Who is Kushal Bhurtel ? Nepali cricket news l

Sdílet
Vložit
  • čas přidán 28. 08. 2024
  • #kushalbhurtel #nepalicricketnews #nepalicricketfan #cricket
    Who is Kushal Bhurtel ? Nepali cricket news l
    कुशलले सन् २०१९ मा सिनियर टिममा डेब्यु गरे । सन् २०१९ मा बंगलादेशमा भएको इमर्जिङ टिम्स कपमा भारत विरुद्ध लिस्ट ‘ए’ खेल मार्फत नेपालको सिनियर टिममा डेब्यु गरेका हुन् । त्यसै वर्षको अप्रिलमा नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालका लागि टी-२० डेब्यु गरे ।
    त्यसै वर्ष उनले पीएनजी विरुद्ध वान डे सिरिजमा डेब्यु गरे । उनले पहिलो संस्करणको नेपाल टी-२० लिगमा उपाधि विजेता टिम लुम्बिनी अलस्टार्सबाट खेलेका थिए ।
    सन् २०१९ मा उनले इमर्जिङ कपमा मौका पाए । त्यसै वर्ष भएको १३औं दक्षिणएसियाली खेलकुदमा उनी टिममा त परे तर खेल्ने मौका पाएनन् । उनले २०७९ सालको प्रधानमन्त्री वान डे प्रतियोगितामै आफूलाई पक्का ओपनरका रूपमा आफूलाई स्थापित गरे । अझ लेग स्पिनरका रूपमा पनि आफ्नो परिचय बनाए । उनले मधेश प्रदेश विरुद्ध ५ विकेट लिएका थिए । यसरी सुरुमा फास्ट बलर रहेका कुशल ओपनर मात्र भएनन्, लेग स्पिनर पनि बने ।
    कुशल सन् २०२१ यता राष्ट्रिय टिमका नियमित सदस्य रहेका छन् । कुशल एकै प्रतियोगितामा लगातार तीन अर्धशतकीय इनिङ्स खेल्ने पहिलो नेपाली खेलाडी हुन् । उनले सन् २०२१ को अप्रिलमा भएको नेदरल्यान्ड्स र मलेसिया सम्मिलित सिरिजमा डेब्यु सिरिजमा नै लगातार तीन अर्धशतक प्रहार गरेका थिए ।
    उनले सन् २०२२ मा पीएनजी र मलेसिया सम्मिलित टी-२० अन्तर्राष्ट्रियमा एकै इनिङ्समा सर्वाधिक ४ क्याच लिएका थिए । उनी टी-२० अन्तर्राष्ट्रियमा एकै खेलमा ४ क्याच आउट लिने विश्वकै पहिलो खेलाडी हुन् ।

Komentáře •