Video není dostupné.
Omlouváme se.
गाउँ फर्कनेको कथा | Gaun Farkaneko Katha | Herne Katha EP73 | हेर्ने कथा
Vložit
- čas přidán 3. 01. 2022
- कुसुम र साथीहरुले सपना देखेका छन् । गाउँ छोडेर पलायन नहुने सपना । यी सपनाका सेरोफेरो नै उनीहरुले बाँच्न खोजिरहेको कथा हो ।
#HerneKatha #GaunFarka
Story of an aspiring musician who left Kathmandu and started farming in his own village with likeminded friends.
Join this channel to Support Herne Katha.
bit.ly/JoinHerneKatha
========================
💁♂️💁♂️💁♂️ Become our Patron 💁♂️💁♂️💁♂️
You can make monthly contribution to support the production cost of Herne Katha.
Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on CZcams. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
"Home sick भनेको श्रीमती सङग मात्र हुदैन, घर परिवार गाउँ सङग पनि हुन्छ " Best Line 😊
माटो संग नि हुन्छ थप्नुस
@@Table_person .r. d
kkk
Exactly i am home sick too!! Wife sath mai vaeni nepal nai jana mon lauxa nepal mai basna mon lauxa !
khaas ma homesickness ho ra yo vaneko gharko samjhana ho tyo aba hajur gharma huda j kurama badi lipta hunu hunthyo jastai ama buwa srimati, bacchaa or gauka pakha pakhera j ni huna sakxa🥰
मन पर्यो असाध्यै ।
घोप्टो परेर रोए। म अमेरिका छु ५ बर्ष भयो। परिवार साथ छ त्यै पनि म नेपालको घर, गाऊ मेरो समाज मेरो वरिपरि असाध्यै मिस गर्छु!! एकदिन म पनि फर्कन्छु।।
Sir , तपाईं संग कसरी सम्पर्क गर्न सकिन्छ ?
Aafno desh ra sugandh farkai hunxa sir welcome to Nepal
फर्कन पर्छ आफ्नै गाउँ बन् पाखा जस्तो प्यारो संसार को जुन कुनै ठाउँमा पुगे पनि पाइँदैन।
Welcome nepal
Janani janmabhumi
.........garayasi..
Kolle naja vaneko cha ra jau na ta Ajhai royo gare ghopto parera 🤪🤪🤪 ak din janchu re Ajhai k k na Kata vaye jasto jabo 5 barsa basera thoit🙄
'सोच' बदल्नुहोस खुसी आँफै मिल्छ, 'स्वभाव' बदल्नुहोस इज्जत आँफै मिल्छ,
कसैको 'पाउ' पर्न जरूरी छैन, 'बाटो' सहि रोज्नुहोस, 'गन्तव्य' आँफै मिल्छ ।
अष्ट्रेलिया जाने योजना बनाएकी थिएँ, कुसुम दाइको कथा हेर्दा गाउँ नै बस्छु भन्ने आत्मबोध भयो!😞❤️ कतिपय कथाले जिन्दगी नै फेरिदिदो रैछ्न!
Australia jadai zu vanera sunauna ko laagi cmnt gareko nahos..suvakamana.
very nice asmi g
हामी मिलेर केही गरौं अश्मी जी
बहिनीको परिवर्तित मन यथार्तमा सार्थक रुपमा देख्न पाँउ । जय मातृभुमि !
Good working
"मैले management बाट digree गरेको गल्याङ बाट ...मैले गोबर फाल्छु भन्न मलाई केही पनि अफ्ठ्यारो लाग्दैन" Those words are too much inspired Bishnu dai. 😍😍
salute my brother..🙏
Great work bishnu sir
Great job sir 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
Proud of you
True. Job is job. Why worry wht others say or think.
