के ज्योतिषबाट भविश्य हेर्न सकिन्छ?

Sdílet
Vložit
  • čas přidán 16. 05. 2024
  • GUEST: Shivaraj Khanal
    HOST : Binu Pokhrel
    CAMERA/EDIT: Arya Digital
    DRESS: Bipu collection koteshwor
    (9843175755)
    भिडियो भित्र : Samyak Samvad
    के ज्योतिषबाट भविश्य हेर्न सकिन्छ ?
    चिना रेखा केही देखाउन्न म भाग्य फेरौला भन्ने गीत छ ।
    के भाग्य आफै फेर्न सकिन्छ? या भाग्य पहिल्यै तय हुन्छ? मतलव तपाईको आजको दिन हिजोको गर्भबाट आएको हो । र भोलि पनि आजको गर्भबाटै निस्कने छ ।
    हो जस्तो लाग्यो ? हो नै जस्तो लागे पनि यो त्यति सहज विज्ञान भने होइन ।
    खासमा भविश्य प्रेडिक्सन गर्न सक्ने कुरा हो भनेर म मान्दै नमान्ने मान्छे हुँ । हाम्रो घरमा नि सबैको चिना हेरिन्थ्यो तर मेरो कहिल्यै हेरिएन । किन थाहा छ ? म मेरो चिना भने कसैले नदेख्ने गरी लुकाइदिन्थेँ ।
    मलाई लाग्थ्यो, म के बन्ने मेरो मेहनतले गर्ने हो । जुन कहिं लेखिएको हुँदैन ।
    आज आएर सोच्दै छु चिनामा आखिर के हुन्छ त्यस्तो र म मैले छानेकोभ न्दा फरक ठाउँमा आइपुगें ? मान्छेको व्यावहार, उमेर, या कस्तो प्रकृतिको मान्छेहो भनेर भन्न सकिन्छ ? आखिर ग्रहसँग जीवहरुको के सम्बन्ध हुन्छ ? अनि यो चिना नै कसरी बन्छ ? जस्ता तमाम प्रश्न छन् आज मसँग ?
    खासमा आज मैले पटकक्कै नजानेको विषलाई लिएर संवादमा छु म ।
    अनि ब्रह्माण्डिय ऊर्जाको हामीमा प्रभाव सुनाउने यस विशेष अंकमा हुनुहुन्छ । ज्योतिषशास्त्रको गहिरो अध्ययमा लाग्नुभएर पनि चिनजानमा आउन नरुचाउने आफूलाई अध्ययनले खार्नुभएका एक ज्योतिषका अध्येता तथा प्रध्यापक शिवराज खनाल ।
    त्यसैले आउनुस् अबको एक डेढ घण्टाको समय ब्रह्माण्डिय ऊर्जाको हामी प्रभाव कस्तो र कति छ। भाग्य लेखिने कुरा हो या देखिने भनेर जानकार हुनमा र्खचौं ।
    - ज्योतिष नै भनेको के हो ? अनि फलित ज्योतिष र सिद्धान्त ज्योतिष भनिन्छ यि दुइृमा के फरक छ ?
    - चिना या टिपन भनेको ? यो कसरी बन्छ ?
    - अनि यि १२ रासी के हुन् ? यिनका अनेक नाम छन् ? यि नाम कसरी रहे ?
    - हाम्रा चिनाहरु बन्ने प्रकृया के हुन् ?
    - चिनामा के हुन्छ र उनीहरुको भविश्य र विगत भन्न सकिन्छ ?
    - एउटै दिन, उही नक्षेत्र, योग, र राशि परेछ भने पनि कोही अमेरिकी , कोही रसियन, कोही नेपालमा जन्मेको हुँन्छ अनि कसरी फलादेशमा विश्वास गर्ने ?(अफ्रिकाको, रसियाको र एसियाको मान्छेको छाला मात्र होइन मानसिकता पनि फरक हुन्छ । जसरी हिमालका, पहाडका र तराइमा उभ्रिने एकै रुखको पनि उचाइ लिने तरिका फरक हुन्छ,किनकि कतै हिंउ बढी त कतै धाम बढी हुन्छ ।)
    - अनि औषि र पूर्णिमा हुँदा जीवमा प्रभाव कसरी हुन्छ ?औंसीमा जन्म नराम्रो मानिन्छ किन ?
    - शुक्र अन्ध भनिन्छ, त्यो भनेको के हो ? शुक्र अन्ध हुँदा पूजा, विवाह जस्ता कति काम गर्न रोक लगाइन्छ किन ?
    - सबै महिनामा विवाह या अन्य पूजाको लागि लगन किन हुँदैन ?
