३.५ साधारण ब्याज र मिश्रित ब्याज (Simple Interest & Compound Interest)खरिदार गणित दोस्रो पत्र विशेष

Sdílet
Vložit
  • čas přidán 7. 09. 2024
  • ३.५ साधारण ब्याज र मिश्रित ब्याज (Simple Interest & Compound Interest)
    1. यदि प्रति रूपैया 4 महिनाको व्याज 5 पैसा भए प्रति बर्षको व्याजदर कति होला? (Ans: 15%)
    2. कुनै रकम प्रत्येक वर्ष त्यसको 1/10 का दरले ब्याज बढ्‌दै जाँदा कति समयपछि रु. 500 को मिश्रधन रु. 1:000 हुन्छ ?(Ans:10yrs)
    3. कति समयमा रू. 900 को 6% ले हुने ब्याज र रू. 540 को 8 बर्षमा 5% ले हुने ब्याज बराबर हुन्छ ? (Ans: 4yrs)(
    4. कति ब्याजदरमा कुनै रकम 20 वर्षमा आफै दोब्बर हुन्छ? Ans: 5%)
    5. यदि कुनै सावाँमा 2 पैसा प्रति महिना प्रतिज्ञ रुपैयाको दरले ब्याज लाग्छ भने व्याजदर कति हुन्छ ? (Ans: 24%)
    6. कुनै सावी 10 वर्षमा डेढ गुणा ले वृद्धि हुने वार्षिक साधारण व्याजदर कति हुनुपर्छ ? उक्त साँवा 8 बर्ष 4 महिनामा दोब्बर हुन कति ब्याजदर भए पुग्छ ?(Ans: 5%, 12%)
    7. रु. 10,240 को 2 वर्षमा 11%, वार्षिक व्याजदरले हुनआउने चक्रियब्याज र साधारण ब्याजमा कति फरक पर्ला ?(Ans: रु. 124)
    8यदि कुनै रकम 2 वर्षको लागि 4% प्रतिवर्षको ब्याजदरले ऋण लिंदा चक्रिय मिश्रधन रू 10816 हुन आउँछ भने उक्त रकम कति होला ? Ans: 1000)
    9 . यदि रू. 400 लगानी गर्दा 2 वर्षपछि रू. 441 मिश्रधन हुन आउँछ भने चक्रिय ब्याजदर काँतहोला ?((Ans: 5%)
    10. यदि कुनै रकम 3 बर्षमा 10% प्रतिवर्ष चक्रियब्याजको दरले रू. 26620 हुन आउँछ भने उक्त रकम पत्ता लगाउनुहोस।(Ans: रु. 20,000
    साधारण ब्याज (Simple Interest)
    व्याज (Interest)
    ऋण लिएको मान्छेले लिएको रकममा केही थप गरेर दिने रकम व्याज (Interest) हो।
    व्याज (I) = (P×T×R )/100
    सावाँ (Principle)
    सुरुमा लिएको ऋण रकम सावाँ (Principle)
    यसलाई (P) ले संकेत गरिन्छ।
    सावी (P) = (I×100 )/(R×T)
    समय (time)
    सावाँ फिर्ता गर्न लाग्ने समय लाई समय (time) भनिन्छ।
    यसलाई (T) ले संकेत गरिन्छ।
    व्याजदर (Interest Rate)
    रू. 100 को 1 वर्षमा लाग्ने व्याजलाई व्याजदर भनिन्छ। यसलाई (R) ले संकेत गरिन्छ।
    व्याजदर (R) = (I×100)/PT
    मिश्रधन (Amount)
    सावाँ र व्याजको योग मिश्रधन हो।
    यसलाई (A) ले संकेत गरिन्छ। .
    मिधधन (A) = P +1 हुन्छ।
    जहाँ, 1 = साधारण ब्याज,
    P = मूलधन वा साँवा,
    T = समय,
    R= ब्याजदर,
    A = मिश्रधन हुन्छ।
    चक्रिय व्याज (Compound Interest)
    1. वार्षिक चक्रिय व्याज (C.1.) = [P(1+R/100 )^T-1]
    2. अर्धवार्षिक चक्रिय ब्याज (C.I.) = = [P(1+R/100 )^2T-1]
    3. वार्षिक मिश्रधन (C.A.) = P(1+R/100 )^T
    4. अर्धवार्षिक मिश्रधन (C.A.) = P(1+R/100 )^2T
    This video made for education propose and donot promote and kind of thing that shown in this.

Komentáře •