राराका घोडचढी | Rara ka Ghodchadhi | Herne Katha EP107 | हेर्ने कथा

Sdílet
Vložit
  • čas přidán 30. 06. 2023
  • रारा ताल भन्दा अली तल चुँगा भन्ने गाउँ छ । त्यहाँ बस्छन् लक्ष्मी विक र कृष्णदेवी विक । उनीहरु साथी-साथी हुन् । दुबै जनाकाे एक-एकवटा घाेडा छन् : हिमाल र लक्की । आज राराका घोडचढीका कथा ।
    #HerneKatha #Raraghoda
    Story of the horse riders at Rara Lake.
    ❤️ A warm and gentle request ❤️
    Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
    Become our Patreon: bit.ly/2BrQzlQ
    Become a CZcams Member: bit.ly/JoinHerneKatha
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
    👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
    🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
    🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
    📝 Curator in Charge - Anusha Khanal
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on CZcams. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
  • Krátké a kreslené filmy

Komentáře • 1,3K

  • @hernekatha
    @hernekatha  Před rokem +53

    प्रिय दर्शकहरु, हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुस् न है 🙏🏽

    • @Hari_2659
      @Hari_2659 Před rokem +2

      ५ बर्ष पहिल्यै गरेको छु दिदी सधैं हेर्ने गर्छु❤

  • @Mahendrashahi123
    @Mahendrashahi123 Před rokem +614

    त्यो शहर बस्नेलाई के था गाउँको दुख अनि रमाइलो कति सानो उमेरमै कति ठूलो जिम्मेवारी बेहोर्नु पर्छ म पनि यस्तै दुख गर्दै गाउँमा हुर्केको हु तर आज मेरो भगवान भन्दा प्यारा बा आमा र मेरो इच्छाले आज यो शहरमा आफ्नो सपना र आमा बा को इच्छा पूरा गर्न भबिस्य खोजी रहेको छु

  • @teksaud1082
    @teksaud1082 Před rokem +298

    जीवनमा जति सुकै अभाव र समस्या भए पनि सपना त सबैका सुन्दर हुन्छन्।। मिहिनेती,इमान्दार भाई बैनीहरूलाई उज्जल भविष्यको कामना ❤❤।।

    • @NimabungRai
      @NimabungRai Před rokem +2

      hatts of !!!!sending lots of love those kids really touched my heart blessing ❤️😊☺️😘👏👏

  • @bikashbaral8079
    @bikashbaral8079 Před rokem +10

    रारा जादा यिनै चेलीहरुको घोडा चढ्ने प्रतिबद्धता व्यक्त गर्दै नानीहरूको उज्ज्वल भविस्यको कामना गर्दछु।जय होस्

  • @bairagimailo
    @bairagimailo Před rokem +6

    टिकटकमा साप्रा देखाएर डलर टिप्ने लाई एउटा गतिम्लाे पाठ हाे याे। सपना कति रहरलाग्दा हुन्छन् है जिन्दगीका।
    मन छाेयाे।

  • @HamiBalbalika
    @HamiBalbalika Před rokem +244

    जिन्दगीमा एकपटक रारा पुग्ने ठुलो धोको छ l
    रारामा लुकेर रहेको कथा हामी सामु ल्याइदिनु भएकोमा
    सम्पूर्ण टिममा धेरै धन्यवाद !❤🙏

  • @gmdipudependra
    @gmdipudependra Před rokem +64

    कुनै निर्माताले करोडौँ खर्च गरेर छायांकन गरेका नेपाली फिलिमहरु, र त्यसमा प्रयोग गरिएका घोडचढी दृश्यहरु भन्दा एक से एक बढी सुन्दर दृश्यहरु, यस अंकमा प्यारा तिन जना भाईबहिनिहरुका माध्यमबाट देख्न पाईयो । राराको अनुपम सुन्दरताको त कुन शब्दले तारिफ गर्नु । धन्यवाद हेर्ने कथा टिम ❤️

