येशू ख्रीष्टलाई निम्ताइएपछिको जीवन Life After Inviting Jesus Christ In - जीवनको सन्देश E041

Sdílet
Vložit
  • čas přidán 4. 12. 2023
  • तपाईले आफ्नो घरमा पाहुनाहरुलाई भोजका लागि निम्ताउनुभएको छ । तपाईंले बनाउनुभएका मीठा-मसिना भोजन बाँड्दाबाँड्दै सकियो, निम्तालुहरु आईरहेका छन्, तपाईंले अड्कलेर ल्याउनुभएको खाद्यान्नहरु सबै सकिएको छ, अब बाँकी पाहुनाहरुलाई पुग्ने खाद्यान्न तपाईंसँग छैन । यस्तो अवस्थामा तपाईं के गर्नुहुन्छ ? आएका पाहुनाहरुलाई भोकै पठाउनुहुन्छ या पाहुनामध्ये कसैलाई त्यो बन्दोबस्त गर्न लगाउनुहुन्छ ?
    मैले तपाईंलाई यस्तो अवस्थामा राखिदिएको छु कि जुन अवस्था आजभन्दा झण्डै दुई हजार वर्षअघि इजरायलको काना भन्ने गाउँको एक बिहे भोजमा भएको थियो । उक्त बिहे भोजमा येशूले आफ्नो पहिलो आश्चर्य कर्म, महिमा, चमत्कार, अर्थात् पानीलाई दाखमद्यमा परिवर्तन गर्नुभएको थियो ।
    येशूको बाल्यकाल बितेको ठाउँ नाजरिथदेखि काना भन्ने गाउँ ८/१० कि.मिको दूरीमा अवस्थित छ । त्यसबखतको बिहे भोज एक हप्तासम्म चल्ने गर्दथ्यो । यति लामो समयसम्म चल्ने विवाहमा खाना तथा दाखमद्य प्रशस्तै बाँडिने गरिन्थ्यो । दाखमद्य अङ्गुरको रसबाट बनाइन्थ्यो, यसलाई विवाह उत्सवमा सांस्कृतिकरुपले सेवन गर्ने गरिन्थ्यो । एउटा विवाह भोजमा येशू ख्रीष्टका परिवारलाई पनि चूले निम्तो दिइएको थियो ।
    येशू ख्रीष्टले किन पहिलो आश्चर्य कर्म गर्नका लागि कानाको विवाह भोज नै रोज्नुभयो त ? असल दाखमद्य बनाउनका लागि वर्षौ लाग्ने गर्छ, जति दाखमद्य पुरानो भयो त्यति नै त्यो असल हुन्छ । एकैछिनमा त्यसप्रकारको असल दाखमद्य बनाउन ईश्वरीय गुण भएको मान्छेबाहेकले त्यो गर्न सक्दैन । यसबाट के प्रष्ट हुन्छ भने, येशू ख्रीष्टले मात्रै यसप्रकारको चामत्कारिक कार्य गर्न सक्नुहुन्छ । येशू ख्रीष्टले प्रदान गर्नुहुने भरपूर प्रचुरतामा मानिसहरु आनन्दित हुन्छन्, जस्तो विवाहका ती निम्तालुहरु भए । उहाँले दिने केही कुरा पनि कमसल र निम्नकोटीको हुँदैन, जे दिनुहुन्छ, कसैले नदिएको, कसैले दिन नसक्ने उच्चकोटीको र किम्ती चीजहरु मात्र दिनुहुन्छ । चाहे त्यो सांसारिक भोजन असल दाखमद्य होस् या स्वर्गीय राज्यको हिस्सा । उहाँले हाम्रा निम्ति आफ्नै छोराको बलि समेत दिनुभयो, यो भन्दा ठूलो अरु केचाहिँ होला र ?
    🎙️ Editor & Host: Rajesh Budhathoki
    🎥 Video Editor: Subit Lama
    🎁 Produced by: Nigah Sewakai Church
    📞 Phone: ९८१३०८३७५१
    📧 Email: messageofliferadio@gmail.com
    Songs Credits:
    • Nepali Christian Song ...
    o----o----o
    • Prashastai || Official...

Komentáře • 1