Malarani Temple ,Arghakhanchi Nepal

Sdílet
Vložit
  • čas přidán 13. 10. 2019
  • Prakash khanal ,
    - अर्घाखाची जिल्लामा धेरै प्रयटकिय क्षेत्रहरु रहेका छन, तिनै महत्वपुर्ण प्रयटकिय क्षेत्र मध्यको मालारानि मन्दिर पनि एक हो ।
    मालारानि गाउपालिका वडा नं ३ र ६ को सिमानामा रहेको मालारानि मन्दिरलाइ प्राकृतिक तथा धार्मिक दृष्टिकोणले महत्वपुर्ण क्षेत्रको रु्रपमा लिन सक्रिन्छ । मालारानि मन्दिर अर्घाखाचि सदरमुकाम सन्धिखर्कवाट लगभग १७ किलोमिटरको दुरिमा रहेको छ । यो मन्दिर प्रकृतिको सुन्दर उपहारको रुपमा रहेको छ ।
    समुन्द्र सतहबाट लगभग २१०० मि उचाइमा रहेको मन्दिरको चारैचिर हरियाली बन रहेको छ । पुर्वमा खनदह बजार पश्चिम हंशपुर उतर हाडहाडे र दक्षिणमा बागी को बिचमा रहेको मालारानि मन्दिर अत्यन्तै शोभनिय रहेको छ ।
    किन जाने मालारानि मन्दिर
    शत्तिको न त निर्माण गर्न सकिन्छ न त विनास नै ,मालारानि मन्दिरको शिलामा रहेको शत्ति हिजो पनि थियो आज पनि छ । अर्घा राजाकी भान्जि माला नाम गरेकि रानिले गाइहरुले उक्त्त शिलामा द्ुध चढाउदा त्यहा ठुलो शक्त्ति रहेको पहिचान गरी मन्दिरको स्थापना गरेकी थिइन जसको कारण अहिले मन्दिरको नाम उनै रानिको नामबाट मालारानि रहन गएको छ ।
    मालारानि मन्दिरमा आफना मनका चाहनाहरु पुरा गर्ने शक्त्ति लिनका लागि भक्त्तजनहरु जाने गर्दछन , अहिले पनि भक्त्तजनहरुको मन्दिरमा कुनै भाकल गरेमा पुरा भएको कारण जाने गरेको बताउछन । मालारानि मन्दिरमा गएपछि छुट्टै आनन्दको महसुस हुने भक्त्तजनको अनुभव छ ।
    मन्दिरमा हरेक आइतवार विषेश पुजाआजा हुने गर्दछ । हरेक बर्ष हरेक दशैको त्रोयोदशिमा भब्य सराय हुन्छ शिवरात्री पनि भब्य मेला लाग्छ मालारानि मन्दिर पश्चिम केहि तल गुरासको फेदमा रहेको मनचिन्ते पानिको सेचन गरि पुण्य कमाउनका लागि पनि भक्त्तजन को मालारानि प्रतिको आकर्षण बढेको छ । गुरासको फेदमा कहिल्यै नसुक्ने पानि रहेको छ जसलाइ सेचन मात्र गरेमा मनका चाहानाहरुले सार्थकता पाउने जनविश्वास छ ।मन्दिरको उत्तर दारेगौडा भन्ने स्थान छ जुन प्राकृतिक रुपमा निर्मित सिढि हो ।
    धारिलो डाडाको प्राकृतिक सिढि चढेर रमाउनेहरुका लागि यो एक उपयुक्त ठाउ छ । मालारानि मन्दिर भन्दा लगभग २ किमि माथि प्राचिन दरबार भएको ठाउ छ जहा अहिले मन्दिरको निर्माण गरिएको छ । उक्क्त स्थानबाट दक्षिणबाट अर्घाको मन्दिर भएको देख्न सकिन्छ ,त्यहा अत्यन्तै ठुलो भिर रहेको छ उक्त्त भिरको विच भागमा छरछरे भन्ने ठाउ छ जहा पानि झरि नै रहन्छ सो पानि धर्मात्माले मात्र खान सक्ने किम्वदन्ति छ ।

Komentáře • 5