  • @devchhetri668
    @devchhetri668 Před rokem +77

    रारा जादा यिनै चेलीहरुको घोडा चढ्ने प्रतिबद्धता व्यक्त गर्दै नानीहरूको उज्ज्वल भविस्यको कामना गर्दछु।जय होस्🙏❤️

  • @samabesiaawaj
    @samabesiaawaj Před rokem +3

    कसम गाउले जिन्दगी यति निस्वार्थ छ जहाँ न छलकपट न सान हेर्ने आखाले मन जित्ने गर्छ

  • @govindabikramshahi7209
    @govindabikramshahi7209 Před rokem +44

    बहिनी हरु शिक्षिका बनुन ,भाई इन्जिनियर शुभकामना❤

    • @adeshgc3934
      @adeshgc3934 Před rokem +2

      भाई ईन्जिनियर मात्र नभई Double ईन्जिनियर नै बनुन शुभकामना ❤

  • @ujwalthulungrai5
    @ujwalthulungrai5 Před rokem +46

    जिन्दगीको अर्थ यी नानीहरुले बुझेका छन हामी भन्दा कैयौं गुणा ।❤❤

  • @AryanSherapShreepali
    @AryanSherapShreepali Před rokem +14

    होनि घोडा पनि ज्ञानी मान्छे पनि ज्ञानी साना साना प्यारा भाइ बहिनीहरु ❤❤❤❤

  • @TheNamastefication
    @TheNamastefication Před rokem +6

    नानीबाबुहरुको मेहेनतलाई सलाम छ। रारा पुगेको दिन यिनीहरुलाई अवस्य सम्झनेछु। 😍😍

  • @babudumiraio.c3715
    @babudumiraio.c3715 Před rokem +16

    झोला म बोक्दिन्छु! कत्ती मीठो शब्द आँसु नै आयो😢😢

  • @santoshsunar2363
    @santoshsunar2363 Před rokem +59

    हेर्ने कथा टिमलाई मनै बाट सलाम छ है हामी पर्देशीलाई हाम्रो देशमा भएको स्वर्गजस्तो ठाँउ देखाई दिनु भएकोमा 🙏🙏🙏🙏 🇦🇪🇦🇪🇦🇪🇦🇪

  • @omprakashromeo780
    @omprakashromeo780 Před rokem +11

    उमेरले होइन परिस्थितिले मान्छेलाई निकै व्यावहारिक बनाउँछ भन्ने दरिलो उदाहरण हुन् यिनी साना नानु बाबुहरु ,, एकदिन अवश्य सफल हुनेछौ ,धेरै शुभकामना अनि आशिर्बाद 🙏💖❤️

  • @debendrabasnet3095
    @debendrabasnet3095 Před rokem +2

    सारै रमाइलो क्षेण तपालाइ पनि हेर्नेलाइ पनि त्यो ठाउमा रमाउनेलाइ पनि तर आधा भयो । दिदी पूरा भयको भए अझ सुन्मा शुग्न्त हुनेथियो।

  • @healthawareness_3622
    @healthawareness_3622 Před rokem +13

    गाउँका दुःख अनि सहरका रहर
    एउटै पर्दामा तर अनजान छन्।
    "हेर्ने कथा" ❤🙏

  • @socialonline1578
    @socialonline1578 Před rokem +2

    सलाम छ बिध्या दिदि साच्चिकै पत्रकार हरुले दिदी बाट सिक्नु पर्छ युटुबर ले??

