 Před 5 lety +3

    No words for your poem and style of presenting. 😍🤗👏

  • @sagarnpne2227
    @sagarnpne2227 Před 5 lety

    दाजैको शब्दको गहीराई र बाचन शैलीले गर्दा कबिता सुन्दा सुन्दै आँखा रसाईदिन्छ।😥😥😥❤❤❤❤❤

  • @whomptilizes
    @whomptilizes Před 5 lety +6

    have temptation to spend my lifeline flowing through your melodious, magical and mysterious poem!
    -a die-hard fan

  • @kehi_nilo
    @kehi_nilo Před 3 lety

    The way yu describe evry and each wrd... lagxa ksoile merae kura bhndeko xa.. jbki mle n bhogeko hola kunae kura. Tra lagxa maele nae bhogeko hola😢😢 and ryt now i am typing this comment wth tears in my eys😭😭😭
    Salute yu boss

  • @vishnuprasad1850
    @vishnuprasad1850 Před 4 lety

    छुटेको मान्छे अन्तिम भेटमा जस्तो थियो त्यस्तै देखीने रहिछ । वाह 😍😍😍

  • @sabinbhadel6068
    @sabinbhadel6068 Před 5 lety +1

    प्रतिक्षाको फल धेरैनै मिठो भयो।
    Thank you so much for nice one
    Just love 😍😍❤️❤️

  • @bishnuboharasb2363
    @bishnuboharasb2363 Před 4 lety

    Mero best poet ho nepal ko

  • @aashima656
    @aashima656 Před 5 lety +9

    😍 When I really feel alone.. I like to listen your poem ‍❤️ big fan....words became few to describes.. I really appreciate your work .

  • @pawon6434
    @pawon6434 Před 4 lety

    हरेक शब्द मन छुने हुन्छ
    कता कता छुन्छ
    😘😍
    छुटेको हरेक मान्छे जस्तो थियो तेस्तै लाग्दो रैछ

  • @smriti608
    @smriti608 Před 3 lety

    आदरणीय सर हजुर मेरो मन भित्रको भाब हरु छलबलिएको हो कि सुनेर जहिल्यै गहभरिन्छ मेरो....😍😍😍😍🙏

  • @ujwalbhattarai5737
    @ujwalbhattarai5737 Před 5 lety +1

    यी शब्दका मार्मिकताले आखानै रसाएछ

  • @kabitaneupane886
    @kabitaneupane886 Před 3 lety +1

    Aama baba ko sarai yaad aayo 😭😭ghr dhekhi dherai tada xu 😥

  • @Healing-Soul99
    @Healing-Soul99 Před 4 lety

    आँखा बाट बरर आसुँ खस्यो दाई तपाईंले यो कबिता बाचन गर्नु भएको सुनेर😥😥💕💕

  • @Ramrepchungraiofficial

    साह्रै गज्जब नवराज सर

  • @kamalalimbu7388
    @kamalalimbu7388 Před 5 lety +1

    ❤️❤️❤️❤️❤️ sunirakhum jasto jagx hjr ko कविता

  • @mimoshakhadka5051
    @mimoshakhadka5051 Před 5 lety

    Kati runchhu ma harek choti Hajurko kabita sunda..
    malai sabai tita mitha yaad haru aauxan
    #samman 🙏

  • @amitadhikari7911
    @amitadhikari7911 Před 5 lety +4

    I love the poem of urs when I heard happy birthday chora....😥

  • @rupeshgupta6805
    @rupeshgupta6805 Před 4 lety +1

    Great

  • @dimplekunwar9379
    @dimplekunwar9379 Před 5 lety

    wow यस्ता शब्दहरूकाे सापटी लिन मिल्ने हाे भने यीनै शब्दको सापटी लिन चाहान्छ ,

  • @SajanKumar-di3cj
    @SajanKumar-di3cj Před 4 lety

    Ow 1 jiban ko chitran kati sahaj tarikale kasto marmaesparsa tarika le present garnu vako dai .salut x dai lai

  • @prabeshbaral5771
    @prabeshbaral5771 Před 5 lety +1

    jawani ma jiban xadne haru ...kaile budo hunnan haiii......wah dai wah.....man xoyo

  • @sujitasunar1965
    @sujitasunar1965 Před 5 lety

    दाई हजुरको हरेक कविताले मेरो आँखा मा आँशु रसाउंछन।

  • @bhimkcbhimkc9411
    @bhimkcbhimkc9411 Před 5 lety

    Malae harek sabdha audhe Man parx ane man ma audhe aandha aaux tq hjr ko kabeta sunnera manko ktha lae kelauna safala xu

  • @tikaramrijal7182
    @tikaramrijal7182 Před 5 lety

    कति राम्रा सिर्जनाहरु सुन्दा सुन्दै अाखा रसाउछं

  • @lokrajjoshi2057
    @lokrajjoshi2057 Před 4 lety

    बयान गर्नै गाह्रो भो यो कविताको बरेमा😍😍😍😍😍😍😍।Really loved it..

