काल भैरब जागेर तरबारले हान्न खोज्दा नायोज्यूले छेक्नुभएकाे । Bhairab Jageko

Sdílet
Vložit
  • čas přidán 4. 03. 2021
  • प्राकृतिक रुपले सुन्दर पोखरालाई सांस्कृतिक रुपमा पनि आकर्षक स्थलका रुपमा विकास गर्ने सोचका साथ बाह्र भैरब नृत्यलाई पोखरावासीले निरन्तरता दिँदै आएको छ । करिब ३०० वर्ष पहिले भक्तपुरका केही नेवार पोखरामा बसोबास गर्न आएसँगै उनीहरूले यो नृत्य पोखरा भित्र्याएको हो ।
    तत्कालीन अवस्थामा २६ कुरिया घरपरिवारसहित पोखरामा आएका नेवारले आफुसँगै विभिन्न संस्कृति भित्र्याउनुका साथै धार्मिक मान्यताअनुसारका मन्दिर, चैत्य, विहार बनाएको पाईन्छ । भीमसेनटोलको भीमसेन मन्दिर र भैरबटोलको भैरब मन्दिर यसका ज्वलन्त उदाहरण हुन् । यिनै मन्दिरसँगै आराध्यदेव महादेवको रौद्र रुप भैरबको नाच परम्परा अहिलेसम्म पनि जीवितै रहेको छ ।
    भैरब नाचमा बाह्रजना नर्तक भैरब, काली, इन्द्रायणी, बाराही, कुमारी, विष्णुवी, ब्रम्हायणी, महेश्वरी, गणेश, दागिनी (पार्वतीको रुप) भुच्चा र कवाङ भई नृत्यस्थलमा आउँछन् । यी भैरब गणका पात्रहरु विभिन्न शास्त्रीय गीत, सङ्गीत, वाद्यवादनको तालमा आफ्ना हाउभाउ र कटाक्ष देखाएर दर्शकलाई मन्त्रमुग्ध पार्छन् ।
    पोखरामा ६÷६ वर्षको अन्तरालमा प्रस्तुत गरिने यो नाच सामान्यतः बेलुकीपख सुरु भएर मध्यरातमा समापन गरिन्छ । नाच सुरु हुनुअघि नर्तकहरु भैरबटोलमा अवस्थित भैरब मन्दिरबाट मुकुट पहिरी हिँड्दै नाच्दै नृत्य प्रदर्शनका लागि माग गरिएको र तोकिएको स्थानमा आइपुग्ने गर्दछ ।
    उनीहरु आइपुग्नासाथ नृत्य आमन्त्रण गरेको व्यक्ति वा संस्थाका सदस्यले भैरब र भैरब गणको पूजाआजा र आराधना गर्ने प्रचलन छ । नृत्यस्थलमा इच्छुक जो कोही पनि विधिवत् रुपले पूजा गर्न सकिने र पूजाआजाका क्रममा पनि मधुर वाद्यवादनमा नर्तकहरु नाचिरहने गर्दछन् । नृत्य प्रदर्शन एक मनोरञ्जनात्मक क्रियाकलापभन्दा पनि विशेष धार्मिक क्रियाकलापका रुपमा रहेको छ । उक्त क्षणमा नाच्ने नृत्यलाई ‘गंछि प्याखँ’ भनिन्छ ।
    ‘गंछि प्याख’ ले सम्पूर्ण गण नाचमा सहभागी छन् भन्ने अर्थ दिन्छ । पूजा समाप्त भएपछि चरण चरणमा विभिन्न नृत्य सम्पन्न गरिन्छ । पहिलो चरणमा भैरब र दुई बालकलाकार भुच्चा र कवाङको नृत्य हुन्छ जसलाई ज्योति नृत्य भनिन्छ ।
    दोस्रो चरणमा चार भैरबको नृत्य हुन्छ जसमा भैरब, काली, इन्द्रायणी, बाराही हुन्छन् भने लगत्तै तेस्रो चरणमा चार देवी कुमारी, विष्णुवी, ब्रम्हायणी, महेश्वरी (गंगाजु ) दाहिने हातमा डमरु लिएर नृत्यमा संलग्न हुन्छन् ।
    चौथो चरणमा गणेश एक्लै दाहिने हातमा सानो बञ्चरो लिएर आकर्षक नृत्य गर्छन् । यस पछि पाँचाँ चरणमा दुई बाल कलाकार भुच्चा र कवाको नृत्य हुन्छ भने अन्तिम चरणमा दागिनी एक्लै एक हातमा चिराग र एक हातमा कलः (पूजा सामग्री राख्ने भाँडो) लिएर नृत्य गर्छिन् ।
    विभिन्न चरणको नाच सम्पन्न गर्न सामान्यतया चार-पाँच घन्टा लाग्ने र सङ्गीत तथा गायनको ढाँचा पनि फरक फरक हुन्छन् ।
    नेपालको काठमाडौँ, भक्तपुर लगायतका स्थानमा हुनै भैरब नृत्य र पोखराको भैरब नृत्य भिन्नभिन्न किसिमका रहेका छन् । यो नाच पहिले पहिले बाह्र्र वर्षमा एकचोटि देखाउने गरिएकामा २०२९ सालदेखि संस्थागत रुपले व्यवस्थित गर्दै ६-६ वर्षमा देखाउन थालिएको हो ।
    यस नाचको सञ्चालन गर्न भैरब सांस्कृतिक संरक्षण समिति गठन गरी त्यसअन्तर्गत भैरब नृत्य प्रदर्शन व्यवस्थापन समिति गठन गर्ने गरिएको छ । घर, समाज वा टोलमा नाच प्रदर्शन गरे कुनै पनि अनिष्टबाट बच्न सकिने जनविश्वासका आधारमा विभिन्न व्यक्तिले समितिको नियमअनुसार आफ्नो घर तथा टोलमा नाच लैजाने गर्दछन् । हरेक पटक नाच देखाउन वाद्यवादक, रागी, नर्तक, स्वयम्सेवक, पुजारी गरेर एकसयभन्दा बढी जनशक्ति एकैचोटि परिचालित हुन्छन् भने यसको नाच निकाल्ने बेलामा २०० देखि २५० जति जनशक्ति तयारी अवस्थामा रहेका हुन्छन् ।
    नाच सुरु गर्न नै एक-डेढ महिना पहिले नाट्येश्वरको पूजा गरेर तालिमसमेत सञ्चालन गर्न आवश्यक पर्दछ । उक्त तालिम मूल गुरुमार्फत अन्य कलाकारलाई दिइन्छ ।
    “आफ्नै विशिष्ट मौलिकता रहेको यो नृत्यको निरन्तरताका लागि सबैको सकारात्मक सहयोग अपरिहार्य छ,” ।
    12 Bhairab Naach ("Bhairava's Dance") is an ancient masked dance performed by Newa community of Nepal. It was originated in Bhaktapur and brought to Pokhara while migrating. It was brought more than 300 years ago. It is performed every 6 years in Pokhara. The raag (song) in this dance indicates that it was started at the time of last Malla King of Bhaktapur, Ranajit Malla.
    There are 12 deities in this dance, namely Bhairab, Kali (Budi Bhairab), Indrayani, Barahi, Kumari, Bishnuvi (Vaishnavi), Bramhayani (Brahmani), Maheswori(Gangaju) and Ganesh, Dagini (Dakini), Kwangcha & Bhuccha. Bhairab leads and conducts the dance.
    #BhairabDance #NepaleseCulture #12Bhairab
    For more details
    Facebook Page: bit.ly/2NxaWnQ
    Facebook Group: bit.ly/2NxaWnQ
    CZcams Channel : bit.ly/2NEXMVT
    WATCH Bhairab Dance ▶bit.ly/2A5UI1Y
    WATCH Lakhey Dance ▶ bit.ly/2BJntlL
  • Zábava