  • @chandikagurung9194
    @chandikagurung9194 Před rokem +2

    Kahile aauxa vanera herna basxu herne katha yestai yestai vdo haru herna paau ghumna jana napayeni herera ramailo thank you herne katha tim🥰🥰🙏🙏🙏🥰🥰

  • @ghartimagarharka
    @ghartimagarharka Před rokem +27

    मलाई सबैभन्दा धेरै मन पर्ने कार्यक्रम हो हेर्ने कथा ❤❤❤❤❤

  • @PramilaThapamagar-lb3hk
    @PramilaThapamagar-lb3hk Před rokem +10

    जय पसुपतिनाथ भोले बाबा यी नानी बाबूको इच्छा र मनको कामाना पूरा। गरीदिनुस प्रभु 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @wethdhanuthapa993
    @wethdhanuthapa993 Před rokem +2

    यो कथा ,घोडा,रारा अनि बालबालिका बाध्यताको सम्बन्ध सगै मेरो देशको बास्तबिक कथा धन्देबाद (हेर्ने कथा)

  • @jamunachapagain8863
    @jamunachapagain8863 Před 9 měsíci +1

    विद्या बैनी धन्यवादकाे पात्र तपाईंको खाेज पत्रकारिताले निरन्तरता पाअाेस् शुभकामना ।

  • @ghumneababa
    @ghumneababa Před rokem +9

    म २२ वर्ष भइसके तैपनि घरबाटै पैसा माग्छु
    तर यती साना भाईबहिनीले यती मेहेनत गरेको देख्दा मलाई खुसी लाग्यो ❤ Lots of love to you all guys ❤❤

  • @susheelkoirala5742
    @susheelkoirala5742 Před rokem +11

    जति सुन्दर रारा ताल त्यती नै सुन्दर र निश्चल छ यि घोडचढी भाइ बहिनिहरुको मन पनि ।भाइ बहिनिहरुको उज्वल भबिष्यको कामना गर्दछु ।अनि हेर्ने कथा सम्पुर्ण टिमलाइ एक ब्रह्माण्ड नमन

  • @B2B_Gaming08
    @B2B_Gaming08 Před rokem +1

    म आफुले स्वयम् देखेको र भोगेको छु यॅहाको वास्तविक् जिवन् काश मन् छ यतै तिर बस्ने ❤

  • @dilwalarai1931
    @dilwalarai1931 Před 8 měsíci +1

    अति सुन्दर भि डि यो मेहनती भाई बैनीहरुको काम ऐउटा उधाहारण जस्तै छ समाज मा बाउ आमालाई आर्थिक सहयो गर्नु को लागी । 🙏

  • @hembahadur1233
    @hembahadur1233 Před 10 měsíci +5

    बिद्या जिको यो कार्यक्रम अति मन पर्छ,आँसु त आउँछ तर त्यो आँसु कति हर्सको हुन्छ

  • @ganeshbc5048
    @ganeshbc5048 Před rokem +3

    रारा मुग्ने मेरो पनि ठूलो चाहाना छ रारा गएर यिनै भाइ बहिनिहरुको घोडा चढ्ने प्रतिबध्दता गरे।

  • @user-if7we8wd4m
    @user-if7we8wd4m Před rokem +2

    सानै उमेर मा जिम्मेवारी बोकेका भाइ बहिनी हरु !!!! कति सुन्दर कति स्वछ रारा

  • @Devdas_chettri
    @Devdas_chettri Před rokem +2

    रारा पर्यटक समितिले उहाँहरुलाई अलि व्यवस्थित गराउन पाए झनै राम्रो❤हुन्थ्यो कर्नालिका कथा आफैमा कहालि छन्।

  • @maheshoffical7233
    @maheshoffical7233 Před rokem +9

    यो मार्मिक कठिन यात्रा अनि दुःखी गरिब गुजारा प्रति आभार ब्य्क्त छ साथी हेर्न कथा का सम्पूर्ण प्रति

  • @bpnembang
    @bpnembang Před rokem +4

    कथित आधुनिकताले कति पनि नछोएको - साँच्चीकै बिशुद्ध, निश्चल र निर्दोष जीवन !! नानीहरुलाई शुभकामना !!