    अनि सबैथोक मिलाएर गरेको विवाह पनि टुट्छ त फेरि ?
    -अधिक मास, मलवास भनिन्छ । यो कसरी हुन्छ ? अनि प्रभाव के हुन्छ ?
    -तिथी भनेको केहो ? बार र तिथीमा फरक ?
    -फलादेश सतप्रतिशत मिल्छ भन्ने ठोकुवा गर्न सकिन्छ ?
    -अनि फलादेशले अकर्मण्य बनाउँदैन मान्छेहरुलाई ? भाग्यले दिन्छ र खान्छु भन्ने बनाउँदैन र ?
    -अनि जप, पूजा गरेर, औठि लगाएर दोष निवारण हुने कुरा के हो फेरि ? पत्थर धातु लगाएर ग्रह कस्तोम जन्मिएको छ त्यो फरक पार्न सकिन्छ त ?
    -अध्ययन चै कहिले कहिले भएको थियो ?
    -यस्तो सशक्त ज्ञान किन लामोसमय देखि तिरस्कारमा प¥यो ?
    -ओशो त भन्नुहुन्छ आजको म भन्ने हिजोको या पूर्वजन्मको मेमोरी हो । अनि जब ज्योतिषिहरु महसुसको त्यो गहिराइमा नभएर शरीरको गहिराइमा रोकिए त्यसपछि ज्योतिष विद्याको प्रभाव रोकियो । हो ?
    -म पडकाष्ट गर्न अघि विषय र व्यक्तिको बारेमा सकेजति अध्ययन गर्छु । मैले खोजि गर्दा पश्चिमा समाजमा खगोलको अध्ययन उति बाक्लो नदेखिएपनि केही तथ्य रहेछन् ।
    मैले खोज्दा ५०० वर्ष अघिका प्यारासिलस्ले पनि ग्रहको गतीको प्रभाव हुने कुराको तथ्य सार्वजनिक गरेका रहेछन् । ग्रहको ध्वनी या एक आभा मण्डल हुन्छ । अनि त्यही हार्मोनिका आधारमा यिनीहरु एअर्कालाई बाटो छोडेर घुम्छछन् । जसलाई प्लालेटरी हार्मोनी भनिएको छ । अनि तिनको प्रभाव अन्य ग्रह या पृथ्वीमा यसरी पर्छकी यि ग्रहहरुमा थोरै मात्र पनि टिल्ट हुनु या तलमाथि पर्नु हो भने मान्छे आँखा घाँटीमा या नाक निधारमा हुने जस्तो फरक पर्नेछ भनिएको छ ।
    १९ शताब्दी पछि मात्र भएको देखिन्छ । सन् १९५० मा गिर्योडी नामका वैज्ञानिकले खगोलको अनुशन्धान पछि कस्मिक क्यामेष्ट्री सिद्धान्त्त प्रतिपादन गर्दै भने सिंङ्गै ब्रह्माण्ड एक शरीर हो । त्यसैले ताराहरु जति नै ठाढा हुन् तर उनीहरुको गति बदलिंदा हाम्रो हृदयको गति र शरीर पनि बदलिन्छ भनेका रहेछन् । यो कसरी हुन्छ बताइदिनु न ?
    भनेपछि त जति पछि आयो आधुनिक ल्याव पनि उहिले तयार गरेको त्यो परिक्षण सहि थियो भन्ने ठाउँमा आधुनिक दुनियाँ आइपुगेको देखाउँछ । भनेपछि जोकोहीले हात हेरेर भविश्य भन्न सक्ने गरीको सहज ज्ञान हो ज्योतिष?
    प्रिय दर्शक
    घण्टौं बसेर सुन्न प्रेरित गर्ने तपाईं भित्र विराजमान सरस्वति मातामा मेरो प्रणाम । हामीलाई सम्यक् चेतमा पु¥याउने मेरा र हजुरहरुका सम्पूर्ण गुरुहरु पनि मेरो प्रणाम । हजुरहरुको जीवन प्रकाशमय बनोस् । लोका समस्था सुखिनो भवन्तु ।
    नमस्कार ।
    [ content here ]
    Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    🔔 Turn on notifications to stay updated with new uploads!
    ►🌐 www.Binupokhrel.org
    ►👍 / binuebhi
    ►🐦 / binuebhi
    ►📸 / binupokhrel9
    ►📧 Binuebhi@gmail.com
    ►📞 977-9851177244
    #Binupokhrel #binupokhrelinterview #samyaksamwad
    © All Rights Reserved
    MORE CHANNELS:
    #(Binu Pokharel Clips)