  • @sajinasubedi6972
    @sajinasubedi6972 Před 4 lety

    मैले तँ गएपछी मात्रै थाहा पाएको हुँ बुढी घाम अस्ताउँदो पनि रैछ ।
    # वाह!

    • @lsbohara3939
      @lsbohara3939 Před 3 lety

      Im searcing this comment.😍😍😍😍😍

  • @rhambusrawat3296
    @rhambusrawat3296 Před 5 lety +2

    Daajuu....another poem and again just wawaooww reaction

  • @sanjibadhikari2170
    @sanjibadhikari2170 Před 5 lety +1

    अत्ति गह्रौ सब्दहरुले मनै चिसो बनायो दाइ। अब एकल महिला सम्वन्धी कबिताको पालो ।

  • @pathakprakash7130
    @pathakprakash7130 Před 5 lety

    यो कविता पहिलो पटक पोखरा मा सुनेको हो उत्कृष्ट छ ।😍

  • @bishnuboharasb2363
    @bishnuboharasb2363 Před 4 lety

    Nawaraj parajuli is a real precious diamond poet of Nepal.

  • @karunpandey4692
    @karunpandey4692 Před 2 lety

    जब म स्थम्भ हुन्छ दाजु हजुरलाइ सम्झन्छु सलाम छ हजुरलाई🙏❣️

  • @praneelacharya4782
    @praneelacharya4782 Před 5 lety +2

    ur poem brings goosebumps.and i like they way u deliver it , awesome bro 👍👍👏👌

  • @Nepalworktechnical
    @Nepalworktechnical Před 4 lety

    हो यस्तो हुनु पर्छ, बुढी को प्रेमी । तर बुढा आमा बाबू प्रती पनि त्यतिक्कै सहनसिलता र प्रेम समाज मा मौलाए राम्रै हुन्थियो होला ।

  • @aafang1714
    @aafang1714 Před 5 lety +2

    Kunai sabda nai xaina yo kabita ko lagi😍

  • @sierrakoi1578
    @sierrakoi1578 Před 5 lety +1

    Such an amazing composition and recitation. Love each and every word 👌👌

  • @Ramesh_Sharma_Jee
    @Ramesh_Sharma_Jee Před 3 lety +1

    "छुटिएको हरेक मान्छे अन्तिम भेटमा जस्तो देखिन्छ त्यस्तै रहिरहन्छ जस्तो लाग्दो रहेछ ।" 😥🙏 1:28

  • @sumankhatri1124
    @sumankhatri1124 Před 5 lety +1

    Dai👍👍👍

  • @suzanshrestha1298
    @suzanshrestha1298 Před 5 lety

    Nawaraj parajuli dai is the best poetry of the world 1

  • @tulsakafle7485
    @tulsakafle7485 Před 4 lety

    हरेक शब्द मा जादु छन ।।

  • @gamansharma3662
    @gamansharma3662 Před 3 lety

    हृदयदेखि सम्मान छ सरलाइ🙏💟

  • @manishparajuli2010
    @manishparajuli2010 Před 5 lety

    नबराज पराजुली दाजु हजुरप्रति नमन गर्न चाहन्छु😍😍😍🙏🙏🙏

  • @birbikramswar4746
    @birbikramswar4746 Před rokem

    Wowoowoowow sabda xaina malai hjurko kabita ko bayan garna lai ekek sabda lean xoyo atttii ramro kabita hjurko unnatipragatiko kamna sir God bless you sarai mitho kabita sir👏👏👏😪😪

  • @sagargadtaula4788
    @sagargadtaula4788 Před 5 lety +9

    आखा कतिबेला रसाएछन् पत्तो भएन ...................................