  • @puranthapa9529
    @puranthapa9529 Před rokem +2

    जति सुन्दर ताल छ त्यत्ति नै सुन्दर मन लाग्यो नानी बाबु को
    So innocent 😍❤️❤️❤️

  • @purneema77
    @purneema77 Před rokem +2

    बच्चा बेलामा गाउको रहनसहन अनि ति भोगेका कयाै दुख हरु देखि टाढा जान मन लाग्थ्यो। सपना को सहर कैले जान पाइला भनेर सोच्दै घाँस दाउरा गरिन्थ्यो।
    र अहिले यो सहरको भागदौड देखि टाढा जान मन लाग्छ
    मेरो जन्मेको गाउ, जहाँ मेरो पुरै बाल्यकाल त्यही छ, तर के गर्नु पढाई र जागिरको शिलशिलामा यहि सहरमा गुम्सिन बाध्य भएको छु 😢
    मनै देखि धेरै धन्यवाद हेर्ने कथा टिमलाई 🙏❤
    मेरो दुखाइको मलम बनिदिनु भएकोमा🙏✨

  • @nitasapkota9854
    @nitasapkota9854 Před rokem +50

    उत्कृष्ट कार्यक्रम ❤ कति माया लाग्दा नानीहरु।

  • @gajendrachamling7993
    @gajendrachamling7993 Před rokem +10

    रारा पुग्ने सपना अधुरै भएपनि हेर्ने कथा मार्फत त्यहीँ पुगेको महशुस भयो, धन्यबाद हजुर तपाईंलाई अनि यी भाईबहिनीहरुको भविष्य उज्ज्वल बनोस् शुभकामना❤️🙏

  • @aakashpunofficial8081
    @aakashpunofficial8081 Před rokem +2

    संघर्ष त छदैछ। तर सुन्दर प्रकृतिको काखमा, आफ्नै माटो, वनपाखा अनि उकाली ओरालीमा सुसेली हाल्दै रमाउन पाउनु। आमा बुबाको छत्रछायामा लुपुक्क हुन पाउनु अनि साथीसंगीहरूसंग दौतरी गास्दै मेलापात गर्न पाउनेहरू धेरै नै भाग्यमानी हुन्। नत्र हामी परदेशीहरू त यस्तै यूट्यबमा गाउॅं बेसीका भिडियो हेरेर गह भर्दै बस्ने हो। ❤️🙏

  • @malatikhadka736
    @malatikhadka736 Před rokem +1

    मेरो नेपाल सस्कृति, विविधता कती धनी छ पूर्वको हेर्यो पूर्व राम्रो पश्चिममा हेर्यो पश्चिमको राम्रो जताको हेर्यो तेतै राम्रो❤❤❤❤❤❤❤❤कती मायालू भाईबहिनीहरु❤❤❤

  • @RedMi-mp8we
    @RedMi-mp8we Před rokem +3

    नपुगेका नदेखाका ठाउहरूको अनुभव र स्मर्ण गराउनु हुन्छु दिब्या मिसले निकै रमाईलो लाग्छ सो धेरै धेरै धन्यबाद

  • @anamikasajal
    @anamikasajal Před rokem +14

    वास्तविक नायक नायिकाहरु ❤❤

  • @Vikramaditya-qp1mc
    @Vikramaditya-qp1mc Před 8 měsíci +2

    रारा लेक वास्तव में बहुत ही सुंदर है । नेपाल सरकार को यहां पर्यटन बढ़ाने के लिए जल्द से जल्द अच्छी रोड बनाने की जरूरत है ताकि इन दुरस्त गांवो में आर्थिक गतिविधियां बड़े। भारत से भी कई लोग यहां आना चाहते है पर खराब रोड के कारण और व्यवस्थाओं के कारण आ नही पा रहे है।