Komentáře • 30

  • @jamunakayastha294
    @jamunakayastha294 Před rokem +2

    मेरो घरनजिकैको 12 भैरबनाचको खुब याद आइरहेछ।

  • @madhavrajjoshi7159
    @madhavrajjoshi7159 Před 11 měsíci +1

    Super super super

  • @romnmanshrestha8844
    @romnmanshrestha8844 Před rokem

    धधठडस

  • @bijayrana8264
    @bijayrana8264 Před 2 lety +4

    Jageko ta ramro hoena vanchana ta teha herna aako sabai manxe haru tei jageko nai herna aako ho kunai bela ma ni tei vid ma hunthye jageko herda ramailo lagtho .. tar kaile kai jageko feck hoki jasto pani lagcha k yo sate ho sir

    • @NepaleseCulture
      @NepaleseCulture  Před 2 lety +4

      tyo din kehi naramro vakoi thiyo tessai ley jageko ho.. yessai jaagdaina. ani fake jaagni haru kati samma jaagnu saklaa non stop 2-3 hrs samma jageko thiyo yeti bela. control garnu dherai garo vako thiyo tyo din.

  • @suzubabe222
    @suzubabe222 Před 2 lety +3

    Yeti bela ma kati dheraii thau ma jageko thiyo rea ani aaghii badna mane ko thiyena rea kina???

  • @xxtha6987
    @xxtha6987 Před 2 lety +1

    Kaile pani etro time samma jageko dekhethena
    Kina ho kali bhirab lai samalnai garo bhako

  • @ace_5639
    @ace_5639 Před rokem +2

    bro pokhara ko cute dhekxa esko comparison ma

  • @vibeinto10x39
    @vibeinto10x39 Před rokem +2

    Kaha hunxa yespali bhairab nach

    • @NepaleseCulture
      @NepaleseCulture  Před rokem +1

      Bhairab madir bata suru hunchha... first day bhimsen temple ma hunxa.

  • @yashidolmamoktan4674
    @yashidolmamoktan4674 Před 11 měsíci

    Yo nacha kaHa ra kaile hunxa hola ?

    • @NepaleseCulture
      @NepaleseCulture  Před 11 měsíci

      pokhara ko ho, every 6 years ma hunxa. Last 2079 ma vayo

  • @kshitizacharya6680
    @kshitizacharya6680 Před 2 lety +1

    Yo barsa hunxa haina aaba?

  • @rajkumartamrakar07
    @rajkumartamrakar07 Před 3 lety +2

    Nayabazar char kumari halnu na?

    • @NepaleseCulture
      @NepaleseCulture  Před 3 lety +2

      हेर्छु है, पायो भने हाल्छु ।

  • @maritescleofas1100
    @maritescleofas1100 Před 2 lety +5

    Nice dance performance but the mask is scary.

    • @NepaleseCulture
      @NepaleseCulture  Před 2 lety +1

      yes the mask is scary, its the "terribly fearsome form" of lord shiva.

  • @retro.1025
    @retro.1025 Před 2 lety +1

    Jhagyo vhaneko k ho? Bhagwan chadeko ho?

  • @pritushhamal2507
    @pritushhamal2507 Před 3 lety +1

    Jage paxi bich ma chai kina janxa ? 🤔

  • @sangimakhadgi8700
    @sangimakhadgi8700 Před rokem +1

    Kun thau KO ho?