खलंगामा हमला Part-1 || माओवादि जुम्ला आक्रमण ||The Nepalese Civil War||

Sdílet
Vložit
  • čas přidán 23. 05. 2020
  • नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
    माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो । १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
    सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।
    द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते अपाङ छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले सहज जीवनयापन गर्न पाएका छैनन् ।
    अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
    के भए त ती उथलपुथलका दश बर्षमा ? भिबिन्न स्रोत बाट प्राप्त सामग्रीहरु बाट सूचनाहरु संकलन गरेर मैले धेरै घटना हरुको यसरि नै अडियो मार्फत यहाँ अपलोड गर्नेछु । यदी ति सामाग्रीहरु नछुटाइ सुन्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
    ------------------------------------------------
    याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।।।
    धन्यवाद !
    The Nepalese Civil War is authorized to upload video.
    Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
    ( Source: खलंगामा हमला ,राधा पौडेल )

Komentáře • 32