  • @listimai1906
    @listimai1906 Před rokem +1

    हिमाल,लक्की र बादल आहा 🥰कती राम्रो नाम/माँछे अनी काम।।।❤

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 Před rokem +14

    आहा हेर्ने कथा आउने दिन त मन नै खुशि भएर आउछ ❤❤ 😊

  • @user-np1ig2we3z
    @user-np1ig2we3z Před rokem +4

    प्रदेश को एक कोठा मा बसेर तपाई को भिडियो हेर्दा एक्कै छिन गाउ पुगे जस्तो हुने ।
    सम्मान छ दिदि

  • @magartul7093
    @magartul7093 Před rokem +1

    धेरै राम्रो लाग्यो राराको भिडियो खुशी लाग्यो देख्न पाउँदा यस्ता यस्ता भिडी फेरि पनि आओस

  • @rajukshetri2995
    @rajukshetri2995 Před rokem +1

    सबै भन्दा पहिला त हेर्ने कथा टिम लाइ सलाम। आर्थिकले भरिपूर्ण भइ शहरिया जिवनमा विलाशिको जिवन भोग गर्ने लाइ के थाहा ? जिवन को भोगाई अनी दुखद परिस्थितिको जिवन के हो भनेर,जानकारी पाउन हेर्ने कथा का अंश हेर्दा थाहा हुन्छ।जिवनको भोगाई मा सामेल भएका ति सानै उमेरका भाइ बहिनी को सङ्घर्ष र परिस्थिति सुखमय बन्दै जाओस, उनिहरु ले चिताएनुसारको भविष्य मीलोस भन्दै शुभकामना।।।

  • @narendranembang4913
    @narendranembang4913 Před rokem +5

    आटिला अनि इमान्दार भाईबहिनिहरुलाई उज्ज्वल भबिस्वको कामना ❤️❤️❤️

  • @ratnalimbu1743
    @ratnalimbu1743 Před rokem +6

    धन्य छ हेर्ने कथा टिमलाई हामी सपनामा पनि नपुगेको ठाउँ पुगेर देखाउनु हुन्छ त्यहांको जनजिवन, भौगोलीक स्तिथी,आदि थुप्रै देखाउनु हुन्छ मनै देखि सलाम छ।❤

  • @hamroripagaun6585
    @hamroripagaun6585 Před rokem +1

    हेर्ने कथा मलाई एकदम मन पर्छ त्यो सात बर्ष अगाडि को उज्याली कताछिन होला लौन एक चोती हेर्न मन छ

  • @peshalpo
    @peshalpo Před 11 měsíci +1

    फिल्महरुभन्दा उत्कृष्ट रियालिटि आधारित कथाहरु संधै पृय छन् मेरा लागि ❤❤

  • @xatryrazz6228
    @xatryrazz6228 Před rokem +7

    कस्तो रारको याद आयो 🥰🤗
    धेरै धेरै सम्झना मेरो प्यारो ठाउँ 🥺😘

  • @gomumagar8923
    @gomumagar8923 Před rokem +6

    कति सुन्दर ठाउँ सात समुन्द्र पारी रहेता पनि हेर्ने कथाले आफ्नै गाउँ ठाउहरुमा घुमि रहेको जस्तो फिल हुन्छ ❤❤

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d Před rokem +1

    हेर्ने कथा हेर्नु को मज्जा छुट्टै छ गाईज 👌👍️

  • @bikasrai3011
    @bikasrai3011 Před rokem +1

    तपाईं एउटा देशको असल चेली हुनुहुन्छ यो जुनीमा हजूर नेपालकॉ प्रधान मन्त्रि हुनुपर्छ चेली आशिर्वाद छ यो दाजू बाट सेवा 🙏

  • @WeExploreNepal
    @WeExploreNepal Před rokem +127

    Their dedication to studies, family support, genuine attitude, early understanding of responsibility, and inspiring dreams are incredibly motivating. Huge appreciation to the 'Herne Katha' team for sharing this story, as it can be a great source of motivation for students and many of us. Keep sharing the stories, thank you! :)

