희망의 소리 240710 जित्नका लागि दौडनु 승리하기 위해 달리기

Sdílet
Vložit
  • čas přidán 9. 07. 2024
  • 네팔어 성경읽기, Nepali Bible Reading with Korean script.
    जित्नका लागि दौडनु
    승리하기 위해 달리기
    बुधवार, जुलाई १०, असार २६
    ‘तिम्रो सम्पूर्ण शरीर नरकमा फालिनुभन्दा बरु तिम्रा अंगहरूमध्ये एउटा गुमाउनु तिम्रो निम्ति हितकारी हुन्छ ।’ -मत्ती ५ः२९
    "너의 온 몸이 지옥에 던져지는 것보다 오히려 너의 지체 중 하나를 잃는 것이 너에게 유익할 수 있다." - 마태복음 5장 29절
    असाधारण परिस्थितिहरूले कहिलेकहीँ असाधारण कदमहरूको माग गर्छन्, अनि तपाईंको शरीर वा पापमय स्वभावको आपूर्ति बन्द गरिदिनु भनेको उग्रपन्थी बन्नु जस्तै हो ।
    특별한 상황들은 때로는 특별한 걸음(조치)들을 요구하며, 당신의 육체나 죄성을 공급하는 것을 차단하는 것은 과격주의자가 되는 것과 같습니다.
    आपूर्ति 공급 supply, provide उग्रपन्थी 과격주의자, 광신자
    येशूले यो कुरालाई यसरी बताउनुभएको छः ‘यदि तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ, किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा फालिनुभन्दा बरु तिम्रा अंगहरूमध्ये एउटा गुमाउनु तिम्रो निम्ति हितकारी हुन्छ ।
    예수께서는 이것을 이렇게 설명하셨습니다. “만약 네 오른쪽 눈이 너를 죄 짓게 한다면, 그것을 빼어 던져 버리라. 왜냐면 너희 온 몸이 지옥에 던져지는 것보다 오히려 너의 지체들 중에 하나를 잃어버리는 것이 너에게 유익할 수 있다.
    तिम्रो दाहिने हातले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई काटेर फालिदेऊ ।
    너의 오른손이 너를 죄짓게 한다면 그것을 잘라서 던져 버려라.
    किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा जानुभन्दा बरु तिम्रा अंगहरूमध्ये एउटा गुमाउनु तिम्रो निम्ति हितकारी हुन्छ’ (पद २९-३०) ।
    왜냐하면 너의 온 몸이 지옥에 가는 것보다 오히려 너의 지체 중 하나를 잃는 것이 너에게 유익할 수 있기 때문이다. '(29-30절).
    यहाँ येशूले नैतिक र आत्मिक शल्यक्रियामा जोड दिइरहनुभएको छ, र त्यो आमूल परिवर्तनकारी कुरा हो ! त्यहाँ पापसँग बहस, तर्क, वा वार्ताको कुनै उपाय छैन ।
    여기서 예수께서는 도덕적이고 영적인 수술을 강조하고 계십니다. 그리고 그것은 총체적인 변화할 수 있는 것입니다. 거기서 죄에 대해서는 토론하고, 추론하고, 대화하는 어떤 방법이 없습니다.
    शल्यक्रिया 수술 आमूल 총체적인, 처음부터 끝까지from the bottom, from top to bottom
    वार्ता talk, conversation, dialogue
    तपाईंको व्यक्तिगत संघर्ष जुवातास, रक्सी, लागुऔषध, गलत सम्बन्ध, वा इन्टरनेटको अश्लील सामग्री जेसुकै भए तापनि त्यसको उद्देश्य तपाईंलाई नष्ट गर्नु हो र त्यसलाई उन्मूलन गर्नु आवश्यक छ ।
    당신의 개인적인 싸움이 도박, 술, 마약, 잘못된 관계 또는 인터넷 음란물이든 무엇이든 지간에 그것의 목적은 당신을 파괴하는 것이고, 그것을 근절해야 할 필요가 있습니다.
    अश्लील 외설적인, 저속한, 음란한 उन्मूलन 폐지, 근절, 경감
    प्रेरित पावल पुरानो करारको धर्मशास्त्रसँग परिचित थिए ।
    사도 바울은 구약성경을 알고 있었습니다.
    उनलाई थाहा थियो कि यस्तै परीक्षाको सामना गर्दा, शिमशोन पतन भए भने योसेफचाहिँ बलियो रूपमा खडा भए ।
    그는 이러한 시험에 직면했을 때, 삼손은 패했다면, 요셉은 굳건히 섰다는 것을 알았습니다.
    त्यसैकारण उनले आफ्ना आत्मिक छोरा तिमोथीलाई पत्र लेखेर तिनलाई त्यस्तो पापको बारेमा चेताउनी दिए जसले तिनलाई अयोग्य बनाउन सक्थ्यो र तिनलाई दौड जित्नबाट रोक्न सक्थ्योः ‘जवानीका अभिलाषाहरू त्याग’ (२ तिमोथी २ः२२) ।
    그렇기 때문에 그는 자기의 영적 아들 디모데에게 편지를 써서 그를 합당하지 않게 만들 수 있고, 그를 달리기에서 이기지 못하게 할 수 있는 그러한 죄에 관해 경고했습니다.
    "청년의 정욕을 버리라"(디모데후서 2:22).
    आजको वातावरणमा जीवनलाई यस्ता परीक्षा गर्ने प्रभावहरूले सबैतिर गाँजेको छ, जसको अर्थ हामीले सधैं परीक्षाको यस्तो स्रोत उन्मूलन गर्न सक्दैनौं ।
    오늘날의 환경에서는 삶을 이렇게 시험하는 영향(요소)들이 사방으로 스며들어 있습니다. 즉 우리가 항상 시험의 이러한 원인을 제거 할 수 없다는 의미입니다.
    गाँज 빠지다. 스며들다.
    त्यसैले पावल तिमोथीलाई भन्छन्ः जहाँ तिमीले त्यस्तो प्रभाव हटाउन सक्दैनौ, आफै त्यहाँबाट हटेर जाऊ ! साथै, हिँड््ने मात्रै होइन, दौड ।
    그래서 바울은 디모데에게 말합니다. - 네가 그러한 영향을 제거할 수 없는 곳, 그곳에서 스스로 물러나라. 또한 걷기만 할 것이 아니라 달려라.
    तपाईं स्वतन्त्र हुन सक्नुहुन्छ, तर तपाईंको सांसारिक मनले तपाईंलाई फेरि तुरुन्तै नियन्त्रण गर्न खोज्नेछ ।
    당신은 자유롭게 될 수 있지만, 당신의 세상적인 마음은 당신을 다시 즉시 통제하려고 할 것입니다.
    त्यसकारण नहिचकिचाउनुहोस्, विचलित नहुनुहोस्, र ढिलाइ नगर्नुहोस् । के गर्नु आवश्यक छ, त्यो गर्नुहोस् र छिटो गर्नुहोस् ।
    그러므로 주저하지 말고, 혼란해하지 말고, 지체하지 마십시오. 해야 할 필요가 있는 것을 하고, 신속하게 하십시오.
    हिचकिचाउनु 주저하다. hesitate

Komentáře •