म त एमाले थिइनँ तर यो त एमाले रहेछ भनेर अवकाश गरिदियो : पूर्वसहसचिव अरुणकुमार राई (सिप्तुङ्खा)

Sdílet
Vložit
  • čas přidán 9. 09. 2024
  • इलाम कट्टेबुङका अरुणकुमार राई (सिप्तुङ्खा) ८५ वर्षका भएका छन् । उनी काठमाडौं अनामनगरस्थित निवासमा श्रीमती सोमा राईसहित सेवानिवृत्त जीवन व्यतीत गरिरहेका छन् । जो २०२१ सालमा कृषि प्रसार अधिकृत भएर निजामती सेवामा प्रवेश गरेका थिए । मेची अञ्चल कार्यालय झापा पुगेर कार्यभार सम्हाले । त्यसपछि तरहरा फार्म हुँदै बाराको निजगढमा सरुवा भए । त्यही बेला बढुवा भयो । उपसचिव (२०२९) हुँदै सहसचिव पद (२०४३)मा पदोन्नति भयो । बाराकै परवानीपुरमा सरुवा भएर उखुपछि धान बालीको विकासमा योगदान गरे ।
    प्रजातन्त्र पुनःस्थापनापछि कांग्रेस नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएका बेला इलामकै नेता झलनाथ खनाल कृषि, भूमि सुधार तथा व्यवस्था र वन तथा भूसंरक्षणमन्त्री बने । त्यही बेला सरकारले २०४७ सालमा तत्कालीन सहसचिव राईलाई राष्ट्रिय कृषि अनुसन्धान केन्द्र (नार्क)का निर्देशक पदमा नियुक्ति दियो । तर, सरकार परिवर्तन भएपछि २०४८ मा कांग्रेसकी मन्त्री शैलजा आचार्यले एमाले ठानेर अवकाश गरिदिइन् । उनी अवकाशको निर्णयविरुद्ध सर्वोच्च अदालत गए । सर्वोच्चले २०५० चैतमा पक्षमा आदेश दियो । तब सामान्य प्रशासन मन्त्रालयले त्यसको दुई महिनापछि हाजिर गरायो । त्यही वर्ष माघमा एमाले सरकारले नेपाल चिया विकास निगम लिमिटेडको महाप्रबन्धक पदमा दुई वर्षका लागि नियुक्त ग¥यो । उनले राजनीतिक नेतृत्वको सामना गर्दै चिया विकासमा योगदान दिए । अन्ततः २०५५ सालमा निजामती सेवाबाटै राजीनामा दिए । कृषि मन्त्रालयले त्यही वर्ष उक्त राजीनामा स्वीकृत गरेको थियो ।
    अतिथि
    अरुणकुमार राई (सिप्तुङ्खा)
    साथमा
    सोमा राई
    अन्तर्वार्ताकार
    सचित राई (सिप्तुङ्खा)
    छायांकन
    सर्वजित राई (सिप्तुङ्खा)
    भिडियो सम्पादक
    विक्रम राई (सिप्तुङ्खा)
    विशेष आभार
    बाबुराम राई (सिप्तुङ्खा)

    किरावा सिप्तुङ्खा वंश उत्थान समाज यलेखोम (उपत्यका) समन्वय समिति
    वार्ता मिति
    २०८१ वैशाख
    स्थान
    अनामनगर, काठमाडौं
    र यो पनि.....
    नेपाल सरकारका पूर्वसहसचिव अरुणकुमार राई (सिप्तुङखा) ८५ वर्षकाे उमेरमा सम्मानित
    • नेपाल सरकारका पूर्वसहस...
    जुट्दै सिप्तुङ्खा वंश, अग्रज अरुण सिप्तुङ्खाबाट आशीर्वाद ग्रहण
    • जुट्दै सिप्तुङ्खा वंश ...

Komentáře •