Video není dostupné.
Omlouváme se.

४ देबी नृत्य ~ तेर्सापट्टी , पोखरा ll 4 Devi Dance ~ || Pokhara 2079

Sdílet
Vložit
  • čas přidán 23. 05. 2023
  • भैरबलाइ भय र दण्डका देवताका रुपमा हिन्दू र बौद्ध संस्कृतिमा प्राचीन कालदेखि भैरवको पूजाआजा हुँदै आएको पाइन्छ । तन्त्रोक्त विधिबाट पूजा गरिने भैरवका विभिन्न रूप छन् । भैरवको पूजाबाट सबै किसिमका भयसँगै दुःख कष्ट निवारण हुने जनविश्वास रहेको अध्यक्ष प्रधानाङ्गले बताए । नेवारी संस्कृतिमा भैरव नृत्यको प्राचीन परम्परा छ । यसलाई गण नृत्य (गँ प्याखँ) भैरव नृत्य (भैल प्याखँ) आदि नाममा काठमाडौँ उपत्यकामा विभिन्न भागमा प्रदर्शन गरिँदै आएको उनको भनाइ छ ।
    पोखरामा पनि भैरव नृत्यको साढे दुई शताब्दीभन्दा पुरानो इतिहास रहेको बताउँदै उनले भने, “पोखरामा यो नृत्य २५० वर्षभन्दा अघिदेखि यहाँको नेवार समुदायको तत्वावधानमा सुरु भएको हो । यो नृत्य प्रत्येक १२ वर्षको अन्तरालमा गरिँदै आइएकोमा २०२९ सालदेखि प्रत्येक छ वर्षको अन्तरालमा गरिँदै आइएको छ ।”
    यसमा भैरब (काली भैरब/काल भैरब ),काली (बूढी भैरब), इन्द्रायणी, बराहि , कुमारी, विष्णुवी, ब्रह्मायणी, महेश्वरी (गंगाजु ), गणेश, डाकिनी, भुत्रचा र कावांग गरी १२ पात्रको मुखुन्डो लगाएर नाचिने गर्दछ ।
    यो नृत्य शास्त्रीय भजनमा आधारित हुन्छ । राग कौशिक, राग छयाँनट, राग मालवा, राग सारङ्गा, राग तोडी, राग मालश्रीलगायतका राग तथा खरजति ताल, चोक ताल, एक ताल, दोमा तालमा आधारित नेवारी भाषाका भजन गायनमा आधारित भएर नर्तकहरू नृत्य गर्ने गर्दछन् ।
    मृदङ्गा (खिं) झ्याली, ताः, धाः, सहनाई, (मुहाली) को बादनका माध्यमबाट सङ्गीत सिर्जना गरिने यस नृत्यमा सामान्यतः १२ नर्तक ३० गायक १० वाद्यवादक, १२ नर्तक सेवक, १२ जगेडा कलाकार, १० स्वयंसेवक तथा अन्य व्यवस्थापन पक्षका सहभागी २० जना गरी एक सय छ जनाको सहभागिता रहने गर्दछ । शास्त्रीय सङ्गीतमा आधारित यस नृत्यलाई परम्परागत नृत्य नाटिकाका रुपमा पनि लिने गरिन्छ । यस नृत्यका भजनमा भक्तपुरका राजा रणजित मल्लको नाम उल्लेख भएकाले यसको उद्गम रणजीत मल्लकालीन भक्तपुर भएको अनुमान गर्न सकिन्छ ।
    पोखराको पुरानो यस सांस्कृतिक सम्पदाप्रति सबै समुदायका पोखरेलीको निरन्तर सहयोग र सद्भाव प्राप्त रहेको छ । नेपाल सरकारले यस नृत्यको सम्मानार्थ २०५७ सालमा यस नृत्य अङ्कित हुलाक टिकट प्रकाशन गरेको थियो ।
    पोखराको वरिष्ठ संस्कृतिकर्मी स्व.सर्वज्ञमान प्रधानाङ्ग भैरव सांस्कृतिक संरक्षण समितिको अध्यक्षसँगै लामो समयसम्म यस नृत्यको गुरुको भूमिका निर्वाह गरेका थिए भने स्व.कृष्णबहादुर वैद्य पनि गुरु भएर नेतृत्वदायी भूमिका निभाएका थिए । हाल यस नृत्यका गुरु कृष्णदेव प्रधानाङ्ग र उपगुरु मेघबहणदुर ताम्राकार हुन् ।
