Kunjani Pariyar | अनि, अब with Sudheer Sharma | Ep.08

Sdílet
Vložit
  • čas přidán 30. 05. 2024
  • ≈ युवा, दलित र महिला ≈
    अधिवक्ता कुञ्जनी परियार पोखरामा बसेर कानून व्यवसाय गर्छिन् । महिला, दलित एवं मानव अधिकारका मुद्दाहरुमा बढी क्रियाशील छन् । रुकुमको चौरजहारीमा २०७७ जेठ १० गते नवराज विकसहित छ जनालाई खेदी-खेदी मारिएको विभत्स हत्याकाण्डमा पीडितका पक्षबाट वकालत गरेर २४ जनाविरुद्ध जन्मकैदको फैसला गराउन सक्रिय भूमिका खेल्नेमध्येमा उनी पनि थिइन् ।
    युवा, दलित र महिला - यी तीनवटा परिचय बोकेर अघि बढ्दा समाजमा भोग्नुपर्ने अवरोध एवं भेदभावकी भुक्तभोगी हुन् उनी । कुञ्जनीको आफ्नै जीवन थुप्रै किसिमका संघर्षहरुले भरिएको छ- एकल आमाको सन्तानका रुपमा हुर्किदाका समस्या, पढ्नकै निम्ति गर्नुपरेको ‘संघर्ष’, आमाको नाममा नागरिकताको प्रमाणपत्र लिंदा भोग्नुपरेको सास्ती, दलित भएका कारण पाइला-पाइलामा झेल्नुपरेको भेदभाव, वकिल बनेपछि समेत आफ्नो पेशागत क्षेत्रमा व्यहोर्नु परिरहेको असहज व्यवहार आदि ।
    कुञ्जनी परियारको जीवन आफैंमा एक प्रतिनिधि-कथा हो नेपाली समाजको ।
    Advocate Kunjani Pariyar is a legal practitioner based in Pokhara, actively involved in women, Dalit, and human rights issues. She notably played a crucial role in securing life imprisonment for 24 individuals by advocating on behalf of the victims in a gruesome murder case. That incident had occurred in Rukum’s Chaurjahari, where six people, including Nawaraj BK, lost their lives on May 23, 2020.
    Kunjani has faced numerous obstacles and discrimination as she navigates society with three intersecting identities - youth, Dalit, and woman. Her personal journey is marked by various struggles, including growing up as the child of a single mother, overcoming educational challenges, obtaining a citizenship certificate in her mother’s name, and enduring discrimination due to her Dalit background. Even after becoming a lawyer, she continues to encounter discomfort and bias in her professional field.
    Kunjani Pariyar’s life itself is a representative story of Nepali society.
    More About Her:
    www.linkedin.com/in/kunjani-p...
    www.onlinekhabar.com/personal...
    shilapatra.com/detail/79675
    pahilopost.com/content/202110...
    Social Media Contacts:
    Facebook: / kunjani.pyasi
    Twitter: x.com/kunjanipariyar?lang=en
    Instagram: kunjanipyas...
    ------
    #AniAba #अनिअब #KunjaniPariyar #SudheerSharma #sudheerktm1 #advocate #lawyer #humanrights #dalit #society #discrimination #castesystem #women #youth #pokhara #judiciary #nepal
    ------
    Our Team 👉🏼
    Host: Sudheer Sharma
    Producer & Creative Designer: Kalpana Dhakal
    Visual Editor: Ujjwal Dhungana
    Graphic Lead: Ankit Bhattarai
    Studio Supervisor: Shiva Ram Shrestha
    Camera Crew: Hritik Singh Thakuri & Madan Khadka
    ------
    » Subscribe our channel: / @sudheerktm1
    » And, please stay in touch:
    Facebook: / sudheerktm
    Twitter: / sudheerktm
    Instagram: / sudheerktm
    Threads: www.threads.net/@sudheerktm