7/8 घन्टाको लामो कथा भएनी हेरिराख्न हुन्थ्यो झै लाग्छ हेर्ने कथा 🔥🖤
Um k hai 💗💗
तेस्तै लाग्छ मलाइ नि
तेस्तै लाग्छ मलाई
@@bishnughimire5021 y
Tei ta jati hera nii man naii naagauneyy ekdam man xunxa hrne kathale❤️
कृषि बिकास बैंक गल्याङ शाखा बाट हामिले ब्याज अनुदान सहित को कर्जा प्रदान गरेको याद आयो कुसुम को कलाकार कृषि फर्म र अर्को प्रेमिका कृषी फर्म लाई । उदाहरणिय उधमी युवा लाई सलाम
फिलिम भन्दात हेरने कथा नै रामरो लागछ मलाइ हौसलार हिमतिलो जिवनी सुन्दा र हेरदा
यो ग्रुपको कहिल्यै मनमुटाव नहोस् मिहिनेत गरे सफलता छ युवा जागरुक भए समाज संगै देश परिबर्तन हुन्छ 🙏🙏🙏🇳🇵🇳🇵
म पनि तेहि सोच्दै थिएं ।
🙏🙏🙏
same
Same thinking proud of you 💕🙏💕☺️🌻🌼love form Khotang
Wish you good time with same friends from Dolakha at present Dubai Khadi 🙏
यो देशलाई साच्चिकै आत्मनिर्भर गराउनेहो भने अरु लाखौं कुसुमहरु अब गाउँ फर्किनु पर्छ । आहा कति निश्चल छ है गाउँ 🤩
कस्तो मनै देखी नाचौ नाचौ लाग्ने आफ्नो पश्चिमेली भाका सुनेपछि ❤️
शरीर नै जुरूङ जुरूङ भयो। आनन्दपनि असिमित आयो। 3 पटक हेरे । सबैलाई उच्च सम्मान। सरकारी ऋण नमिलेको सुन्दा राज्यपर्ति घृणा पैदा भयो। सम्बन्धित अधिकारिहरूको नजर पुगोस् र यस्तै राष्टप्रेमी लाइ कुनै अड्चन नपरोस्😍😍🙏🙏🙏
हाम्रो नेपालमा यति मेहनती युवाहरु देख्दा
गर्व लाग्छ सलाम छ यस्ता युवाहरुलाई 🙏🙏🙏
do not translate
@@sanjaypariyar1181 😂
गर्व होला हजुर गर्भ त लाग्न भएन नि । सरि ! #
भविष्यमा गन्तव्यको खोजी अन्योलग्रस्त अवस्थामा गुज्रिरहेका नेपाली युवा पुस्ताहरु मा यो एपिसोड कोसे ढुङ्गा साबित होस्।
दिदि विद्या चापागाईं लगायत सम्पूर्ण हेर्ने कथा समुहमा हार्दिकता नमन गर्दछु ❣️🥀
Absolutely right ✅
Dami hajur
साच्ची कुरो जीवन बाच्नुको मजा आफनै भुमिमा आफै जन्मेको माटोमा दुख गरेर दुई छाक आटो खाएर मोहि सगै मकै खादको आनन्द अरु केहिले दिदैन आफ्नै माटो सग तेहि बन जङ्गल खोला नाला जन्मिएको गाँउमा सग जोडिएको मन अहा कति सुन्दर बिधा दिदी लाई मुरी मुरी धन्यवाद
आहा कति आनन्द जिन्दगी घाँस काट्यो दुध खायो दोहोरी गायो बूढी सँग सुत्यो
यसको मजा हामी परदेशीलाई के था
साँच्चै अब आफ्नै गाउँघरमा गएर केइ गर्नु पर्छ गाउँमै रम्नु पर्छ 🙏🙏👍👍
शहरमा घर मात्रै नजिक हुन मान्छेको मन 🤨
टाढा हुन्छ तर गाँउमा घरहरु टाढा टाढा भएता
पनि मान्छेका मन अत्यन्त नजिक हुन्छ !🤗🙏
Anty ko comment panisabai video ma dekhxuta je hos ramro xa
@@nirojtamang1827 hai na yo dd le sabai ma comment gareko dekxu kati sarai fursad ho.job nai comment garne ho k ho 😀
Sahi ho
म त गाउँ घरमै जनमेका मन्छे तेसैले एसता खले कथा र बेथा मलाई निकै प्यारो लग्छ
नलेखु नलेखु भने पनि मन कहाँ मान्छ र ! सँधै हेरौ हेरौ लाग्ने ज्ञान वर्धक उत्कृष्ट कार्यक्रम । विद्या जी टीमलाई हार्दिक बधाई तथा शुभकामना 🙏🙏
I love the Editing technic of this show....