Komentáře • 245

  • @rameshroka3779
    @rameshroka3779 Před 8 dny +7

    बडो गम्भीर अनि मननयोग्य विषयमा आज गतिलो विमर्श सुन्न पाइयो !
    प्रस्तोता विनुजी लाई धन्यवाद !
    ज्योतिषविज्ञ प्राध्यापकज्यू को तार्किक अनि सरल शैलीको व्याख्यान साह्रै घत लाग्यो !

  • @radhikakalpit1296
    @radhikakalpit1296 Před 15 hodinami

    ज्योतिष बिज्ञान सम्बन्धि धेरै भ्रम थियो ममा, यो कार्यक्रमले मेरो ज्ञानको आँखा खोलिदियो । धन्यवाद बिनु जि यति लाभदायक कार्यक्रमका लागि ।

  • @sunapanchhi3307
    @sunapanchhi3307 Před 10 dny +8

    हुन त म पनि ज्योतिष लभर नै हुँ। म पनि पहिले ज्योतिष शास्त्र मा विश्वास लाग्दैन भनेर खोक्दै हिड्ने म नै हुँ। त्यो त मेरो महा मूर्खता थियो। किन कि मैले ज्योतिष शास्त्र अध्ययन नगरेको र नदेखेको कुरा गर्नु मुर्खता रहेछ। म ज्योतिषी नभए पनि ज्योतिष लभर चाहिँ हु। म नर्मल पात्रो मा बच्चा को नाम राशि लाग्न पत्ता लगाउने भएको छु र कुण्डली मा कुन ग्रह कुन ठाउँ मा छ यसको फल कस्तो छ त्यति सम्मा फलित चाहिँ हेर्छु र गर्छु।अझै अध्ययन जारी छ। म गहिराइ मा जाँदै छु। यस अचम्म को लजिक छ। व्यती को जन्म मिति समय पाइयो भने व्यक्ति को हेविट वर्ण उचाई रूप रंग पत्ता लगाउन सकिन्छ।

    • @dolmalama3529
      @dolmalama3529 Před 10 dny

      Malai pani jyotish sikne thulo rahar xa Kathmandu ma ramro jyotish sikne thau Kaha Hola hajur kaha aadhyan gardai hunu hunxa batai dinus na

  • @BinodPoudel-rj7ks
    @BinodPoudel-rj7ks Před 13 dny +10

    यस प्रकारका विषयवस्तुमा अझ धेरै कार्यक्रम आयोजना गर्नुपर्यो। यो कार्यक्रम हेरिसकेपछि ज्योतिष शास्त्र विज्ञानप्रति झनै धेरै आस्था एवं विश्वास हुने पक्का भयो धन्यवाद।

  • @renukhanal18
    @renukhanal18 Před 13 dny +6

    अति बौद्धिक संवाद। 🙏🏽🙏🏽ज्योतिष शास्त्र विज्ञान हो।

  • @mohanrajadhikari2648
    @mohanrajadhikari2648 Před 9 dny +2

    निकै ज्ञान वर्दक सम्बाद हामी जस्ता जाेतिष प्रति जिज्ञासुलाई अति नै लाभदाई उहालाई फेरि अर्काे भिडियाेमा चाडै देख्ने ईच्छा छ जय हाेस सवैकाे🙏🙏