Komentáře • 28

  • @Aham--Brahmasmi
    @Aham--Brahmasmi Před měsícem +1

    कति शान्त, सौम्य र सटीक व्यक्तित्व कुञ्जनी जी को ! तपाईंको मेधा, मेहनत र मर्मलाई हार्दिक सम्मान !
    सर्वप्रथम तपाईं र सम्पूर्ण जातीय विभेदमा परेका जनतासँग हृदयदेखि क्षमा चाहन्छु !
    हामी उच्च भनिएकाहरूको चेतना झन् छिटो उघ्रिनु जरुरी छ । दोष हाम्रै हो, यसमा किन्तु परन्तु हुन सक्दैन र सुध्रिनु पनि हामी नै पहिले पर्छ !
    जातीय विभेदले समग्र देशलाई नै दुर्गतिको दलदलमा हालेको छ । यसले कसैको भलो गर्दैन । दलितहरूको उपहास गरेर आफ्नै कीर्तिमा कलङ्क लगाउन कोही किन लाज मान्दैन हँ ?
    सर्वप्रथम आफैँ सुध्रौँ अनि समाज सुध्रिन्छ ! 🌺🙏

  • @sundardhital4903
    @sundardhital4903 Před měsícem +4

    "सफलता भन्दा सन्तुष्टि राम्रो हुन्छ तिमी कति सफल छौ भन्ने निर्णय अरुले गर्छ तर तिमी कति सन्तुष्ट छौ भन्ने निर्णय तिमी आफै गर्छौ"❤️🌸

  • @salizashrestha8995
    @salizashrestha8995 Před měsícem +1

    कुन्जनि जि एकदमै राम्रो अधिवक्ता हुनुहुन्छ। उहाको अन्तर्वाता, विचार, कार्य एकदमै सर्हानिय छ। मैले उहाबाट धेरै कुरा सिक्ने मौका पाएको छु। अझै प्रगति गर्नुभएको हेर्न मन छ।
    जबसम्म मन्दिरको पुजारि अरु जातको लाइ पालो दिइदैन, जबसम्म मन्दिरमा पुजारि फेरिइदैन तबसम्म जातिय विभेद अन्त्य हुन गार्हो छ। पहिलो श्रेणिको जात तोकिएकाहरुले जबसम्म विभेद भोग्दैनन तबसम्म जातिय विभेदले जरो गाडेर बस्नेछ। ठुलो जात कहलिएको व्यक्ति जो कानुन निकायमा उनिहरु आफुभन्दा तल्लो जातका जात नमिले पनि अरु सवै कुरा गर्न मिल्छ भनि शारिरिक, यौन शोषण गरि रहेका छन जुन बाहिर कहिल्यै आउदैन।

  • @user-sh3ce6ct7q
    @user-sh3ce6ct7q Před měsícem

    भेद्भाभ अन्त्र हुनुपर्छ सलाम छ दिजु हजुर्लाइ धेरै धेरै सम्मान अनि माया धेरै खुसी लाग्यो यो जाल बाट कसरी आज यो इस्थान मा पुग्नु भो आहा ❤❤❤❤❤

  • @binumayarai4232
    @binumayarai4232 Před měsícem +1

    कुन्जनी जी, तपाईलाई देखेर, सुनेर गर्व महसुस भयो । सँधै अघि बढ्नु होला । छुवाछुत अन्त्य अभियानमा म पनि छु ।

  • @NemC-lz7nn
    @NemC-lz7nn Před měsícem

    proud of you advocate shree kunjani ji❤समाज रुपान्तरण र यो कुप्रथाको अन्त्यको विरुद तपाईको कलम सदैव चलिरहोस शुभकामना💐God blessed you❤️🙏

  • @SujanThapa-xt5bx
    @SujanThapa-xt5bx Před měsícem

    Good information ❤❤❤❤

  • @PremThapa-oz2or
    @PremThapa-oz2or Před měsícem +1

    ज्यादै राम्राे अन्तर्वार्ता

  • @victorstarry4273
    @victorstarry4273 Před měsícem

    दलित समुदाय माथी समाजमा कुचलनको रुपमा रहदै आएको जातिय उचनिचता र असमानता बाट गरिने बिभेद र छुवाछूतको प्रष्ट विवरण छ यो अन्तर्वार्तामा।

  • @deepakrijal6497
    @deepakrijal6497 Před měsícem

    very good conversation on a very important agenda. Best wishes for your movement Kunjani Ji. You are an excellent communicator, very impressive!