मलाई मेरो त्यो समयको धेरै याद आयो जुन अज भन्दा २२ बर्ष पहिले को । धेरै राम्रो छ भाइ हरुले गरेको काम। सबै मा यस्तै जोस जागर पलाओस। सबै को जय होस् ।🙏
स्यांजाली फटाहा भन्नेले केहि सिक के,
यो क्षेत्र हिजोको सभ्यता हो, अब समृद्धिको मुहान हो र बनाइने छ !!!
अाहा ! क्या राम्रो सोच ,,
सबै युवाहरु मा यो चेतना अाए देखि हाम्रा होनहार नेपालि युवाहरु मरुभुमि बाट काठको
बाकसमा अाउनु पर्ने थिएन ,हजुरहरुको यो पेशाको सदा प्रगति होस्,साथै बिद्या जि लाइ अाभार प्रकट🙏
मिहिनेती युवा दाजुहरुलाइ सलाम अनि हाम्रो जस्तो गाउँ ठाउँको कथालाइ देश बिदेश सम्म प्रसारण गर्ने बिद्या चापागाईं लगायत हेर्ने कथाको सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद 🙏🙏
अर्को पटक फर्म सफल भयेपछि फेरि दोस्रो भाग हेर्न पाइयोस।
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🥰🥰
कुसुम आखिर कुसुम नै रहेछ!😍😍 उहाँलाई साथदिने अरु साथिहरु वास्ना रहेछ!
यो कथाले छुट्टै उर्जा दिएको अनुभुती भयो!😊
Thanks
कस्तो रमाइलो गाउँ, कस्ता मिलेका साथी, कति सफा, राम्रा गाई, कति मीठा गीत ! धन्यबाद छ हेर्ने कथा टीमलाई ! कुसुमजीलाई सुन्दै विद्याजीको मुग्द भएको मुहारपनि कम्ता मजाको थिएन ! :)
कित रामराे टाेिलरहेछन।
म पनि गाउँ फर्किएर यसरिनै बस्न मन छ ।
टाउको जोत्न भन्दा हलो जोत्न आनन्द छ ।
गर्व लाग्छ अनि आदरणिय सलाम छ यस्ता मेहेनती, त्यागी युवाहरुलाई.... धेरै धन्यवाद दिदि हजुर साथै समस्त टीम प्रति !!!
