Video není dostupné.
Omlouváme se.

Bode Jatra

Sdílet
Vložit
  • čas přidán 25. 04. 2023
  • भक्तपुरको सबभन्दा ठूलो सांस्कृतिक उत्सव बिस्का: जात्राका क्रममा नयाँ वर्षको दोस्रो दिन अर्थात् वैशाख २ गते मध्यपुर थिमिको बोडेमा जिब्रो छेड्ने जात्रा हुन्छ ।
    जिब्रो छेड्ने व्यक्तिले तीन दिनदेखि शुद्ध भई पानी मात्र खाएर ब्रत बस्नुपर्छ। त्यसो गर्दा जिब्रोको स्वाद हराउने र जिब्रो नरम हुन्छ भन्ने मान्यता छ। जिब्रो छेड्न भनेर बोडेको लाकुछेँका नकर्मीहरूले वर्षौंदेखि फलामे नटुचा (मुल सुइरो) बनाउँदै आएका छन्। यो वर्षका लागि ११ इन्चको नटुचा तयार भइसकेको छ।
    नकर्मीको घरमा तेलमा डुबाएर राखिएको यो नटुचा शनिबार सुजनको जिब्रोमा छेडेर परम्परा पुस्तान्तरण हुनेछ।
    यसअघि जिब्रो छेडेका मान्छेको अनुभवमा कसैले सुइरोमा छोइदियो वा कुनै लुगा सुइरोमा अल्झियो भने त्यसको पीडा असह्य हुन्छ। त्यही भएर जिब्रो छेडेपछि नगर परिक्रमा गरिरहँदा भीडलाई पर राख्न मान्छेहरू खटिएका हुन्छन्।
    'जिब्रो छेड्दा पीडा हुन्छ भनेर मान्छेहरू डराउनुपर्ने हो, तर बोडेका मान्छेहरू जिब्रो छेड्न लालायित छन्,' 'एउटै व्यक्तिले ३२ पटकसम्म पनि जिब्रो छेडेका छन्।'
    परम्पराअनुसार जिब्रो छेडिसकेपछि अर्धचन्द्राकार महादीप बोकेर बोडे सहर परिक्रमा गर्नुपर्छ। सहर परिक्रमा गरूञ्जेल जिब्रोबाट सुइरो झिक्नुहुन्न। बोडेकै महालक्ष्मी मन्दिर घुमेपछि बल्ल सुइरो झिकेर महालक्ष्मी मन्दिरमै ठोक्ने परम्परा छ।
    सुइरो निकालेपछि घाउ छिटो निको होस् भनेर महालक्ष्मी मन्दिरको माटो जिब्रोमा दलिन्छ। यो माटोले जिब्रोको घाउ निको पार्न औषधिको काम गर्छ भन्ने जनविश्वास छ।
    बोडेको जिब्रो छेड्ने परम्पराका पछाडि दुईवटा किम्बदन्ती प्रचलित छन्।
    पहिलो किम्बदन्ती
    बोडे नजिकै नीलबाराहीमा एउटा ख्याक (भूत) सधैं मान्छेको रूप धारण गरेर आउँथ्यो। ऊ प्रायः खेतीपातीमा सघाउँथ्यो र भोजभतेरमा सहभागी हुन्थ्यो। वनदेवी रिसाएका बेला भने ऊ आफ्नो असली रूप देखाउँदै मान्छेलाई साह्रै दुःख दिन्थ्यो। त्यही भएर त्यहाँका मान्छे बसाइसराइ गरेर बोडे आए।
    तर बस्ती सर्दा पनि ख्याकले दुःख दिन छाडेन।
    दु:खबाट मुक्ति पाउने उपाय खोज्दै जाँदा एकदिन एक तान्त्रिकले ख्याकलाई आफ्नो पासोमा पारे। पासोमा परेपछि गाउँलेहरूले आफूलाई सताएको बदला दिन ख्याकको खुट्टा तान्ने, लुगा फुकाल्ने, कपाल तानिदिने, जिब्रो छेड्नेजस्ता गतिविधि गर्न थाले।
    ख्याकले दु:ख सहन नसकेर गाउँलेहरूसँग माफी मागे र अबदेखि गाउँलेलाई कहिल्यै नसताउने बाचा गरे।
    त्यसपछि गाउँलेहरूले हरेक वर्ष जिब्रो छेड्न राजी भए मात्र उसलाई मुक्त गर्ने सर्त राखे।
    तान्त्रिकको पासोमा परेको ख्याकले गाउँलेहरूको सर्त मञ्जुर गर्‍यो।
    ऊ हरेक वर्ष जिब्रो छेडाउन बोडे आउन थाल्यो। मान्छेले उसलाई अरू दुःख दिएनन्। जिब्रो छेडेर नगर परिक्रमा गराई छाड्न थाले।
    तर यहाँ एउटा आपत् के पर्‍यो भने, ख्याकलाई जिब्रो छेडेर दु:ख दिएको निलबाराहीलाई चित्त बुझेन। बोडे नगरमाथि अनेक दु:ख आइपर्न थाल्यो।
    एकदिन निलबाराहीले तान्त्रिकको सपनामा आएर भनिन्, 'ख्याक पनि देवीदेवताकै एउटा स्वरूप हो। त्यसैले उसलाई दुःख नदिनू। बरू उसको बदलामा आठौं वर्षबाट अरू मान्छेको जिब्रो छेडाउनू।'
    त्यही समयदेखि नगरलाई दु:खबाट मुक्त गर्न मान्छेको जिब्रो छेडेर जात्रा चलाउन थालियो।
    दोस्रो किम्बदन्ती
    परापूर्व कालमा निलबाराहीका मान्छे बोडेतिर आवतजावत गर्दैनथे। उनीहरू खेतीपातीमै रमाइरहेका थिए। उनीहरूलाई आफ्नो ठाउँ छाडेर बाहिर जान डर पनि थियो।
    एकदिन उनीहरूले बोडेबाट कोही आगो बोकेर, सुइरोले जिब्रो छेडेर आइरहेको देखे। उनीहरू त्यो मान्छेको पछि लागे। त्यो मान्छे महालक्ष्मी मन्दिरमा पुगेपछि गायब भयो।
    यो क्रम केही दिनसम्मै चल्यो। हरेक दिन लगातार पछ्याएपछि उनीहरूले त्यसरी आउने मान्छे भगवान भैरव हुन् भन्ने थाहा पाए।
    यो घटनापछि उनीहरूले वर्षको एकपटक भए पनि महालक्ष्मी मन्दिर परिक्रमा गर्नुपर्छ भन्ने बुझे र कुनै एक जनाले जिब्रो छेडेर मन्दिर परिक्रमा गर्न थाले। यसो गर्दा खेतीपाती सप्रियो।
    त्यसपछि नै जिब्रो छेड्ने व्यक्तिले आगो भएको अर्धचन्द्राकार महादीप बोक्ने र जिब्रो छेडेको सुइरो महालक्ष्मी मन्दिरमा ठोकेर मन्दिरको माटो घाउमा दल्ने परम्परा चलेको जनविश्वास छ।
    किम्बदन्ती भनेको कथ्य र तथ्यको मिश्रण हो। वास्तविक घटनाभन्दा कल्पना नै यसमा हाबी हुन्छ। सबभन्दा ठूलो कुरा त यो परम्पराले निरन्तरता पाइरहनु हो। र, त्योभन्दा ठूलो कुरा नयाँ पुस्तामा पनि यो परम्परा पछ्याउने रूचि जाग्नु हो।

Komentáře • 1