सुदूरपश्चिमको शान्ति सुरक्षाको सवाललाई लिएर धनगढीमा वृह्त समिक्षा

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षाको सवालीमा कैलालीको धनगढीमा सुरक्षाअधिकारीहरुबिच वृह्त समिक्षा भएको छ। प्रदेश शान्ति सुरक्षाको सवालमा कटिबद्ध भएर काम गर्न सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) रबिन्द्र केसीले सीमा नाकाका प्रमुखहरुलाई विशेष निर्देशन नै दिएका छन्। कैलाली र कञ्चनपुर जिल्लास्थित कार्यरत युनिट इन्चार्जहरुलाई शान्ति सुरक्षाको सवालमा डिआइजी केसीले उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन्। कैलाली र कञ्चनपुर जिल्लाको शान्ति-सुरक्षाको वर्तमान अवस्था, ट्राफिक व्यवस्थापन तथा विपद व्यवस्थापनको बारेमा सुरक्षाअधिकाकारीहरुबिच वृह्त समिक्षा भएको छ।
    समिक्षा कार्यक्रममा प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी वरिष्ठ उपरीक्षक दिल्लीराज विष्ट समेत सहभागि थिए। प्रहरी अधिकृतहरु, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक राजिवबहादुर वस्नेत, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्ट, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेश जोशी, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली र कञ्चनपुर तथा दुवै जिल्लाका सिमानाका प्रमुख प्रहरी अधिकृत गरेर ६० जना प्रहरी उपस्थिती भएका थिए। सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षा तथा अपराध अनुसन्धानलाई थप सुदृढ र प्रभावकारी बनाउन प्रहरी कर्मचारीहरुले निष्ठावान, इमान्दार र सिर्जनशील भएर काम गर्नुपर्ने उच्च प्रहरी अधिकृतहरुले बताएका छन्।
    सीमा नाकाबाट हुने भन्सार चोरी-निकासी, लागूऔषध, जुवातास तथा देहव्यापार लगायत गैरकानुनी कृयाकलाप विरुद्ध शून्य सहनशीलताका साथ प्रस्तुत हुन डिआइजी केसीले निर्देशन नै दिएका छन्। त्यस्तै पेण्डिङ मुद्दा अनुसन्धान द्रुत गतिमा अगाडी बढाउन, फरार प्रतिवादीहरूको खोजतलास गर्न, सामाजिक अपराध रोकथाम तथा नियन्त्रणमा प्रभावकारी ढंगले प्रस्तुत हुन, नागरिक र प्रहरीबिच सुमधुर सम्बन्ध स्थापित गरेर नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न, गैह्र-व्यवसायिक र प्रहरी आचरण विपरीतका कुनै पनि गतिविधिमा संलग्न नभई उच्च मनोबलका साथ कार्य सम्पादन गर्न मातहतका प्रहरी युनिटलाई डिआइजी केसीले निर्देशन दिएका हुन्।

Komentáře •