आफ्नै गाउको कथा हेर्न पाइयो😍😍धन्यवाद हेर्ने कथा टिमलाई 😍
कस्ताे मा नै भक्कानिने खालकाे शब्दहरु हुन बिचबिचमा गाउकाे सार्है याद आयाे 😭🇳🇵
हेर्ने कथा, नेपाल र नेपालीको कथा, हेर्ने कथा सङ्गै हुँदा समय गएको पट्टै हुन्न ।
म प्रदेशमा रहेर सधैं हेर्ने यो कार्यक्रम,यो एपिसोडले साच्चिकै मन छोयो अनि स्वदेश फिर्ता हुनुपर्ने कौतुहल्ता जाग्यो।
सबै कर्मठ हातहरुलाइ हृदयदेखि सम्मान 👏 👍️ सारै मिठो कार्यक्रम 🙏🇳🇵💐
हाम्रो गाउँ स्याङ्जा गल्याङ नगरपालिका बस्ती सम्म पुगेर यथार्थलाई समेटेर कथाको रुपमा प्रस्तुत गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद खुशी लाग्यो आफ्नो गाउँठाउँको दाजुभाइ हरुको काम र विचार देखेर ।हामी आभारी छाैँ हजुरकाे याे र यस्ता सयौं कामहरुबाट बिद्या दिदी लगायत टिमलाई 🥰। राम्रो गर्नु भाको छ दाजुहरु अजै राम्रो गर्दै जानु सुभकामना छ ।दाजुहरु को काम र बिचार 👌👍👏🥰।
म पनि घुम्न जाने हो यो हजुर को गाउँ अनि यही फर्ममा गएर दुध खाने हो
यो अरुको कथा सुन्धा जति रमाइलो लाग्छ
त्यती गारो आफ्नो जिबनमा लागु गर्न छ
देखाइ र भोगाइ आकाश पाताल फरक छ
हाम्रो स्याङ्जा जिल्लामा गएर यति राम्रो सम्पुर्ण बेराेजगार युवालाई प्रेरणा दिने खालकाे रियल काहानि सम्पूर्ण नेपाली माज पुराउनु भएकाेमा तपाईकाे टिमलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु
माटो सँगको गजबको मितेरी! इमानदारिता,हार्दिकता र सौहारदताको अनुपम उदाहरण !!वाह बधाई छ कर्मयोगी टिमलाई।।
यो टिमले अझै प्रगति गरोस सुभकामना छ !!! टिम र मन मिले कृषि क्रान्ति सम्भब छ भन्ने उदाहरण हो !
जहाँ मिहिनेत छ,जोश र जाँगर छ अवस्य पनि त्यहाँ सफलता हुन्छ । सफलताले शिखर चुमोस् मुरली ए्ग्रो फर्मका जोशिला र जाँगरिला भाईहरु शुभकामना ।
नेपालमा राेजगार छैन भनेर विदेशीनि र मान्छेमा मानवता हरायाे भन्नेहरुले याे भिडियो हेर्नुस् अनि शिक्षक भएर कुनै सङ्काेच नै नमानि यति मेहनत गर्ने मेरा गुरु प्रति नमन😥🙏🏻अापनै गाउकाे यति मिठाे अनि सन्देशमुलक भिडियो अाउदा धेरै खुशी लाग्यो ।अझै प्रगति काे शुभकामना 🙏🏻❤भाग २ पनि अाअाेस् ।यस भिडियो मार्फत युवाहरुलाइ स्वदेशमा पनि जिउन सकिदाे रैछ भन्ने प्रेरणा मिलाेस् 🙏🏻🙏🏻💞
कुसुम ज्यु लगायत सम्पूर्ण उहाको साथिहरुमा सलाम छ । तपाईंहरु बाट हामी सबै नेपालीले पाठ सिक्नु जरुरत छ । बिद्या ज्युलै धन्यबाद । हिराहरु खोजेर हामी माझ पस्कनु भएकोमा । 🙏🙏🙏
