जन्मदिनमा महानायकको पूजाआजा/Rajesh Hamal/Birthday

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • ह्याप्पी बर्थडे ‘महानायक’ !
    महानायक राजेश हमालको आज जन्मदिन । ९ जुन १९६४ मा माता रेणु हमाल तथा पिता चुडाबहादुर हमालको सन्तानको रुपमा जन्म लिएका अभिनेता राजेश हमाल आजदेखि ५९ वर्ष पुरा भएर ६० वर्षमा प्रवेश गरेका छन् । अभिनेता हमालको जन्म पाल्पामा भएको हो ।
    जन्मदिनको अवसरमा अभिनेता हमाललाई सामाजिक सञ्चालबाट आज बिहानैदेखि जन्मदिनको शुभकामनाको ओइरो लागेको छ ।
    तीन दिदी-बहिनी तथा दुई जना दाजु-भाइको परिवारमा जन्मिएका हमालले दश वर्षअघि ५० वर्षको उमेरमा मधु भट्टराईसँग विवाह जीवन प्रारम्भ गरेका थिए । उनी आज पनि आफ्नो सफल वैवाहिक जीवन इञ्जोय गरिरहेका छन् ।
    २०४८ सालमा फिल्म ‘युगदेखि युगसम्म’ बाट अभिनय यात्रा प्रारम्भ गरेका हमाललले सयौं नेपाली फिल्ममा अभिनय गरेका छन् । म्युजिक भिडियो, विज्ञापनदेखि टेलिभिजन रियालिटी शोहरुमा समेत उत्तिकै जमेका अभिनेता हमाल पछिल्लो केही वर्षयता भने अभिनयमा सक्रिय छैनन् ।
    अभिनेता हमालले अभिनय गरेर सफल भएका फिल्महरुमा यूगदेखि यूगसम्म, देउता, हामी तीन भाइ, देउता, अल्लारे, अजम्बरी नाता, पालेदाई, आशीर्वाद, धर्मात्मा, पालेदाइ, जय शिव शंकर, वसन्ती आदि पर्दछन् । हमालले केही पाकिस्तानी फिल्ममा पनि अभिनय गरेका छन् ।
    कक्षा ८ सम्मको अध्ययन सेन्ट जेभियर स्कूलबाट पुरा गरेका हमालले माध्यमिक तहको शिक्षा मस्कोबाट पुरा गरेका थिए भने अंग्रेजी साहित्यमा स्नातकोत्तरको अध्ययन भारतको पञ्जाब विश्वविद्यालयबाट पुरा गरेका छन् ।
    अभिनेता हमाललाई डेढ दशकअघि नै नेपाली फिल्म क्षेत्रले ‘महानायक’ को उपाधि प्रदान गरेको हो । त्यसपछि हमाललाई दर्शक तथा सञ्चार माध्यमहरुले ‘महानायक’ कै रुपमा सम्बोधन गर्दै आएका छन् ।
    महानायक हमालद्वारा अभिनित पछिल्लो फिल्म ‘शकुन्तला’ हो । त्यसयता उनले फिल्ममा अभिनय गरेका छैनन् । फिल्म क्षेत्रमा तीन दशकभन्दा लामो समय बिताइसकेका यी कलाकार आजको मितिसम्म विवादरहित छन् । उनको बौद्धिकता तथा अध्ययनशीलताको सधैं प्रशंसा हुने गर्दछ ।
    आकर्षक व्यक्तित्वका धनी अभिनेता तथा महानायक राजेश हमाललाई कलाकर्मी परिवारको तर्फबाट जन्मदिनको मंगलमय शुभकामना ।
    Photos and Video Credit: Ram Thakur
    Website: www.kalakarmi.com
    Facebook: / kalakarmi
    Twitter: / kalakarmi

Komentáře •