  • @ramkrishnachalise7087
    @ramkrishnachalise7087 Před 5 dny +1

    बिनुजी धेरै धेरै आभार ।
    हजुरको पूर्वीय वाङ्मयप्रतिको लगाव र अध्ययन र मननले हजुरलाई सफलताको महान् उचाइमा अवश्य पुर्याउने छ ।

  • @TulsaGaihre-wc2dv
    @TulsaGaihre-wc2dv Před 6 dny +2

    तपाईं हरेक Podcast हेर्दा आनन्द आउँछ Binu Pokhrel madam. तपाई ओशो सन्यासि हो र म्याम ?

  • @maheshworpaudel7868
    @maheshworpaudel7868 Před 10 dny +3

    जोतिष बारे राम्रो प्रस्तुती , दुबै लाइ नमन:।

  • @rrara2282
    @rrara2282 Před 8 dny +2

    धेरै धेरै धन्यवाद बिनु बहिनी र ज्योतिष गुरूजी लाई । ज्योतिष शास्त्रको यति गहिरो कुरा कहिल्यै सुन्न पाएको थिइन । हाम्रो जिन्दगी त पुरै ब्रह्माण्ड को ग्रहहरुको चालले प्रभाव पार्नेपो रहेछ । एस्तो परम विध्याको धनीपो रहेछौ हामी सनातनीहरु । यस्तो परम ज्ञान छोडेर गएका ति हाम्रा ज्ञानी पूर्खा हरुलाई नमन ।
    Thank you very much Binu Bahini and Jyotish Guruji. I had never heard such a profound thing about astrology. Our life is influenced by the movements of the planets of the entire universe. We Sanatani are rich in such supreme knowledge. Salutations to our wise forefathers who left behind such supreme knowledge.

  • @ShailushahThakuri
    @ShailushahThakuri Před 14 dny +4

    सुन्दर, सुन्दर, सुन्दर❤️💚🕉️, फेरि उहाँ सगै अर्को पाेडकाष्टकाे प्रतिक्षा❤️❤️❤️

  • @gitabhurtel343
    @gitabhurtel343 Před 13 dny +4

    कस्तो महत्योपुर्न ज्ञान पाइयो धन्यवाद हजुर दुबै जनालाइ 😮

  • @user-vs3if2eg7e
    @user-vs3if2eg7e Před 13 dny +3

    Not sure how I come across this video but it turned my perspective toward astrology 360°. What a gem he is! Thank you mam for bringing such a scholar with depth knowledge ... Desperately waiting more video with him.

  • @shivabijukchhe2679
    @shivabijukchhe2679 Před 11 dny +1

    पश्चिममा भौतिकबादले हाम्रो मनस्थितिलाई अस्थिर बनाइदिएको छ भने आलाकाँचा आधा मात्र सत्य बुझ्नेको कारणले पनि हाम्रो धर्म र संस्कृति माथि अनर्गल प्रहार भैरहेको पाइन्छ। यति धेरै बिषयहरु माथि नै बिहंगम बिश्लेषण गर्न सक्ने क्षमता भएका बिद्वत व्यक्तिहरूको अति नै आवश्यक भैसक्यो। समसामयिक बिषय उठान गर्न सक्नु भएकोमा बिनु पोखरेल ज्यु प्रति हार्दिक आभार।

  • @ganeshkunwar2109
    @ganeshkunwar2109 Před 6 dny +1

    हजुर लाई पच्छ्याउँदै फेसबुक बाट युट्युब तिर आईयो धेरै राम्राे छ।। आउने दिनमा लेखेर चित्र को आधार मा उदाहरण दिने गरी लेख्ने कलम र कापी (बोर्ड) को व्यावस्था गर्न अनुरोध छ।

  • @bibekkumarmudbhari3326
    @bibekkumarmudbhari3326 Před 49 minutami

    thank you ta bhannai parcha yeti ramro podcast ko lagi.