  • @migmardolma47
    @migmardolma47 Před rokem +11

    कति बुझकी नानी बाबु हरू ♥️♥️♥️God Bless You All 💐🙏🥰🥰🥰Best Of Luck For The Future 🙏👍💕

    • @NimabungRai
      @NimabungRai Před rokem

      घोडचढी का भाइ बैनिहरु लाइ देखेर म त inspire भयो धेरै माया खोटाङ बात्❤️😊☺️😘🙏🙏

  • @princegaurab8866
    @princegaurab8866 Před rokem +2

    आहा कति सुन्दर अनि रमणिय दृश्य अनि उस्तै दुःख लाग्दो कहाँनी।

  • @PramilaThapamagar-lb3hk
    @PramilaThapamagar-lb3hk Před rokem +2

    सोर्गनई हो मेरो देश नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @PUBG-hl3mv
    @PUBG-hl3mv Před rokem +5

    3 जना बाबुनानीहरुलाई सुखद भबिस्यको सुभकामना

  • @prithvithapa1080
    @prithvithapa1080 Před rokem +4

    स्वर्गकि परि ' रारा ' सुन्दर ठाउँ
    सलाम छ हेर्ने कथा टिमलाई नेपाललाई बिश्वसामु चिनाउने अब्बल कार्यक्रमका लागि।

  • @user-vr8zb2jy9s
    @user-vr8zb2jy9s Před 11 měsíci

    कति रमाइला नानिहरू
    धेरै रमाइलो परिबेश👌👌👍️👍️👍️👍️🙏🙏🙏🙏समाचार दाता लगायत सबैलाई

  • @khotangkokanxo4971
    @khotangkokanxo4971 Před rokem +1

    सारै राम्रो कथा मेरो घर खोटाङ हो तर यो ठाउँ अबस्य पुग्नेछ
    शहर मा बस्ने लाई केथा गाउको रमाइलो सङै ती कलिला बाल नानी बाबू लाई होउसला दिन

  • @subash-b6z
    @subash-b6z Před rokem +5

    दिब्या दिदी म जाजरकोट बाट हाल ईन्डिया मा छु मैले हजुर को video हेर्न लाको 3/4 बर्स भयो म लाई आकाश को कथा part 2 हेर्न मन छ दिपक को कथा पोखरा को जसरी भयनी बनाउनु नि पिलिज 🙏🙏🙏🙏❤️❤️

  • @krishnashrestha9621
    @krishnashrestha9621 Před rokem +20

    Theses children are the real Gems.May God bless them

  • @deepenkhattri6256
    @deepenkhattri6256 Před rokem

    कस्तो रमाइलो, अभाव छ तर गाउँको बेग्लै आनन्द पनि छ l

  • @sabitabasnet6503
    @sabitabasnet6503 Před rokem +1

    नेपालको कुनाकप्चाबाट अवाज विहिनको अबाज बनिदिनु भएकोमा मनैदेखि धन्यबाद।

  • @rabeensubba9598
    @rabeensubba9598 Před rokem +11

    प्रतिक्षाको घडी समाप्त हुँदैछ विद्या दिदीको आवाज सुन्ने...

  • @mikrokosmoskripa
    @mikrokosmoskripa Před rokem +6

    I don't know what I found more beautiful here, the children , horses or Rara lake . 💜

  • @ujjwaladhikari3552
    @ujjwaladhikari3552 Před rokem

    हेर्ने कथा नेपाल र नेपालि को बास्तबिक प्रतिबिम्ब हो।बिध्या चापागाइ पत्रकारिताको सुन्दर अनि स्वचछ अनुपम अगुवा हुन।

  • @prajwaldahal8563
    @prajwaldahal8563 Před rokem

    करोडौं खर्चेर बनाएको सिनेमा भन्दा यो उत्कृष्ट छ सबैमा नमन🙏🙏🙏🙏 अनि त्यो दुर्गमको मानिसको चेतना वाह!!