  • @deepanacharya407
    @deepanacharya407 Před měsícem

    Great job giving voice to the otherwise unheard. It feels refreshing to listen to diverse perspectives. Keep up the good work 🎉

  • @rajendrabhattarai311
    @rajendrabhattarai311 Před měsícem

    Very good deliberation thanks

  • @rushsunar8845
    @rushsunar8845 Před měsícem

    And one wonders why Nepal is trapped in the 18th century world. Really impressed by Kunjani Pariyar, truly a brave lady.

  • @lokhermel5285
    @lokhermel5285 Před měsícem +1

    Great lady

  • @beyondinfinity3876
    @beyondinfinity3876 Před měsícem +1

    अति राम्रो इन्टरभिउ।

  • @Sagar1subedi
    @Sagar1subedi Před měsícem

    😍😍

  • @jhalakacharya8196
    @jhalakacharya8196 Před měsícem

    विभेद कहाँ छैन।मात्रा र किसिम मात्र फरक हाे।हुने खाने मान्छेकाे घरमा नहुने जाँदा पनि विभेद हुन्छ।धनी जुवाई आउँदा एक खालकाे व्यवहार र गरीब जुवाई आउँदा एक खालकाे व्यवहार हुन्छ।कमाउने छाेरा र छाेरीलाई आमा र बाबाले गर्ने व्यवहार पनि फरक हुन्छ।मन्त्री र प्रधानमन्त्रीलाई हेर्ने आँखा भेट्दा फरक हुन्छ।व्यक्तिलाई व्यक्तिगत रुपमा सक्षम बनाए पछि सवै हट्छ।जातीय विभेद हट्नु पर्छ।याे सत्य काम हाे।विभेद यत्रतत्र छ।जातीय विभेद,लैङ्गिक विभेद,सामाजिक विभेद ,अवसरकाे विभेद।समग्रमा असल मनहरु अगाडि आएमा सवै हट्छ।कुरा गर्याे कुराकै दु:ख।

  • @jayarajdavidregmimagar4542
    @jayarajdavidregmimagar4542 Před měsícem

    Inspirable🎉

  • @muktibhandari19
    @muktibhandari19 Před měsícem

    WOW !

  • @bhimpariyar8482
    @bhimpariyar8482 Před měsícem

    im proud of u sis go ahead

  • @bishwashnepali8300
    @bishwashnepali8300 Před měsícem

    Nice.

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 Před měsícem

    ❤️❤️❤️

  • @amitbudhathoki15
    @amitbudhathoki15 Před měsícem

    गज्जबको तर्क

  • @ajashishrajjoshi6739
    @ajashishrajjoshi6739 Před měsícem

    hope I can see Dalits men marrying Bahun girls and Bahun boys marrying Dalit girl.

  • @estherrai6435
    @estherrai6435 Před měsícem

    Eke Dhani manis ko boli ra bichar sunincha u Dhani ra cixitt vayta pani u tallo isthan ko manis vanera chinincha. Dhani chori doctor thin dalit chori pani doctor Dhani le ke vanin vane uta dalit doctor honi vannuvayo ma xakkapare.

  • @CkRai-or5si
    @CkRai-or5si Před měsícem +1

    बाहुन र बाहुनवादीहरूलाई पनि तीनसय बर्षसम्मै अछुत बनाएर नराखेसम्म बाहुन र बहुनवादीहरूमा कहिल्यै मानवत्व जन्मन सक्तैन ।

    • @kumardas6100
      @kumardas6100 Před měsícem

      १००००% सहि भन्नू भयो