  • @eleanor63
    @eleanor63 Před 10 dny +2

    Binu दिज्जु हजुरको यो उदारता,यो बोलीको मिठास, यो सौम्य वाणी अनि प्रस्तुति हाय रे! 😍❤️

  • @shreebidari526
    @shreebidari526 Před 14 dny +6

    Amazing astrology thankyou for great information 👍 👏

  • @seetabhandari6514
    @seetabhandari6514 Před 14 dny +3

    आजकाे पाेडकाष्ट अद्भुत छ ज्याेतिषज्यूकाे अर्काे श्रृखला चाँडै हेर्न पाइयाेस र वहाँकाे फाेन न. पाउन पाए हुन्थ्यो ।

  • @kedarghimire9952
    @kedarghimire9952 Před 14 dny +4

    ज्योतिष गुरु बांट धेरैकुरा सिक्न मील्य़ो
    🙏🙏❤️❤️

  • @achyootsapkota5772
    @achyootsapkota5772 Před 13 dny +2

    गज्जब लाग्यो केही नयाँ कुराहरु पनि थाहा पाइयो धन्यबाद दुवै जनालाई ..

  • @nirajanpradhan-oh4ou

    Ek dum ramro lagyo uhaa ko knowledge le respected ani thank you pod caste lae pani

  • @sushmitashrestha8560
    @sushmitashrestha8560 Před 14 dny +5

    Waiting for another podcast with Shivaraj sir and explore more

  • @prakashshrestha-of8lb

    कार्यकारी प्रधानमन्त्री चाहिन्छ नेपालमा ।
    भ्रष्टाचार गर्ने सबैलाई सर्वस्वसहित फाँसी ?
    ठगीगर्ने सहकारी संचालकहरु र तिनीहरूle आफन्तको नाममा राखेको सम्पुर्ण सम्पत्ति लिलाम गर्नुपर्छ र ती ठगीगर्ने सबैलाई फाँसी पनि दिनुपर्छ ।

  • @binitakhadka3440
    @binitakhadka3440 Před 10 hodinami

    Very informative podcast

  • @dhenprasadrai1682
    @dhenprasadrai1682 Před 15 dny +9

    पहिलोचोटि ज्योतिषप्रती आस्था बिस्वास भयो

  • @rameshpoudel9062
    @rameshpoudel9062 Před 6 hodinami

    बल्ल राम्रो अध्यन गर्नु भएको ज्योतिष को कुरा सुन्ने मौका पाईयो। उहाँको सम्पर्कमा कसरी जान सकिन्छ । कृपया .....सहयोग गर्दिनुस न।

  • @aashasitaula9389
    @aashasitaula9389 Před 10 dny +1

    बरीष्ट जोतोस् जी प्रणाम 🙏🏼 वा लाई भेट्न सकिन्छ बिनु म्याम कृपाय बाईताईनुसन 🙏

  • @tekendranepali3808
    @tekendranepali3808 Před 15 dny +2

    Wow ati uttam ...

  • @chakgurung3175
    @chakgurung3175 Před 13 dny +2

    धेरै राम्रो धन्यवाद , फेरि अर्को पोर्टकास्ट कृपया

  • @narendrachitrakar8315

    yo podcast maarfat ASTROLOGY ko baarema dherai GYAAN paaiyo. KHANAL ji ra POKHAREL ji laai dherai dherai DHANYABAAD chha.

  • @user-wy6sx6cy4j
    @user-wy6sx6cy4j Před dnem

    Oho sangae jotish padako sathi
    Congratulations and best of luck 👍

  • @aneetabista1946
    @aneetabista1946 Před 14 dny +2

    हजुरको बोल्ने शैली कति मजाको 😊धेरै कुरा जान्ने मौका दिनु भएकोमा धन्यवाद

  • @dujnm
    @dujnm Před 13 dny +2

    धन्यवाद विनु जी धेरै कुरा जान्ने मौका पाइयो ❤

  • @wayforthepeace1383
    @wayforthepeace1383 Před 14 dny +5

    मेरो पनी astrology प्रती को curiosity झन झन बढ्यो यो पोडकास्ट हेरेसी

  • @technicalgk2413
    @technicalgk2413 Před 8 dny +1

    Its great. Great knowledge. Thanks this podcast. Proud of eastern especially Nepalese.