  • @kamalkarki8013
    @kamalkarki8013 Před rokem +4

    अभावै अभावको एउटा सु्न्दर सपना जहा मनको लड्डु घिउ सग खादै निर्दोष आखाहरु , रारा कि अप्सरा 🙏🙏🙏🙏

    • @NimabungRai
      @NimabungRai Před rokem

      really inspire those kids story lots of love form Khotang blessing them ❤️❤️😘🙏🙏

  • @nabinbhattarai238
    @nabinbhattarai238 Před rokem +11

    One day in RARA for sure with these boy and girls in their horses ,thank you bidhya dee for the story

  • @Bijayapaudel-dx7zf
    @Bijayapaudel-dx7zf Před 7 měsíci

    कस्तो आँसु नै आयो यो कथा हेरेसी 😢😢😢 उज्ज्वल भबिश्यको कामना ❤🎉

  • @aakashadhikari4805
    @aakashadhikari4805 Před rokem +1

    म चाहि बिधा जि को बोल्ने शैलीको ठुलो फ्यान हु र हेर्ने कथाको नियमित दर्शक

  • @rajkumarshrestha1965
    @rajkumarshrestha1965 Před rokem +3

    दिदी हजुरको मधुर आवाज युक्त कार्यक्रम हेर्न पाउँदा मनै देखि आनन्दित लाग्छ। दिन भरीको थकान कथा हेर्दा पुरै बिर्सन्छु।

  • @kshitiztimilsina9663
    @kshitiztimilsina9663 Před rokem +6

    Look at them how much down to earth they are..... Pure innocent hardworking souls❤❤❤

  • @birendrachand9872
    @birendrachand9872 Před rokem +1

    मलाई केही बोल्नै आएन
    रहरका रमाइला भन्दा बाध्यता का ती नानीका कथा❤❤

  • @nepaliboyka7state379
    @nepaliboyka7state379 Před rokem

    हेर्ने कथा धेरै राम्रो लाग्छ । आज त झन नेपाललाई नै झल्काउने रारा वाउ कति राम्रो । भाइ बैनिहरु उत्तिकै अनुशासित ।

  • @Mr.Keshab
    @Mr.Keshab Před rokem +3

    thank you means a lot ❤️🙏 यो कथाको सार कोही कोही मान्छेहरुभन्दा यी नानी बाबुका घोडाहरु राम्रा😊

  • @dallaydai
    @dallaydai Před rokem +28

    I hope and pray this team will get a well deserved respect and recognition globally also praying it wins an award for international documentary.

  • @BISHNUMBA
    @BISHNUMBA Před rokem +1

    रारा जादा यी नानीहरुलाई भेट्नै पर्ने भयो । अवश्य नै ।

  • @aashimchamlingrai9286
    @aashimchamlingrai9286 Před rokem +1

    यो कथा बाट आजकाल नानीहरु धेरै कुरा सिक्नु पर्छ र सके सम्म देखाउनु पर्छ ।

  • @bishalshah6995
    @bishalshah6995 Před rokem +37

    Really I had tears in my eyes by seeing struggle of small sisters and brother & responsibility towards their family is unmatchable at this age. Hatts of all of you and thank you so much all of you Herne katha team members for showing reality of Nepal 🇳🇵 .

  • @DeepakDeepakpandey-kb6zp

    Dear sister you exposed real background of Nepaliculture and tradition. Exceĺlent.

  • @sumanpangeni2045
    @sumanpangeni2045 Před rokem +2

    भुइँ मान्छेका यथार्थ कहानी जस्ताकाे जस्तै देखाउनु हुन्छ र हेर्ने कथा मन पर्छ।खाेज पत्रकारिताकाे उत्कृष्ट नमुना हेर्ने कथा हाे।अहिले सम्म प्रस्तुत गर्नु भएका कथाले सबैकाे मन जित्न सक्नुभएकाे छ।यहि शैलीलाई निरन्तरता दिनु हाेला हार्दिक शुभकामना !