    नृत्यमा उपयोग गरिने मुखुण्डोलाई तन्त्रोक्त विधिबाट साक्षात् शक्तिको जागरण गराइने हुनाने यसलाई तन्त्रमा आधारित मान्ने गरिन्छ । यसमा सहभागी हुने नृत्य कलाकारमा नृत्य शक्ति सञ्चार हुने गर्दछ । नृत्य सुरु गर्नुपूर्व कलाकारलाई नाटेश्वरको टीका लगाउने प्रचलन रहेको पनि छ ।
    मुखुणेमा शक्ति जगाउने काममा यस अघि धर्मराज गुभाजु, पुण्यराज गुभाजु कान्तिराज भाजू, विविध मङ्गल गुभाजु हुँदै यसअघिको २०७२ को नृत्यमा डा.सिध्दिवीर कमाचार्य रहेका । यसवर्ष मुखुन्डो सिद्धीमा ललितपुरका श्री हीरारत्न गुभाजु संलग्न भएका थिए ।
    यो नृत्य प्रदर्शन गर्न करिब दुई महिना लामो नृत्य, वाद्यवादन र गायन प्रशिक्षण हुने गर्दछ । यसवर्ष प्रशिक्षणमा करिब तीन सय ५० भन्दा बढी कलाकार सहभागी भएका भएको र बाद्यवादनमा २० जना र गायनमा २० जना सहभागी भएका थिए ।
    नृत्य अत्यन्त खर्चिलो भए पनि आवश्यक पर्ने वस्त्राभूषण विभिन्न दाता महानुभावबाट प्राप्त भएको हुन्छा ।
    यस नृत्यको पहिलो दिनमा नाटेश्वरको सम्मानस्वरुप भीमसेन मन्दिर भीमसेन टोलमा प्रदर्शन गरिने र क्रमसः गणेश मन्दिर गणेशटोल, सरस्वती मन्दिर तेर्सापट्टी, विन्ध्यवासिनी मन्दिर, गणेश मन्दिर भैरवटोल र गुरुको निवास स्थानमा प्रदर्शन गरिने गर्दछ ।
    नृत्यलाई विभिन्न व्यक्ति तथा संस्थाले आमन्त्रण गर्ने प्रचलन रहेको र माग अनुसार विभिन्न स्थानमा प्रदर्शन हुने गर्दछ । यस बर्ष नृत्य आमन्त्रण गर्न व्यक्तिगत र संस्थागत क्रमशः ३५ हजार र ५० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
    12 Bhairab Naach ("Bhairava's Dance") is an ancient masked dance performed by Newa community of Nepal. It was originated in Bhaktapur and brought to Pokhara while migrating. It was brought more than 300 years ago. It is performed every 6 years in Pokhara. The raag (song) in this dance indicates that it was started at the time of last Malla King of Bhaktapur, Ranajit Malla.
    There are 12 deities in this dance, namely Bhairab, Kali (Budi Bhairab), Indrayani, Barahi, Kumari, Bishnuvi (Vaishnavi), Bramhayani (Brahmani), Maheswori(Gangaju) and Ganesh, Dagini (Dakini), Kwangcha & Bhuccha. Bhairab leads and conducts the dance.
    #BhairabDance #NepaleseCulture #12Bhairab
    For more details
    Facebook Page: bit.ly/2NxaWnQ
    Facebook Group: bit.ly/2NxaWnQ
    CZcams Channel : bit.ly/2NEXMVT
    WATCH Bhairab Dance ▶bit.ly/2A5UI1Y
    WATCH Lakhey Dance ▶ bit.ly/2BJntlL

Komentáře • 2