  • @BidurprasadSharma
    @BidurprasadSharma Před 11 dny +1

    बिनु जी चिनामा गृहदोष, नागदोष,विवाहित,
    अविवाहित दुबैथरिका स्त्री पुरुषको अल्पकालीन मृत्युको दोष अनि वनदेवी,कुलदेवी साथै वालदेखी वृद्धसम्मका मृतात्माहरुको दोषपनि हुन्छ,वहाँ सङ्ग यसको बारेमा पनि बुझ्न पाए हुन्थ्यो।।

  • @anuniraula4874
    @anuniraula4874 Před 2 dny

    अति सुंदर 🎉🙏🙏🙏

  • @Tara-jl5ub
    @Tara-jl5ub Před 14 dny

    Namaste Shivraj Sir Dhari Ramro jotish Sambhandhi kura Bhujhadinu bhayakoma Thanku Sir.

  • @bishnuprasadnepal4646
    @bishnuprasadnepal4646 Před 14 dny +5

    जय हेास🎉🎉🎉 जान्नेलाइ श्रखण्ड, नजान्नेलाइ खुर्पाकेा विंड'' भन्ने कुरा जे मा पनि लागु हुन्छ 🎉🎉🎉

  • @philharmonic15
    @philharmonic15 Před 14 dny +2

    ज्योतिषशास्त्र मा धेरै अनुसन्धान भयो तर अहिले सम्म यो सहि छ भन्ने प्रमाणित भएको छैन कसो गर्ने होला

  • @ganeetsaathi
    @ganeetsaathi Před 15 dny +2

    Very interesting conversation

  • @bhabeshgurung3815
    @bhabeshgurung3815 Před 7 dny

    Ramro gyanbardhak program ko lagi thanks both of you

  • @shahadevkalikote4063
    @shahadevkalikote4063 Před 12 dny +5

    बिनु जि को प्रस्तुति वरिष्ठ पत्रकार बिजय कुमार जस्तो लाग्यो ज्यादै गहन र रोचक प्रस्तुति !!

  • @Maiyabantwa
    @Maiyabantwa Před 15 dny +3

    Thank you thank you

  • @gautamaharii
    @gautamaharii Před 4 dny

    गुरु र बिनुजीलाई धेरै धेरै धन्यवाद !
    KN रावको अध्ययन रिसर्चबाट लेखिएको बुकको नाम के हो, कुन भाषामा छ र कसरी पाउन सकिन्छ ?

  • @saraswatipandey9929
    @saraswatipandey9929 Před 11 dny +1

    उहा को कुरा सुन्दा एकदमै आनन्द आयो

  • @chetmaniadhikari5617
    @chetmaniadhikari5617 Před 15 dny +2

    अति सुन्दर ।🙏🙏🙏♥️♥️♥️♥️

  • @monikakhadka2711
    @monikakhadka2711 Před 14 dny

    Thank you sir for your knowledgeable podcast 🙏🙏 waiting for more…

  • @ramupoudel5557
    @ramupoudel5557 Před 15 dny +7

    ज्याेतिष ज्ञान गणितिय ज्ञान हाे गणित झुटाे हुदैन मलाई बिश्वास लाग्छ

  • @ranjankarki3780
    @ranjankarki3780 Před 14 dny +1

    गज्जब,मज्जा आयो,अहिले सम्म हेरेको मध्ये उत्कृष्ट पोडकाष्ट 😊

  • @nirmalakc8957
    @nirmalakc8957 Před 11 dny +1

    उहाँ महान ज्योतिष ज्यू काठमाडौं मै हुनुहुन्छ कि बाहिर ? भेट्न कहाँ सम्पर्क गर्नुपर्छ?