काेहि कसैका comments पढ्दा पढ्दा मात्रै पनि असाध्यै मन छुन्छ र मन त्यसै भकानिएर अाउछ । स्वास्थ ज्ञान र मनाेरञ्जन दिने हेर्ने कथा ।
यो हेर्दा सबै छोडेर गाउँ जाउ जस्तो लाग्यो। मन छोयो।
कमेन्ट नगरौं मन कहाँ मान्छ र यति राम्रो गाउँ घरको भिडियो हेर्नू पाउँदा बिद्या दिदी लाई धन्यवाद 😍🙏🙏
अब अर्को कथा हेर्न फेरि 15 दिन कुर्नु पर्ने । ठिक छ 15 दिन कुर्ने तर कथा यस्तै मेहिनत गरेर ल्याउनु । उत्कृष्ट छ कथा
नेपालीका लागी कती मिठो सन्देश । सच्चिकै सलाम अनि सम्मान छ हजुरहरुको यो कार्यलाई ।❤️🙏
अनौठा मुन्छे ।वास्तविक मुन्छे ।
नेपालका सबै युवाहारुमा यस्तै सोच पलाइदिएको भए आज यति धेरै युवाहरू विदेश पलायन किन हुनु पर्थ्यो । असाध्यै राम्रो लाग्यो यो कथा I विद्या दिदीलाई धेरै धेरै धन्यवाद🙏 यसको भाग २ ल्याउन पाए अझै राम्रो हुन्थ्यो । एकदमै प्रेरणादायी लाग्यो यो कथा🙏👏👏👏👏👏👏
वा वा हाम्रो गाउँठाउँमा पुग्नुभएको मा धेरै धेरै धन्यवाद दिदिलाई 🙏🙏🌹🌹
आहा कति राम्रो सबै लाइ सम्झेको छु है प्रीय हरु 😍😍
खोज पत्रकारिताव बास्तबमा यहि हो सलाम छ बिद्या दिदी एन्ड होल टिम 🙏❤️
आफ्नो माटो हाँस्दै, गाउदै रमाइएका हस्तिहरू, जो धेरै व्यक्तिहरूको लागि उदाहरणीय हुनुहुन्छ ! आजको बसाइ पनि प्रेरणादायीमूलक भयो !!
हाम्रो गाउठाउको कथा हेर्न मज्जा आउने भयो
यो भिडियो मा भएको तपाईं पनि हो ?
स्याङ्जा गल्याङ गेझाको हो हजुर🙏
@@prenabhusal7261 Syangja Galyang-9, Gejha ho
@@prenabhusal7261 स्याङ्जा हो सर
@@sundargaire2050 😂😂
धेरै राम्रो बिध्या जिलाइ धेरै धन्यबाद र सबै साथिभाइलाइ तपाइहरुको भिदिव हेरेर साहेद कोइकोइको मन र सोछ परिबर्तन हुनसक्छ
छिमेकी जिल्लाको उदाहरणीय कथा देख्दा रमाईलो लाग्यो केही ज्ञा पनि मिल्यो म पर्वतबाट।
Lots of love for all of you guys..आफु पनि गाउले भएर होला येस्तै कथा हेर्न मन पर्ने ,missing my childhood memories
गाउँ मै स्वर्गीय आनन्द मिल्छ यदी तपाईमा
जीवन जिउँने कला छ, भने....!🤗💖🙏
मेहनशिल दाजुभाइ हरुलाई सलाम छ🇳🇵🙏
पहिलो कुरा मेहिनेती दजु भाईहरुलाई सलाम अनि यो you tub पनि हजुरलाई पाउँदा झनै खुसी we र rock
दश पटक हेरिसके एस्तो पो हुनुपर्छ कार्यक्रम सबै लाइ सम्मान छ
कति रमाइलो।।।।।।।नेपाल फकन मन लागिरहेको छ।।।
आफ्नै ठाउँको कथा हेर्ने उत्सुकता पूरा भयो, बधाई छ सम्पूर्ण टिमलाई❤️❤️
धन्यवाद हजुरलाइ पनि❤️🙏
la hai dhnyabad
Hats off to the youths🙏🙏
yo Kun thau ho ni?