  • @tekbahadurthapa4522
    @tekbahadurthapa4522 Před 2 lety

    Heartly respect sir🙏🙏

  • @harishrai3892
    @harishrai3892 Před rokem

    Wowww wowww wowww salute.

  • @ghimirenb135
    @ghimirenb135 Před 4 lety

    भनौं पनि के भनौ , हजुरको कविता सुनेर म आफै स्तब्ध बन्न पुग्छु । साँच्चै आँङ्ग सिरिंग हुन्छ हजुरको वाचन सुन्दा ..👌👌👌👌👌👌

  • @anshuthapa4781
    @anshuthapa4781 Před 2 lety

    I Miss my dad right now.... i know my mom would feel lonely too

  • @sumighimire2535
    @sumighimire2535 Před 5 lety +1

    Waooo ..highly touched nawaraj sir ..
    You are just awesome ..😍😍

  • @bishnudhital
    @bishnudhital Před 5 lety +6

    I love you mero daju 😍😍

  • @sapanagautam7246
    @sapanagautam7246 Před 5 lety +1

    😍😍 big fan of nawaraj parajuli

  • @ranjanmahato3036
    @ranjanmahato3036 Před 5 lety +2

    Heartly respect sir!!!

  • @koshisprayas8287
    @koshisprayas8287 Před 5 lety

    mishri daraj ma xa ani daraj ka chabi buhari ka haat ma xa. haitt thau ko thau behos pardini bho. loved ur thought dada

  • @aadityagam7972
    @aadityagam7972 Před 3 lety +1

    Wow

  • @pramilaghimirevlogs9020

    सारै राम्रो प्रस्तुति दाइ🙏🙏🙏🙏

  • @pragatisubedi6461
    @pragatisubedi6461 Před 2 lety

    जहिले जुनबेला सुन्दा पनि आशु झर्छ,
    कुनै शब्द छैन बयान गर्नकोलागी।।
    जबजब तेरो औधी याद आऊछ तब मेरा गिजा सार्है चिलाए भन्दै म प्याज का टुक्रा हरु चबाउने गर्छु❣🙏

  • @sonikapoudel7375
    @sonikapoudel7375 Před 4 lety +1

    Those vibrations in your voice 😰❤️made my soul charged up ....really emotional sir ..yo sunda tah maro Pani ghati ma gatho paray jasto vayo...😣😣😊😍

  • @deepakchhetry5702
    @deepakchhetry5702 Před 3 lety

    Heart touching poem.Nicely composed poem denoting the life after somebody near n dear departs.

  • @zubeenneupane
    @zubeenneupane Před 5 lety +1

    CZcams #body
    Nabraj Parajuli #Heart
    his poem #Blood

  • @Sukumarsh
    @Sukumarsh Před 3 lety

    मर्मभेदी कवि,मर्मस्पर्शी कविता !

  • @sarojchettri1524
    @sarojchettri1524 Před 2 lety

    I'm drunk . I listening to his poem rather than other songs. I love this person.

  • @ashok4405
    @ashok4405 Před 5 lety +12

    युटुबमा लब रियाक्ट किन हुदैन क्या😍💞

  • @SAGAR-ul8fh
    @SAGAR-ul8fh Před 5 lety +1

    Huge Respect

  • @neemaneashour1777
    @neemaneashour1777 Před 4 lety

    वाह वाह ..❤ हजुर को कविता प्रेणादायक छ

  • @rajubhandari6696
    @rajubhandari6696 Před 5 lety +1

    hajur ka kabitaharu nai kafi xan sir kasaiko man ani soch badalna❤❤

  • @ashishadhikari4036
    @ashishadhikari4036 Před 4 lety

    Waw daju 💖💖💖💖 कुन शब्दले बयान गरौ तपाईंका शब्दहरू लाई सुन्दर रचना !!!!!

  • @bijayparajuli8129
    @bijayparajuli8129 Před 4 lety

    Man xune kabita

  • @yubrajjoshi736
    @yubrajjoshi736 Před 3 lety

    luv uh soo much dada

  • @maulikaslife9088
    @maulikaslife9088 Před 5 lety

    नवराज जि आँसु आयो ....

  • @pathakprakash7130
    @pathakprakash7130 Před 4 lety

    धेरै पछि सुन्दा पनि उस्तै मज्जा आयो । साहित्यिक सम्मान छ । मलाई पनि लेख्न सिकाइदेउ दाई 😍