  • @aratichaudhary672
    @aratichaudhary672 Před 15 dny +2

    Thankyou so much sister

  • @Mechine.guide1
    @Mechine.guide1 Před 13 dny +1

    सुन्दर अति सुन्दर

  • @UrmilaBaral-qf5if
    @UrmilaBaral-qf5if Před 12 dny

    मार्मिक संदेश

  • @radheyradhey7210
    @radheyradhey7210 Před 13 dny +2

    कर्मकाण्ड गरने ब्राह्मण ले ब्यासिक ज्योतिश अध्यन जरुरी त हो तर सबै मा हुन्न ,, ज्योतिषी ले नै न्वारान गर्दा मात्र एक्युरेट नाम राख्न सकुन्छ तेसैले चिना बनाउदा सच्याउनु पर्ने हुन्छ ,,

    • @rajanhtd2529
      @rajanhtd2529 Před 11 dny

      न्वारन गर्न लाइ नै चै ज्योतिष पढ्नु पर्दैन पात्रो राम्ररि हेर्न जाने पुग्छ तर

  • @user-ze9pj2to2i
    @user-ze9pj2to2i Před 15 dny +2

    शुन्दर🙏

  • @user-ll5bx2zx8d
    @user-ll5bx2zx8d Před 9 dny +1

    Sundar episode!!
    For both 🙏🙏

  • @yamubohara
    @yamubohara Před 15 dny +5

    आजको पाेड्काष्ट अद्भुत हजुरहरु दुवैजनालाई धेरै धेरै धन्यवाद 🙏🙏

  • @pabitakarki107
    @pabitakarki107 Před 11 dny

    excellent one wow

  • @binodian1
    @binodian1 Před dnem

    Very well dialogue Binu jee

  • @Manojmagar-vo2gd
    @Manojmagar-vo2gd Před 11 dny

    Amazing astrology sir🙏

  • @user-ji7di9fz4x
    @user-ji7di9fz4x Před 11 dny +1

    मलाई ज्याेतिष ज्युकाे कुरामा अति , बिश्वास लाग्याे । उहाँको फाेन न, िदनुन म्याम ।

  • @ramppokharel3109
    @ramppokharel3109 Před 13 dny

    Thanks alots 🙏🙏

  • @samriddhikhanal8484
    @samriddhikhanal8484 Před 15 dny +1

    Thankyou sir 😊

  • @yasodashrestha8598
    @yasodashrestha8598 Před 15 dny +1

    Wow kasto Ramro Kura 😍🙏🙏

  • @chetmaniadhikari5617
    @chetmaniadhikari5617 Před 10 dny

    very interesting conversation .🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️

  • @dr.sunflower6336
    @dr.sunflower6336 Před 7 dny

    Jyotish jyu sarai ramro lagyo malai chai ani hajur ko prashna haru pani kada theo. Ekdam ramro podcast rahexa.

  • @DineshKarki-gz7km
    @DineshKarki-gz7km Před 14 dny

    Thank you so much

  • @chandraoli8313
    @chandraoli8313 Před 11 dny +1

    राम्रो कार्यक्रम बिनु जि ,ज्योतिष शिबराज सरको सम्पर्क नम्बर दिन सक्नुहुन्छ

  • @ManishThakur-ow6yr
    @ManishThakur-ow6yr Před 10 dny

    Wow so wonderful ❤❤

  • @RegalunisexsalonTinkune

    Wowo

  • @chakgurung3175
    @chakgurung3175 Před 13 dny

    अति राम्रो ❤❤❤

  • @mingmardorje2827
    @mingmardorje2827 Před 2 dny

    Kasari contact garne hola ta wahalai

  • @mamtajoshi9205
    @mamtajoshi9205 Před 12 dny

    You are always an inspiration and talented person 🎉🙏🙏🙏

  • @user-ue8wn5th8b
    @user-ue8wn5th8b Před 2 dny

    Very good

  • @kumargiri5253
    @kumargiri5253 Před 4 dny

    Ramro lagyo

  • @sitaadhikari4805
    @sitaadhikari4805 Před 14 dny

    Naman xa hajur

  • @prajanmaharjan7645
    @prajanmaharjan7645 Před 15 dny +2

    Namaste sir

  • @ramppokharel3109
    @ramppokharel3109 Před 10 dny

    Excellent

  • @SujaanPoudel-fj2hr
    @SujaanPoudel-fj2hr Před 2 dny

    सुन्दर❤

  • @ashokpoudyal722
    @ashokpoudyal722 Před 5 dny

    Toff podcast 👏👏👏👏

  • @sasikalasubedi4348
    @sasikalasubedi4348 Před 10 dny

    Excellent ❤

  • @A2_mgr56
    @A2_mgr56 Před 16 hodinami

    Shivaraj khanal
    Ko number paam na mam?