Wow
धेरै राम्रो म गाउको मन्छे रोजगार खोज्न सहर पसे मलाइ थाहा थिएन गाउको तेत्रो सम्भावना छोडेर बिन अर्थ सरह पसेछु यो कथा हेर्दा आज अब गाउँ पस्छु लौनो भौसी पल्छु टन्न दूध भत खन्छु जय हेर्ने कथा जय दिदी जय नेपाल
शुभकामना हजुरलाइ
सलाम छ कुसुम अनि कुसुम का अरु पात्र हरु लाई नथाकुन ती उदाहरण बन्न लागेका हात हरु,
यस्तो सन्देश मुलक आनन्द मय भिडियोको समय सारै छाेटो भयो एक घण्टाको भए हुन्थ्यो ।
पहिले कथा पढ्थेउ अहिले हेर्न पाएका र्छौ ।धन्यवाद बिध्या दिदी यो उत्कृष्ट सामग्री को लागि🙏🙏
यसैगरी हरेक युवाले आफ्नो गाउँ घरमै कर्म थलो बनाय देशमा कृषि मा क्रान्ति आउनु को साथै वैदेशिक रोजगारीले बिगि्रएको देश सुधारक हुनेछन्
योग्य, कर्मठ, युवाहरु गाउँमै ब्यबसाय, रोजगारी ,इलम गर्दा युवा मात्र आत्मनिर्भर ,सुखी रहदैन खुसी त सारा गाउँ पनि हुन्छ ।। सारा गाउँलाई नै खुसी बाडिरहेको हुन्छ।। salute छ उहाहरुको जस्तो सुन्दर अनि मेहेनती मन प्रति😍😍
मजा आयो,खुसी लाग्यो,गाउघरको झल्कोले सतायो,,,बधाइ छ सबै सबैलाइ
हाम्रै क्षेत्रको कथा हेर्न पाउदा खुशि लाग्यो धन्यवाद बिध्या दिदि ❤️
धेरै धन्यवाद दिदि हजुर। 🙏 अनि हाम्रा दादा हरुको team लाइ अग्रिम शुभकामना 🤗🌻 यस्तै programले हामि लाइ पनि नयाँ सोच विकास गर्दछ thank you दि अनि हजुर को team लाइ 💜
❤️❤️❤️🙏
thanks
Inspiring stories! People in government needs to see this and make incentives for these young people. गाउँ फर्क अभियान सफल बनाउँ । जनकेन्दित, कृषि केन्द्रित कार्यक्रम अघि बढ़ाऊँ।
हेर्ने कथाकाे नयाँ अङ्कमा आफ्नै गाउँकाे कथा हेर्न पाउँदा साह्रै खुसी लाग्याे । सलाम छ पाैरखी हातहरूलाई ।
thank u Mukti
आफ्नै गाउँ ठाउँ(गल्याङ)को कथा,गाउँ छोडेका र छोड्ने मनस्थितिमा रहेका, गाउँमा केही हुदैन भन्नेका लागि र हामी सबैका लागि निकै प्रेरणादायी र सान्दर्भिक लाग्यो यो कथा।बधाई अनि शुभकामना छ गाउँलाई आत्मनिर्भर बनाउने सोच राख्नु हुने कुसुम जि को लोभ लाग्दो टिमलाई ।।
कति गाई फमॅ सामाजिक संजाल माफॅत हेरीयो तर कुसुम भाई को फमॅ हेदाॅ यति आनन्द र खुशी लाग्यो की बयान गरी साध्य नै छैन ।
सबैभन्दा ठूलो कुरा मन खुसी हुनु हो। जहाँ जे गर्दा आफू खुसी भइन्छ त्यसै गर्नु उत्तम हो ।निकै राम्रो सोचका मेहनती युवाहरू ।व्यवसाय सफल होस् ।शुभकामना ।
कपाल कोर्ने काइयोका सर्जक कुसुम भण्डारीलाई देख्न पाउँदा ज्यादै खुशी लायो,युवाहरुको यो आट साहस लाई उच्च सम्मान छ,केही छैन नेपालमा भन्ने हरुलाइ के छैन र भन्ने यो एउटा गतिलो उदाहरण हो,सम्पुर्ण युवाहरुलाइ ब्यवसायिक सफलताको सुभकामना,यति राम्रो कथा बनाएकोमा बिद्या दिदी लगायत हेर्ने कथालाइ धेरै धेरै धन्यवाद!
