अदालत ,अदालती र कानुनी केहि प्राबिधिक शब्दहरु।।

Sdílet
Vložit
  • čas přidán 7. 09. 2024
  • तारिख
    तारिख भन्नाले मुद्दाका पक्षहरू अदालतमा हाजिर हुन आउने निर्धारित मिति हो । साधारण तारिख र पेसी तारिख गरी यी दुई प्रकारका हुन्छन् । मुद्दा सुनुवाइको लागि इजलाससमक्ष पेस गरिने मितिलाई पेसी तारिख भनिन्छ । यसलाई सामान्य बोलचालको भाषामा पेसी मात्रै भन्ने चलन पनि छ र पेसी तारिखबाहेकका अन्य जुनसुकै प्रयोजनका लागि अड्डा अदालतमा हाजिर हुनु पर्ने भनी तोकिएका सबै तारिखहरूलाई साधारण तारिख भनी बुझ्नुपर्छ । हाल अदालतले तारिखको सूचना तारिख पर्चाका अतिरिक्त उपलब्ध भएसम्म मुद्दाका पक्षहरूको मोबाइल नम्बरमा SMS गरी पठाउने गर्दछ ।
    पेसीसूची भनेको मुद्दाको सुनुवाइको लागि इजलाससमक्ष पेस गरिने मुद्दाहरूको तालिका हो । हरेक दिन इजलासमा पेस हुने गरी प्रकाशन हुने मुद्दाको सूचीलाई दैनिक पेसीसूची भनिन्छ । आगामी हप्ताभरी पेस हुने मुद्दाको एकमुष्ट सूचीलाई साप्ताहिक पेसीसूची भनिन्छ । दैनिक पेसीसूची हरेक बिहान १० बजेभित्र र साप्ताहिक पेसीसूची हरेक शुक्रबार प्रकाशन हुने गर्दछ । आफ्नो कानून व्यवसायीको सहयोगमा वा सर्वोच्च अदालतमा रहेको हेल्प डेस्कबाट पनि यसबारे जानकारी लिन सकिन्छ । यसलाई सर्वोच्च अदालतको सूचना पार्टी तथा वेवसाइटमा राखिएको हुन्छ ।
    इजलास
    इजलास भन्नाले न्यायाधीशले मुद्दा सुनुवाइ गर्ने अर्थात् न्याय सम्पादन हुने स्थान विशेषलाई बुझाउँछ । यो शब्दले संवैधानिक इजलास, बृहत् पूर्ण इजलास, पूर्ण इजलास, संयुक्त इजलास वा एक न्यायाधीशको इजलाससमेतलाई जनाउँछ । तोकिएको मर्यादामा रही न्याय सम्पादनमा सहयोग गर्नु इजलास अनुशासन हो । इजलासको मर्यादा कायम गर्नु कानून व्यवसायी, इजलास अधिकृत, मुद्दाका पक्षहरू, सुरक्षाकर्मी, कर्मचारीलगायत सम्बद्ध सबै सरोकारवालाहरूको साझा दायित्व हुन्छ । बन्द इजलासबाट हुनुपर्ने बाहेकका कामकारवाहीहरू खुला इजलासबाटै सम्पन्न गरिन्छ ।
    #lawyerlogy#nepalilaw#lawofnepal

Komentáře • 10

  • @manishasah4441
    @manishasah4441 Před 2 lety +2

    Thank you so much sir for this video 🙂

  • @motegamer9246
    @motegamer9246 Před rokem +1

    ल गाउ

  • @indalmahato5242
    @indalmahato5242 Před 2 lety

    सर तपाईँले वनाउनु भएको भिडियो एकदमै ठिक छ सर तर लिखित रुपमा भिडियो तयार गर्नु होला सर

  • @Mrbhandari-j6i
    @Mrbhandari-j6i Před 8 měsíci

    फैसला / अन्तिम आदेश >> आंशिक अभियोग दाबी पुग्ने भन्नाले के बुजिन्छ सर

  • @Tg3hj
    @Tg3hj Před 3 lety +1

    Sir बाबा आमा को विरुद्ध अंश बन्दा को मुद्दा अदालत मा दर्ता गराइ आफ्नो अधीकृत वारेसना मा पास गरी बैदेसीक रोजगारी मा गएर कमाएको मेरो सम्पत्ति पनि अंश बन्दा गर्नु पर्छ कि पर्दैन पछि अंश बन्दा गर्दा

  • @mdguljar4687
    @mdguljar4687 Před rokem

    Nepal law

  • @amhasmati6159
    @amhasmati6159 Před rokem +1

    पेशगी बने को के छः पेशगी पंछी फैसला हुन कतिसमयलागछ

  • @motegamer9246
    @motegamer9246 Před rokem

    लगाउ भने को

  • @aashishdas9981
    @aashishdas9981 Před rokem

    mano chhutiueko miti kaile hunxa

    • @aashishdas9981
      @aashishdas9981 Před rokem

      @@Lawyerlogy mudda pareko tara tarikh na uthako vane Mano xuttiyeko vanna milxa ta?