  • @RegalunisexsalonTinkune

    Thankyou binu didi

  • @amritathapa9909
    @amritathapa9909 Před 12 dny

    Guru namskar
    Kati dherai gan minutes vako ma dhanyabat

  • @rpkk6059
    @rpkk6059 Před 14 dny +1

    एकै समय एकै दिन र एकै ठाउँमा जन्मेको मानिसको चिना एउटै किसिमको हुन्छ भने उनीहरूको भाग्य र कर्म एउटै किन हुँदैन दुःखमा परेको मान्छेलाई तपाईँलाई यो ग्रह लागेको छ कटाए पछि सब ठिक हुन्छ भनेर so called ज्योतिषको कमाई खाने पेसा मात्र हो।

    • @dineshprasadshrestha7968
      @dineshprasadshrestha7968 Před 14 dny +1

      एकै दिन, एकै समय र एकै ठाउँमा जन्मिनेहरुकाे पनि बाबू आमा र जन्मिदाकाे दिशा ( जन्मदा जातककाे शीर कुन दिशातर्फ थियाे भन्ने ) फरक फरक पनि त हुन्छ हाेला नी। अनि ठाँउँकाे पनि अलगअलग अवस्थिति हुन्छ हनेला नी! त्यसैले फरक पर्छ हाेला।

    • @khusimangurung6202
      @khusimangurung6202 Před 11 dny

      @@dineshprasadshrestha7968हजुरले भने जस्तै दिशा र पहिलो जन्मको प्रभाव हुन्छ

    • @bhanudevkota4241
      @bhanudevkota4241 Před 8 dny

      बाबु आमाको ग्रहको प्रभावले पनि असर पार्छ भनिन्छ बालबालिकामा सायद यसैको प्रभावले हो कि

  • @dhrubaGautam-om6hw
    @dhrubaGautam-om6hw Před 14 dny

    Wow sabdai paiena vanne parmatma KO kirpa Janna pa Iyo

  • @umapoudel8746
    @umapoudel8746 Před 8 dny

    Hajur jasto Jyotish gyan vayeko Guru ji Aja samma dekheko thiyena 🙏🙏🙏

  • @mallikaacharyarijal
    @mallikaacharyarijal Před 15 dny +1

    😊😊

  • @insearchofself9616
    @insearchofself9616 Před 14 dny +2

    Advut Gyan ani Advut Prasna Sodhne saili🙏🙏🙏

  • @kushumdhakal7816
    @kushumdhakal7816 Před 6 dny

    sundar ani saral

  • @bigyanchaudhary6896
    @bigyanchaudhary6896 Před 10 dny

    Wow great video

  • @umapoudel8746
    @umapoudel8746 Před 8 dny

    Guru ji Naman🙏🙏🙏 hajur lai kasari contact garna sakinxa ?

  • @ashishacharya129
    @ashishacharya129 Před 17 hodinami +1

    science le pani future already exists garxa vanxa. Esko matlab future ma yesto hunxa vanne fix xa tara k hamile jyotis sastra marfat future thaha pauna sakxum ta? Yedi thaha paune vaye sayed jyotis haru nai stock trading garera sabai vanda dhani hunthye hola . Mero buwa pani prakhyat jyotish hunu hunthyo tara waha le pani afno mrityu ko suiko pani paunu vayena ekkasi hid dul gariranu vako manxe heart attack vayera bitnu vayo.

  • @bishnukhadgi6751
    @bishnukhadgi6751 Před 14 dny

    अद्भुत अद्भुत

  • @dilipky
    @dilipky Před 12 dny

    सुन्दर 😊

  • @sarkinisherpa4934
    @sarkinisherpa4934 Před 15 dny +1

    🙏❤

  • @kalidashadhikari3089
    @kalidashadhikari3089 Před 15 dny +1

    🙏🏻🙏🏻🙏🏻

  • @rujanpoudel
    @rujanpoudel Před 14 dny

    wonderful ❤