❤❤❤
जीवन जिउन जानियो भने कति रमाइलो छ है?यी होनहार अनि कर्मठ साथिहरुको लगनशील कथा देखाइ दिनु हुने हेर्ने कथाका विधा दिदी लगायत पर्दा पछाडीका सम्पुर्ण समुहलाइ हार्दिक नमन🙏सबैको जय होस!
मेरो साथीहरूलाई देखेर खुशी लाग्यो।अझै ऊन्नति होस।जय कोटकी देवी🙏
Herer na aagaune katha bastbikta bokeko kathale sachhai nai man choyo😍dd hjrlai dharai dharai maya
यो कथा पहिलेनै हेरेको हो तर फेरि हेर्न मन लाग्यो ❤
आहा हाम्रो ठाँउ, दाजु हरुको बाँसुरी । घरै गए जस्तो भयो हेरेर म्😍
CZcams मा भएको धेरै channel हरुमध्ये सबैभन्दा मन पर्ने भनेको हेर्ने कथा हो । धन्यवाद दिदि तपाइलाइ ।।।।।
आहा उहॉंहरुको मित्रता अनी देश, आफ्नो ठाउँ र गाउँ साथै संस्कृती संगको प्रेम अझै पनि छ होला कि ? मेरो जिज्ञासा । यदी सबैमा यस्तै भाव भैदीने हो भने स्वीजरल्यान्डको नाम हामीहरुले बिर्सने थियौं ।🥰🕉🇳🇵
निकै राम्रो उदाहरणिय कामको थालनी गर्नुभएको रहेछ आफ्नो गाउँ ठाउँमा बसेर स्रोत र साधनलाई उपयोग गरेर आफ्नै ठाउँमा सुख दुःख साट्ने सोचका साथ अघि बढेको छ। सम्पुर्ण साथि हरु एकजुट भएर लाग्न थालेको देख्दा खुसी लाग्यो र तपाईंहरूको देखासिकी आरुले पनि गर्न सकोस्। गाउँ फार्कौ र आफ्नो गाउँ आफै बनाअौ👏👏🙏🙏🇳🇵🇳🇵😍😍😘😘
This program is just wow 💓 when i always see the episodes i feel the life of the people the nature of nepal ♥️huge respect to the team 👍
आहा एति गरेर आफ्नै गाउँ आफ्नै जन्मेको माटोमा प्राण त्याग्न पाए अरु के चाई धन्यवाद बिद्या जि एति राम्रो सबै लाई प्रेणा मिल्ने कथा प्रस्तुत गरेको मा🙏🙏🙏🙏🙏🙏
Hats of to this Man!!! manchhe haru aajkal Viral huna famous huna jun had pani paar garchhan specially Tiktok ma.. ra yini Bekti, yinko geet sunera thulo vayem.. waha afno sab chhodera sadharan jiban jeudai hunuhunchha❤ you're a true inspiration😌One of the best Herne Katha.. thank you for making this!!!