  • @bishnuniran5565
    @bishnuniran5565 Před rokem +1

    अतिनै खुसीको अनुभुती हुन्छ नसोचेको नदेखिएको आफ्नो देश हेर्नु पाउदा अनि दु:खद कुरा यती राम्रो आफ्नै ठाँउ प्रतेक्ष रूपमा हेर्नु नपाएको मा तर अप्रत्यक्ष रुपमा भय पनि हेर्नु पाउदा हेर्ने कथा सम्पूर्ण मा हृदय देखि धन्यवाद 🙏❣️🇳🇵।

  • @subingurungvlog
    @subingurungvlog Před rokem +23

    Respect Herne Katha Team for your Hardworking Exploring hidden story❤️❤️🙏🙏🙏🙏

  • @rajupudasaini8883
    @rajupudasaini8883 Před rokem +6

    Lots of respect to these children, and thank you so much, "Herne Katha"team, for this beautiful video.❤❤❤

  • @chandrashirishofficial

    बाध्यता र परिस्थितिले सबै सिकाउछ जब जिम्मेवारी काधमै आइ बस्छ चाहे उमेर सानो किन नहोस ।भाइ बहिनीहरुको संघर्ष ,मिहेनत, लगनशीलता र इमानदारीता देख्दा खुशी लाग्यो सोचेको सबै पुगोस भाइबहिनीहरु को

  • @sangamgouli5346
    @sangamgouli5346 Před rokem

    नदेखाईएका र लुकाइएका नेपाली पौरखी कथालाई छर्लङ्ग पार्दिनु भएकोमा हेर्ने कथा टिमलाई ह्रदय देखिनै धन्यबाद

  • @user-de1qi7oy2z
    @user-de1qi7oy2z Před rokem +3

    आजको भाग पनि राम्रो लाग्यो ❤❤❤ हेर्ने कथा का पात्र तथा टिमहरुलाई पनि धेरै धेरै माया र धन्यवाद छ।❤❤❤❤😊

  • @mongurung7493
    @mongurung7493 Před rokem +5

    I’m speechless and cried when they are talking about their life. The way they talk that their aim is only a dream and it will only fulfill in dream. But when you said dream will fulfill when you aim it. It touched my heart ❤❤❤. Thank you Herne Katha for this video❤❤

  • @Bh-dj8fw
    @Bh-dj8fw Před rokem +1

    अति राम्रो🐴 साहसी युवाहरु को सुन्दर ☺️💕👌👍️👍️ रारा 😍😍

  • @shresthakeshab3347
    @shresthakeshab3347 Před rokem

    बिद्या मेम को पर्श्न सोध्ने तरिका यति राम्रो लाग्छ कि कुरै नगरुम i am big fan her all activities ❤ salut bidhya medam🙏🙏❤️

  • @manojjaisi2817
    @manojjaisi2817 Před rokem +3

    मेराे राराकाे कथा ल्याईदिनु भएकाेमा हेर्ने कथाका टिमलाई धन्यवाद 🙏🙏❣️❣️।

  • @underrated7541
    @underrated7541 Před rokem +14

    I love every story . Great job team herne katha . I've always enjoyed your stories and it is really fun and emotional to watch you continue to grow as a teller.

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi Před rokem +1

    हेर्ने कथा हेर्न लाई सुरु गरे है हल कुवेत बाट्♥️♥️♥️♥️

  • @SimaRai-vg3gq
    @SimaRai-vg3gq Před rokem

    आहा कति सुन्दर हेर्ने कथा अनि सुन्दर रारा तालको दृश्य
    त्यहाँको जनजीवन र कलिला बालवालिकाकोको घोडचढी रमाइलो कुराकानी ज्यादै राम्रो लाग्यो ।