यक्दम सुन्दर सन्शार अनि सान्ती को मन्दिर जस्तै काहानी यो काथा भित्र धेरै मन को गहिरो कुरा पाय मैले
दुर दराज अनि कुना कन्दरा का आवाज अनि कथा हेर्ने कथा
यसरी नै उक्लिरहोस हाम्रो कथा ले सफलता को उकली हरु
हार्दिक नमन हाम्रो निर्माण समूह तथा परिवार मा
स्वदेशमा रहेका पौरखी दाजुभाई हरु बाट बिदेश मा रहने दाजुभाई लाई स्वदेश फर्किने उत्प्रेरणा अवस्य मिल्नेछ।
हेर्ने कथाको सम्पुर्ण टिम लाई हार्दिक नमन।
बिदेश गयर पराई को दासि बन्नु भन्दा नेपाल मै यति दुख गरेर दुख फल प्राप्त गर्नुभयको मा धेरै धन्यवाद सम्पुर्ण युबा लाई ❣️🙏
लाखौ स्वदेशी अनि बिदेशी युवाहरूको प्रेरणादायक साचो सच्चा युवाहरूको जमात एकदमै राम्रो लाग्यो ।
Dedicated by bidhya chapagain 😊
बिध्या तिमी त्यति मिठो बोल्छौनी कसरी 😌
कोइलीले आफ्नो स्वरमा मन्त्रमुक्त पारे जसरी ❤
❤️
सबै भन्दा ठूलो कुरा भनेको आनन्द लिनु हो। हाम्रा स्कुल अनि बिश्व बिद्यालय ले सिकाएको शिक्षा नेपालमै लागू गर्न सके कति रमाईलो हुन्थो।❤️
खुसी के मा हुनि भन्नि यहाँ बाट थाहा हुन्छ
जिन्दगी के थियो होइन के बनाए भन्नि ठूलो कुरा हो
मलाई नी हजुर हरु को grp मा join हुन मन लाग्यो😍😍
भन्नि कुरा भन्दा गर्नी आँट woww ❤️
मार्ग देखाउने एक दम राम्रो प्रयास हो खुशी लाग्यो अति धेरै नै ❤
यि युबाहरुलाई धेरै धेरै सम्मन दिनु पर्दछ ,धन्यवाद बिध्या जि को टिमलाई जसले देशको कुना काप्चामा पुगेर नयाँ नयाँ प्रतिभा र समाचार को खोजि गरेर हामी माझ पस्कन सफल भएको छ।।। मुरली फार्मको उत्तरोत्तर प्रगतिको कामना।।।।
कुसुम दादा लगायतका सबै टिम लाइ सफलता को शुभकामना साथै कुसुम जि को यथार्थ भोगाई लाइ हेर्ने कथा मार्फत बिश्व भरिका नेपालीलाइ देखाइदिने विघ्या जि लाई धन्यवाद
आहा युवाहरुको गाउँप्रतिको माया , मेलमिलाप र व्यवसायीक गाईपालन साथमा गाउको संस्कृत जोगाईरहेको जुन भिडियो हेर्न यो अन्यन्त सराहनीय छ ।👏
अति उत्कृष्ट छ र हेर्ने कथाको अहिलेसम्म राम्रो कथा लाग्यो साथै सबैभन्दा धेरै आनन्द आयो ।😘
अहिले को बिकृतिमय बड्दो समाजमा यो कथाले केही सिक दिएको छ पढेपछि काम गर्नु हुन्न गाउघरमा केही हुन्न भन्ने भावना बोक्नु भन्दा चाहने हो भने यहि आफ्नै स्वदेशमा रमाउन र कमाउन सकिन्छ भन्ने सिक हो यो🙏 धेरै धेरै धन्यवाद हेर्ने कथाका सम्पुर्ण टिमलाई 😊
Ho ta hai
आहा कति सुन्दर गाँऊ घर ,अतिनै मन पर्यो समाज पनि र कर्मठ शिक्षित युवा हरुको यो असल सोच सबै प्रेरनादायि ।
यो भिडियो हेर्दा परदेश मा भएको म गाउघर साथिभाई सबै को धेरै याद आयो 😥❤️🇳🇵
हार्दिक श्रद्धांजलि हुननाथ भण्डारि ज्यु, तपाईले लाएकको छोरा लोकलाई दिएर जानुभो
गाउ फर्कने को कथा हेरे पछी कतै रमाईलो लाग्यो कतै मन भारी भएर आयो कतै गला नै अठ्ठ्याए जस्तो भयो तैपनी रमाईलो लाग्यो मान्छे को आ आफ्नै परी स्थिती ले गर्दै बिदेशिनु र शहर पस्नु परेता पनि कुशम जि को आत्मा बिश्वाश र लगन शिलता लाई भने कदर गर्नै पर्छ र उहा सहित सम्पुर्ण साथी हरुलाई सफल्ता को धेरै शुभकामना ।